• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन १७, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बेलुनमा उडेपछि मुख्यमन्त्रीले भनेः जति जनसंख्या, त्यति नै पर्यटक भित्र्याउँछौं

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २, आईतबार (६ साल अघि)
    1

    Advertisement

    १ मंसिर, पोखरा । पोखरा घुम्न आउने पर्यटकहरका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल थपिएको छ, ‘हट एयर’ बेलुन ।

    फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा आएको हो । अब पोखरा आउने पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने भएका छन् ।

    दृश्यावलोकन र साहसिक खेलका रुपमा पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जीप ˆलायर, क्यानोनिङ लगायत छन् । अब बेलुनमा बसेर पोखरा, यहाँका ताल, हिमाल र आसपासका दृश्यावलोकन गर्न पाइने भएको छ ।

    ‘जसरी प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप ˆलायर नै गर्नका लागि पर्यटक पोखरा आउँछन् भने हट एयर बेलुन चढ्ने अवसर पनि थपिएको छ’ बेलुन प्रालि नेपाललेका प्रवन्ध निर्देशक प्रवीण महर्जनले भने, ‘हामीलाई विश्वास छ, पोखरामा थपिएको यो नयाँ प्रडक्टले थप पर्यटकीय आकर्षण बढाउने छ ।’

    हट एयर बेलुनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरुङले एट एयर बेलुन चढेरै यसको मजा लिएका छन् । हट एयर बेलुन चढेपछि मुख्यमन्त्री गुरुङले भने, ‘यस्तै नयाँ-नयाँ पर्यटकीय प्रडक्टले २०२२ सम्म २० लाख पर्यटक भित्राउने प्रदेशको लक्ष्य प्राप्त हुने छ ।’

    गण्डकी प्रदेशले पर्यटनलाई समृद्धिको मुख्य आधार मानेको मुख्यमन्त्री गुरुङले बताए । यहाँको पर्यटन विकासका लागि लगानी गर्न आउने निजी क्षेत्रलाई प्रदेशले प्रोत्साहन गर्ने उनको भनाइ थियो । ‘२०२२ सम्म हामीले गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने भनेका छौं, गुरुङले भने, ‘त्यतिमात्रै होइन हाम्रो लक्ष्य जति यहाँको जनसंख्या छ, त्यति नै संख्यामा पर्यटक भित्राउने हो ।’

    गण्डकी प्रदेशको जनसंख्या २४ लाख छ ।

    खुम्चिँदै गएको फेवाताल किनारको क्याम्पिङ साइटमा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङले फेवाताल जोगाउन छुट्टै रणनीति बनाइएको जानकारी दिए । ‘महानगरसँगको सहकार्यमा फेवाताल लगायत यहाँका सबै ताल संरक्षणका निम्ति प्रदेशले छिट्टै कार्यक्रम ल्याउँदै छ’ उनले भने । तालैतालको सहरलाई जोगाएर प्रदेशको समृद्धिसँग यसलाई जोड्ने उनको भनाइ थियो ।

    बेलुन चढ्न नेपालीलाई ११ हजार

    हट एयर बेलुन उडाउन प्रालिले डेढ करोड रुपैयाँ खर्च गरेको छ । प्रालिले इटलीबाट यो बेलुन मगाएको हो ।

    ५ वटा बेलुनको लाइसेन्स लिएको प्रालिले अहिले ठूला-साना दुई वटा बेलुनको उडान थालेको छ । प्रति बेलुन ६०-६० लाखमा खरिद गरिएको कम्पनीले जनाएको छ ।

    बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार रुपैयाँ र विदेशी पर्यटकले १ सय ६० डलर तिर्नुपर्ने प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । ‘झट्ट सुन्दा यो महंगोजस्तो लाग्छ तर, यो अन्य देशको तुलनामा धेरै जस्तो हो’ महर्जनले भने, ‘साहसिक खेल मन पराउनेका निम्ति यो मूल्यभन्दा पनि एउटा अवसर हो ।’

    सानो बेलुनमा ६ जना र ठूलो बेलुनमा ८ जनासम्म उडाउन सक्ने यसको क्षमता छ । बेलुन चड्ने प्रत्येक यात्रुको २० हजार डलरको इन्सोरेन्स गरिएको निर्देशक महर्जनले बताए ।

    धम्पुस र लौरुकबाट उडान

    पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित बेलुनको उडान सुरु गरएको लगानीकर्ताको दाबी छ ।

    तर, प्रालिले विशेष रुपमा एकाबिहानै धम्पुस र लौरुकबाट उडान भर्ने प्रवन्ध निर्देशक महर्जनले जानकारी दिए । ‘हामीले धम्पुस र लौरुकबाट उडान भर्ने अनि हेमजा र मर्दीखोलामा अवतरण गर्ने तयारी गर्दैछौं,’ निर्देशक महर्जनले भने, ‘हामीले प्रत्येक उडानको नागरिक उड्डयन प्राविधिकरणबाट अनुमति लिने छौं ।’

    बिहानको सूर्योदय र हिमालको अवलोकन गराउन उडान भरिने उनले जानकारी दिए । योसँगै क्याम्पिङ साइट र पामेबाट पनि छोटो दूरीको बेलुन उडान भर्ने योजना रहेको महर्जनले सुनाए ।

    टर्की, स्पेन, म्यानमार, भारत र इटलीमा यो खेल चर्चित छ । पोखरामा पनि १० वर्षदेखि भारतमा बेलुन उडाइरहेका पर्यटक ल्याएर यसको उडान सुरु गरिएको हो ।
    बेलुनबाट बञ्जी र स्काइडाइभको तयारी

    २ वटा बेलुनबाट उडान थालेको प्रालिले अरु बेलुन पनि झिकाउने तयारी गर्दैछ । त्योभन्दा अघि बेलुनबाट बञ्जी र स्काइडाइभिङको सम्भाव्यत्ता अध्ययन भइरहेको निर्देशक महर्जन बताउँछन् । ‘हामीले बेलुनबाट अरु साहसिक खेल पनि थप्ने तयारी गर्दैछौं’ निर्देशक महर्जनले भने, ‘बेलुनबाटै बञ्जीजम्प र स्काइडाइभिङबारे अध्ययन गर्दैछौं । त्यसको टुंगो लगाउने बित्तिकै अरु बेलुन झिकाउँछौं ।’

    प्रालिले चितवन र लुम्बिनीमा पनि हट एयर बेलुन उडानेबारे अध्ययन भइरहेको उनले जानकारी दिए । ‘लुम्बनी र चितवनमा पनि बेलुन उडाउनेबारे अध्ययन गरेका छौं’ उनले भने ।

    बेलुका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालीम प्राप्त बेलुन पाइटल ल्याइएको छ । नेपालमै पनि पाइलट उत्पादनका लागि निकट भविष्यमै तालीम शुरु गरिने महर्जनले जानकारी दिए । साहसिक खेलमार्फत पर्यटकलाई थप आकषिर्त गर्ने योजना महर्जनले सुनाए ।

    बेलुनको उडान पोखरामा यसअघि पनि थालिएको थियो । तर, व्यावसायिक उडान भर्न नसक्दा बन्द भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution