• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

२

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

३

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

४

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

६

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

७

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

८

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

९

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

१०

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

११

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१२

आज देशभर उम्मेदवारी दर्ता हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘ महिलालाई कमजोर ठानेर तिरस्कार गर्नेलाई हारेर होईन जितेर देखाउनुपर्छ ’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १०, बिहिबार (७ साल अघि)
    IMG_2111

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका दुई लेडाहा गाउ जहा थारु समुदायको बाहुल्यता छ । ग्रामिण क्षेत्र भएकाले यस गाउ पिछडिएको छ । विकासका हिसाबले पनि केहि पछाडी परेको यस गाउमा बसोबास गर्ने थारु समुदायका महिलाहरु अधिकाशं चुलो चौको र खेतबारीमै व्यस्त हुन्छन । तर , यहि गाउकी एक जना महिला टुरीस्टा देवी गुरौ भने सामाजिक अभियान्ताका रुपमा आफुलाई परिचित मात्रै बनाएकी छैनन । महिलाहरुका लागि एक उदाहरणीय व्यक्तीत्व समेत बनेकी छन ।
    १६ वर्षकै कलिलो उमेरमै विवाह गरेकी टुरीस्टाले आफ्नो जिवनमा धेरै दुःख कष्ट सहनुपर्यो तर पनि उनले कहिल्यै हिम्मत हारिनन् बरु आफुलाई बलियो बनाएर संघर्ष गरिन । बाचुन्जेलसम्म साथ र सहयोग गर्ने बाचा गरेका श्रीमानले नै उनीमाथी हिंसा र यातना दिए तर उनले त्यसको सामना गर्दै आफुलाई अझै शशक्त बनाईन ।
    टुरीस्टा अहिले ४८ वर्षकी भईन । उनको २०४८ सालमा १६ वर्षको उमेरमा विवाह भएको थियो । उनका दुई जना छोरा छन । श्रीमानले विवाह पछि नै नेपाली सेनामा जागिर खाए । टुरीस्टाले घर र बालबच्चा धानेर बसिन । तर , विगत १५ वर्षबाट टुरीस्टा एक्लै संघर्ष गर्दै आएकी छन । श्रीमानसंग सम्बन्ध बिच्छेद भएको त छैन । तर उनीहरु संगै बस्दैनन । उनका श्रीमानले दोश्रो विवाह गरेपछि टुरीस्टालाई छाडेका हुन । श्रीमानले दोश्रो विवाह गरेपछि नै टुरीस्टाको दुःखका दिन शुरु भए । दोश्रो विवाहपछि उनका श्रीमानले टुरीस्टालाई मात्रै होईन आफ्ना दुई छोरालाई समेत हेरेनन । ठूलो छोरा पा“च वर्षको र सानो छोरा तीन वर्षको हुदा श्रीमानले आफुलाई छोडेको त्यो समय टुरीस्टाले कहिल्यै भुल्न सक्दिनन । गहभरी आ“सु लिदै उनले भनिन – ‘छोराहरु सानै हुदा श्रीमानले छोड्नुभयो । कति दुःख भयो कति त्यो मलाई नै थाहा छ । न त धेरै पढेलेखेको , त्यसमाथी महिलाले बाहिर निस्केर काम गर्न हुन्न भन्ने समाजको सो“च । ’ उनले थपिन – ‘घरमा सासु ससुरा र देवरहरुबाट पनि मलाई सहयोग भएन । श्रीमानले छोडेको भनेपछि परिवारका अन्य सदस्यबाट पनि हेला भईने रहेछ । ’
    श्रीमानले छोडेको समयमा उनीसंग सम्पत्तीको नाममा एक कठ्ठा खडेरी अनि दुई कोठाको सानो झुपडी र तीन कठ्ठा खेत मात्रै थियो । अन्य आम्दानीको श्रोत केहि पनि नभएपछि दुई छोरालाई पढाउन हुर्काउन र दैनिकी चलाउन समेत उलाई निक्कै गाह्रो भयो । त्यसमाथी ऋणको भार समेत उनमा थियो । उनले मजदुरी गरेर हुन्छ कि , अरुको घरमा काम गरेर हुन्छ जनतन दैनिकी चलाईन । ‘दुई छाक टार्नकै लागि धेरै संघर्ष गरे । कति दिन कति रात त भोकै बित्यो तर, पनि हिम्मत भने हारिन । ’ उनले विगतलाई सम्झदै भनिन ।
    छोराहरु पनि हुर्कदै गए अनि टुरीस्टाले पनि सिलाई कटाई सिक्ने अवसर पाईन । घरेलुमा सिलाई कटाई सिकेर उनले आफ्नै घरमा टेर्लर व्यवसाय खोलिन । टेलर व्यवसायबाट नै उनले आफुलाई आत्मनिर्भर बनाईन । उनले विभिन्न संघसंस्थाले आयोजना गर्ने तालिमहरुमा सिलाई कटाई सिकाउने सहजकर्ताका रुपमा पनि काम गरिन । यसैबिचमा उनको सामाजिक जिवन पनि सुरु भयो । उनले आफ्नो व्यवसाय र सामाजिक जिवनलाई संगसंगै हिडाईन । उनले घरकै टेर्लरमा पनि गाउका धेरै महिलाहरुलाई सिलाई कटाई सिकाईन । व्यवसायबाट नै उनले घर बनाईन । छोरालाई क्याम्पस पढाउन सकिन । उनलाई उनका दुई छोराले पनि धेरै साथ दिए । ‘मलाई छोराहरुले साथ नदिएको भए आज म यहासम्म आउथिन होला । छोराहरुले छोरीले झै घर धान्दिए त्यसैले मैले व्यवसाय राम्ररी गर्न भ्याए । सामाजिक काममा हिड्न भ्याए । ’ उनी भन्छिन –‘ चाडपर्वको वेलामा कपडा सिलाउन भ्याईभ्याई हुन्थ्यो । रातभरि नसुतेर नै मैले काम गर्थे । छोराहरुले खाना पकाउने , भाडा माझ्ने , घर सफा गर्ने सबै काम गर्थे अनि रातभर मसंगै बसेर सहयोग गर्थे । ’ टुरीस्टाको मेहनत र संघर्ष देखेर गाउका विभिन्न समितिहरुमा राख्नुपर्छ भन्ने माग हुन थाल्यो । उनले टोल सुधार समितिको संयोजकका रुपमा पनि काम गरिन । विभिन्न संघसंस्थाहरुका समितिहरुमा पनि आबद्ध भईन । जसबाट उनको नेतृत्व र क्षमतामा अभिवृद्धि हुदै गयो । उनी महिला अधिकार मंच , वडा स्तरी , नगर स्तरीय महिला संजाल, माझी मुसहर बोटे कल्याण सेवा समितिमा आबद्ध भएर धेरै महिलाहरुलाई न्याय दिलाउन समेत सफल भईन । आफुले महिला भएकै कारण धेरै दु ःख कष्ट सहनुपरेकाले उनी कुनै पनि महिलालाई हिंसा र यातनाबाट मुक्त गराउने काममा सधै अग्रसर हुन्छिन ।
    अहिले छोराहरु ठूला भईसकेका छन । छोराहरुले कमाउन थालेका छन । उनी अहिले धेरैजसो सामाजिक काममा नै हिड्छिन । उनलाई हिजोआज एकछिन पनि फुर्सद हुदैन । गाउघरको विकास निर्माणको काम होस या , झैझगडा , विवाद वा जुनसुकै काम होस उनलाई सबैले गुहार्छन ।
    उनी आफुजस्तै अन्य महिलालाई जिवनमा कहिल्यै हरेश नखान आग्रह गर्छिन । जस्तोसुकै परिस्थितीमा पनि हिम्मत र आ“ट गर्ने हो भने सफल हुन सकिने उनी बताउछिन । ‘संघर्ष त गर्नै पर्छ । निरन्तरको संघर्षले नै जिवन सफल बनाउछ । हिम्मत हार्यो भने आफुलाई दुःख दिनेहरु खुसी हुन्छन त्यसैले उनीहरुका अगाडी गरेरै देखाउछु भन्ने अठोट लिएर अगाडी बढ्नु पर्छ । ’ उनी भन्छिन – ‘महिलालाई कमजोर ठानेर तिरस्कार गर्नेलाई हारेर होईन जितेर देखाउनुपर्छ ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


  • Advertisement

    समाचार
  • १

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • २

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ३

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ४

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ५

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ६

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ७

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ८

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ९

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • १०

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution