• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १२, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विकास र प्रर्वद्धनको पर्खाइमा त्रिवेणीधाम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ४, बुधबार (७ साल अघि)
    shiv_mlq2LYtWW2

    Advertisement

    दयाराम आचार्य

    कावासोती । नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउपालिका छ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र ) धार्मिक तथा पर्यटकिय महत्व बोकेको क्षेत्र हो । गण्डकी प्रदेशकै एक महत्वपूर्ण तिर्थस्थलका रुपमा त्रिवेणीलाई लिएको छ । तर यसको प्रचार प्रसार र विकास हुन नसक्दा सधैं ओझेलमा परेको छ । नारायणी (गण्डकी ) ,सोनाभद्र र पूर्णभद्र तीन नदिको संगम स्थल भएकाले यस स्थानको नाम त्रिवेणी राखिएको हो । तीन नदिको संगम स्थलमा रहेको मनोरम धार्मिक पर्यटकिय क्षेत्रले यहा पुग्ने जो कसैको मन प्रफुल्लित हुने गर्दछ । तर ऐतिहासिक धार्मिक पर्यटकिय क्षेत्र भएर समेत यसको उचित विकास र प्रर्वद्धन भने हुन नसकेको प्रती यहा“का स्थानीयबासीले गुनासो गर्ने गरेका छन् ।

    त्रिवेणी क्षेत्रमा दैनिक रुपमा उल्लेख्य रुपमा धार्मिक पर्यटक आउने गरेका छ्न । यहा“ अधिकाशं भारतबाट भक्तालुहरु आउने गर्दछन । पछिल्लो समय यहा“ आन्तरिक पर्यटक समेत बृद्धि हुदै गएका छन् । यहा“को मनोरम प्राकृतिक दृश्य सहित यहा“ निर्माण गरिएको सिसमहलले पर्यटकलाई लोभ्याउने गर्दछ । यहा“ आउने धेरै पर्यटकको रोजाईमा पर्ने गरेको छ सिसमहल । सिसमहलको भित्री भागमा सिसै सिसाको पर्खाल बनाईएको छ । यहा“ भित्र प्रवेश गर्दा एकै व्यक्तीका धेरै आकृतीहरु देखिन्छ । महलभित्र आकर्षक राधाकृष्ण भगवानको मूर्ति समेत राखीएको छ । सिसमहल अवलोकनका लागि सामान्य शुल्क राखिएको छ । धामको खर्च ब्यवस्थापनका लागि सिसमहल अहिले मुख्य श्रोत बनेको बनेको छ ।

    त्रिवेणी धाममा नेपाल , भारतको विहार र उत्तर प्रदेशबाट दैनिक रुपमा कम्तीमा एक हजार पर्यटकले यसको अवलोकन गर्ने गरेको गजेन्द्र मोक्षदिव्य धामका उत्तराधीकारी कृष्ण प्रपन्नाचार्य जानकारी दिए । नारायणी (गण्डकी ) ,सोनाभद्र र पूर्णभद्र नदीको संगम स्थल त्रिवेणी धाम धार्मिक गन्तव्यको एक महवत्पुर्ण तिर्थ स्थल हो । धाम क्षेत्रमा निर्माण गरीएका बिभिन्न मठ मन्दिरले यसको सुन्दरतालाई बढाएको छ । त्रिवेणी क्षेत्रमा गण्डकी नदिको ( नारायणी ) काखमा रहेको गजेन्द्र मोक्ष धामले यसको महत्वलाई अझै बढाएको छ । छ विगाहा क्षेत्रफमा फैलिएको गजेन्द्र मोक्ष धाम परीषरमा गजेन्द्रमोक्ष नारायण मन्दिर, शिसमहल, हवन कुण्ड, नारायण मन्दिर ,गौशाला आदि रहेका छन् । गजेन्द्र मोक्षधामकोे पौराणीक धार्मिक महत्व समेत रहेको छ । पौराणीक कालमा गजेन्द्र (हात्ती) नारायणी (गण्डकी) मा जलबिहार गरीरहेको अवस्थामा ग्राह(गोही)ले खुट्टामा समाउदा लामो समय युद्ध हुन्छ । गजेन्द्रले हरी भगवान बिष्णुलाई पुकार गर्छन । गरुणारुढ भगवान विष्णुको अवतार लिई सुर्दशन चक्रले गोहीको शिर छेदन गरी गजेन्द्रको मोक्ष गरेको हुदा यो क्षेत्र गजेन्द्र मोक्ष दिव्य धाम हुन गएको पौराणीक ग्रन्थमा उल्लेख गरीएको धामका उत्तराधीकारी कृष्ण प्रपन्नाचार्यले बताए । ‘त्रिवेणीधाम पौराणीककालको ऐतिहासीक धार्मिक स्थलहो, धार्मिक रुपमा यसको महत्व धेरै रहेको छ’ कृष्ण प्रपन्नाचार्यले भने –तर यसको विकास र प्रर्वद्धनमा कसैको ध्यान पुग्न सकेको छैन ।

    यस क्षेत्रको दर्शनले दुःखकष्टबाट छुट्कारा ,मोक्षगति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस्तै पितृकार्य, श्राद्ध ,तर्पण ,जप गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्ने मान्यता समेत रहिआएको छ । त्रिवेणी धामलाई मुस्ता¨को मुक्तिनाथ र दामेदर कुण्ड संग पनि जोडेर यसको महत्वलाई वर्णन गर्ने गरीन्छ । नेपालकै प्रमुख धार्मिक तिर्थ स्थलको रुपमा रहेको दामोदर कुण्डलाई शिर ,मुक्तिनाथलाई मुख र त्रिवेणीलाई चरणपाउका रुपमा जोडेर धार्मिक रुपमा चर्चा गर्ने गरीएको गजेन्द्र मोक्षधामका उत्तराधिकारी प्रपन्नचार्यले बताए । त्रिवेणीमा वर्षेनी माघे औषीका दिन ठूलो धार्मिक मेला लाग्ने गर्दछ । प्रतेक वर्ष उक्त दिन यहा“ नेपाल र भातरका समेत गरि करिब पा“च लाख भक्तालुहरु पूजाअर्चनाका लागि आउने गर्छन । माघे औषीका दिन त्रिवेणीमा स्नान गरि शिवालयमा पूजा अर्चना गर्नाले मनले चिताएको पूरा हुने र पाप सबै नाश हुने जनविश्वास रहदै आएको छ । जसले गर्दा उक्त दिन यहा“ भक्तालुहरुको घुईचो लाग्ने गर्छ ।

    परापूर्वकालदेखि नै धार्मिक तथा पर्यटकिय महत्व बोकेको यस क्षेत्रको बिकास भने उचित रुपमा हुन नसकेको यहा“का स्थानीय तथा बुद्धिजिवी बताउछन । दैनिक रुपमा हजार बाह्र सय पर्यटक यहा“ आउने गरेपनि यहा झट्ट बास बस्न खोज्दैनन । पर्यटककलाई उचित आवासकोे प्रवन्ध हुन नसक्नु , पानीको सुविधा नहुनु , सफा नहुन जस्ता समस्याले यहा“ पर्यटक एकै दिनमा फर्कने गरेको स्थानीय विष्णु भण्डारीले बताए । ‘यहा“ पर्यटकका लागि उचित पूर्वाधार बनाउन सकिएको छैन’ भण्डारीले भने –जसले गर्दा यहा“ पर्यटकहरु बास बस्न खोज्दैनन् । धार्मिक पर्यटकिय क्षेत्र सफा सुग्गर हुनपर्ने भए पनि त्रिवेणी क्षेत्रमा फोहोरको व्यवस्थापन हुन सकेको छैन । नदिले बगाएर ल्याउने फोहोरले नदि किनार दुर्गन्धित र फोहोर हुने गरेको छ भने बजार क्षेत्रमा समेत जथाभावि फोहोर फालिदा कुरुप र दुर्गन्धित बनेको छ । गजेन्द्र मोक्षदिव्य धामबाट दुई किलोमिटरको दुरीमा रहेको शिवालय , राधाकृष्ण मन्दिर क्षेत्र छ । त्रिवणीको मुख्य बजारमा नै यो पर्दछ । विवाह, ब्रतबन्ध ,श्राद्ध जस्ता कर्म गर्न यहा“ठूलै घुईचो लाग्ने गर्दछ । यस्ता कर्म गर्न आउनेहरुका लागि यहा“ उचित प्रबन्ध मिलाउन नसक्दा धेरैले गुनासो पोखेर जाने गरेका छन् । कर्म गर्न आउदा भोज भतेर गर्न आवश्यक स्थान छैन भने खानेपानी र शौचालयको समेत उचित सुविधा छैन ।

    त्रिवेणीधाम क्षेत्र धार्मिक पर्यटनको गन्तव्य भएकाले समग्र विकासका लागि विनयी त्रिवेणी गाउ“पालिकाले गुरु योजना बनाएर अगाडी बढन् लागेको गाउ“पालिका अध्यक्ष डम्बर बहादुर जिसीले जानकारी दिए । यस क्षेत्रको विकासका लागि गएको वर्षमात्र रु ४५ लाख विभिन्न संरचना बनाउन लगानी गरेको र अब पर्यटन बोर्ड संग समेत सहकार्य गरि यसको प्रवद्र्धन र विकासमा लाग्ने योजना बनाएको उहा“ले बताउनुभयो । यसको विकासले गण्डकी प्रदेशमा भारतका धार्मिक पर्यटकलाई नेपाल भित्राउन सक्ने हुदा यो क्षेत्र निकै महत्वपूर्ण क्षेत्र भएको उनले बताए । ‘भर्खरै मात्र नया“ पर्यटकीय गन्तव्यको रुपमा परेको दाउन्ने मन्दिर लाई त्रिवेणी धामसंग जोडेर धार्मिक पर्यटनको गन्तव्य वनाउने योजना छ ’ गाउ“पालिका अध्यक्ष जिसीले भने –यसले पर्यटक आगमनमा बृद्धि गरि गाउ“पालिकाको विकास संगै गण्डकी प्रदेशलाईनै संम्बृद्धतर्फ डोर्याउछ भन्ने अपेक्षा लिएका छौ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution