• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    युवा, समृद्धी र देश

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १६, बुधबार (७ साल अघि)
    deepak pp photo (1)

    Advertisement

    दिपक शर्मा,
    युवा अधिकारकर्मी
    जागृति बाल तथा युवा सरोकार नेपाल

    धेरै समय भएको थियो, मनले सोचेर लेख्छु भन्न थालेको तर कहाँबाट सुरु गर्ने, के लेख्ने र कसको लागि लेख्ने चाँही छुटाउन नसकीरहेको अवस्थामा, अहिलेको एकदमै प्रयोग भएको शब्द समृद्धी अनी म एउटा युवा र मेरो देशको बारेमा लेख्न जाँदैछु ।
    म तालिमको दौरानमा जाँदा होस वा कतै केही कुराहरु भन्नु परेमा प्रयोग गर्ने गरेको एउटा कथा छ । हुनत यो कथा जापानीज कथा हो, तर दोस्रो विश्वयुद्ध पश्चात जापानको विकास एकदमै अगाडी बढेको थियो, त्यही बेलामा एउटा घरको परिवार सँगको सन्र्दभ रहेको यो एकदमै बास्तविक कथामा आधारीत र समय सान्र्दभिक पनि भएको जस्तो लाग्ने गर्दछ ।
    एक जापानीज घरमा बुवा, आमा र २ जना छोराहरु थिए । त्यो घरको मुख्य आम्दानी भनेको घरमा पालिएको गाईबाट दुधको विक्रिवितरणबाट आउने रकम थियो । घरमा त्यो बृद्ध भएको बुवाले दुध सधै विहान घर घरमा लगेर बेच्ने गर्ने गर्दथे । एकदिन छोराहरु मध्येको एकजना छोराले बाबुलाई म यो दुध लगेर बेच्छु, हजुर आराम गर्नुस भनेर छोराले त्यो दुध लिएर घर घरमा लिएर गएछ । बाटोमा हिड्दा हिड्दै छोराले एउटा जुक्ती सोचेछ । बाटोमा पर्ने एउटा खोलाबाट उसले ५ लिटर जती पानी थपृेर प्रत्येक घर घरमा लगेर बेच्यो र पाएको रकम लिएर घरमा गएर बाबुलाई दिएछ । बाबुले अरु दिनमा भन्दा बढी पैसा ल्याएर दिएपछी छोरालाई प्रश्न सोधेछन ? तिमिले दुधको मुल्य बढाएको हो ? छोराले उत्तर दिएछ हैन । फेरी बाबुले प्रश्न सोधेछन ? दुध धेरै थियो हो आज ? यसमा पनि छोराले होईन, हिजो जत्तिको नै थियो भनेछन् । र उसले गरेको कुरा बाबुलाई भनेछन्, यत्रो दुधमा जाबो ५ लिटर पानि हाल्दा के थाहा होला र भनेर पानी हालेर बेचेको त्यही भएर धेरै पैसा आयो भनेर सरासर आफ्नो उत्तर दिएछन । त्यसपछी त्यो बाबुले त्यो पैसा लिएर जुन जुन घर घरमा बेचेर पैसा लिएको हो, त्यही लिएर फिर्ता गर्दै सवै घटनाहरु सुनाउदै क्षमा माग्दै सवैलार्इृ फिर्ता गरेर घरमा आए । घरमा आएपछी पनि छोरोले फेरी सोध्यो ? यत्रो धेरै दुधमा त्यती ५ लिटर पानि हाल्दा के नै हुन्थ्यो र ? कसले थाहा पाउथ्यो र ? त्यसपछी हार्दिकताका साथ बाबुले छोरालाई भनेछन् । हेर मैले त्यो ५ लिटरले पैसा त कमाउथे होला र म सुख सयलमा पनि बस्न पाउथे होला, तर एकपटक सोच त, त्यो दुध जुन जुन घरमा हामीले दिने गरेका छौ, प्रत्येक घरमा साना साना बालबालिकाहरु छन् र त्यो दुध सवै त्यो साना साना बालबालिकाहरुलाई उनीहरुले खुवाउने गरेका छन् । यदी हामीले त्यो पानि हालेको दुध सधै दिन थाल्यौ भने हामीले एकातर्फ विश्वास त गुमायौ र अर्को महत्वपूर्ण पक्ष चाँही जुन दुधबाट पाउनुपर्ने प्रोटिन र भिटामिन बालबालिकाहरुले समयमा र सही पाएनन् भने त उनीहरुको बौद्धिक, शारीरिक र मानसिक रुपमा पनि त विकास सम्भव हुँदैन र त्यो प्रभाव अव आउने पुस्ताहरुमा सधै पर्दछ र अवको जापान यो नयाँ पुस्ताले बनाउने हो, सो कारण पनि हामीले राम्रोसँग नयाँ पुस्ताको लागि कार्यहरु सुरु गर्नुपर्दछ ।
    हामीले समृद्धीको सपना देखेको कसको लागि हो र कसको संग्लनताबाट हो भन्ने कुरा पनि त अव बुझ्न आवश्यक छ नी त । समयले सिस्टमहरु र त परिवर्तन गर्यो तर हाम्रो सोचको भने समुचीत रुपमा विकास हुन नसकेको जस्तो हुँदैछ । अवको समृद्धीको सपना भनेको विकास हो र त्यो विकास भनेको व्यक्तिगत विकासबाट देशको विकाससँग सम्बन्धित छ । विकासका धेरै सिद्धान्तहरु त्य भएका छन् र सोही अनुसार पनि कार्यहरु सुरु त भएको छ तर खोई त तल्लो तहसम्म त्यसको बारेमा बृहत छलफल सुरु गरिएको , किन तल्लो स्तरमा भएका व्यक्तिहरुसँग केही पनि ज्ञान छैन होला र ?
    म एउटा युवा, यो देशमा १६ देखी ४० वर्ष भित्रका उमेर समुहलाई राष्ट्रिय युवा नीति अनुसार नेपाल सरकारले युवा भनेर परिभाषित गरेको छ । यो उमेर समुह भित्रको जनसंख्या कुरा गर्दा पनि लगभग ४०.६३ प्रतिशत रहेको छ । यो उमेर समुहको यती धेरै जनसंख्या हुनुलाई जनसाख्यीक भाषामा जनसाख्यीक लाभांस पनि भन्ने गरिने रहेछ । लाभाँस भन्नाले बर्तमानमा गरिएको लगानीको केही समय पश्चात त्यसको निश्चित ढाँचामा प्रतिफल पाउनु रहेको छ भन्ने बुझिन्छ । अर्थात अहिले नेपाल सरकारले जती बजेट युवाहरुको हितमा हुने कार्यको लागि गरेको छ, त्यती नै यसको प्रतिफल पनि केही समयमा पाउने भन्ने नै हो । तर हामीले अव पूनरावलोकन गर्नुपर्ने अवस्था पनि त आएको छ । हाम्रा नीति तथा कार्यक्रमहरु, बजेटहरु र लगानीको क्षेत्रहरु कहाँ कहाँ गर्यौ र के के उपलब्धीहरु आए त्यसको बारेमा अवलोकन पनि त गर्नुपर्ने देखीएको छ ।
    अवको समृद्धीको बाटोमा युवाहरुको सहभागिता सुनिश्चित गराईनुपर्दछ भन्ने वकालतमा हामी सवै युवा पुस्ताहरु लाग्नुपर्दछ । अवको समृद्धीको यात्रामा हामीले यो देशमा भएको परिवर्तनको संस्थागत संरचनाहरु तयार गर्नुछ । संघीयताबाट पाएको उपलब्धीहरुलाई बचाई तिनै तहका सरकारहरुसँगको समझदारीमा समेत कार्यहरु सुरु गर्नुछ । आफ्नो आफ्नो स्थानीय तहमा भएका युवाहरुको अवस्था पत्ता लगाई उनीहरुलाई कसरी समृद्धीको यात्रामा जोड्न सकीन्छ भनेर छलफल र अन्तरक्रियाहरु स्वयम युवाहरुको सक्रियतामा अगाडी सारीनु छ । विश्वका धेरै विकसित देशहरुको सुरुवाती चरणहरुको अध्ययन गर्ने हो भने पनि थाहा हुने कुरा भनेको आजभन्दा केही समय पहिला उनीहरुको देशमा भएका युवा जनशक्तिहरुमा नै आधारीत भएर कार्यहरु सुरु गरेर र उनीहरुलाई राज्यको एउटा मुख्य अंगको रुपमा लिईयो र लगानीको साथमा अवसर पनि दिईयो र आज त्यो देशहरु विकसित देशमा पुगेका छन् । हामी भर्खर अगाडी बढ्न लागेको सन्दर्भमा अवको समृद्धीको यात्रा सवैले मिलेर तय गर्नुछ ।
    आउनुहोस स्थानीय तहलाई संगठीत गरौ ।
    युवाहरुको सवाल पत्ता लगाउ ।
    युवाहरुमा बढी भन्दा बढी लगानीको सुनिश्चितता बढाउने कार्यहरु सुरु गरौ ।
    सवै क्षेत्रमा युवाहरुको सहभागिता सुनिश्चित गरौ ।
    परिवर्तन मेरो पालामा र मेरो सहभागितामा हो भन्ने भावनाको जागृत गरौ ।
    समृद्धीको यात्रा दिगो विकास लक्ष्य सँगै युवाहरुमा आधारित कार्यहरुबाट सुरु गरौ ।
    जय देश, जय समृद्धी ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • उ मर्यो रे ?

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution