• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २८, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्वामित्व विवादः गण्डकी प्रदेशमा ल्याउन स्थानीयको माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ २९, मंगलबार (६ साल अघि)
    IMG_20190211_151624

    Advertisement

    ज्ञानु पंगेनी,

    कावासोती ।  मुस्लिम र हिन्दु समुदायको आस्थाको केन्द्र मानिने नवलपरासीको मदारबाबा थानको स्वामित्व गण्डकी प्रदेशमा ल्याउनुपर्ने माग स्थानीयले गरेका छन् ।

    पौराणिक धार्मिक तथा ऐतिहासिक स्थल मदारबाबा थान गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउपालिका वडा नम्बर ६ मा पर्छ । मदारबाबा थान यसअघि एउटै जिल्ला हुँदा प्रदेश नम्बर ५ अन्तरगतको साविकको कुडिया गाविसमा पर्दथ्यो । अहिले गण्डकी प्रदेश अन्तरगत परेपनि त्यसको स्वामित्व अहिलेसम्म प्रदेश ५ मा नै रहेको हुँदा अब गण्डकी प्रदेश अन्तरगत ल्याउन स्थानीयको माग छ ।

    मदारबाबा थानमा प्रत्येक वर्ष फागुन महिनामा धार्मिक मेला लाग्ने गर्दछ । यसवर्ष पनि आउँदो फगुन १२ गतेबाट मेला सुरु हुदै छ । तर मेलाको व्यवस्थापन गण्डकी प्रदेश अन्तरगत रहेको व्यवस्थापन समितिले गर्न पाउनुपर्ने माग गर्दै सोमबार स्थानीयले विनयी त्रिवेणी गाउँपालिकामा ध्यानाकर्षण गराएका छन् ।

    यसअघि ५ नम्बर प्रदेश अन्तरगत रहेको समितिले मेलाको व्यवस्थापन गर्दै आएकोमा अब जुन प्रदेशमा धार्मिक स्थल छ सोही प्रदेश अन्तरगत रहेको व्यवस्थापन समितिले मेलाको व्यवस्थापन गर्न पाउनुपर्ने माग गरिएको छ । मदारबाबा थानको संरक्षण र विकासका लागि दुई वटा व्यवस्थापन समिति निर्माण गरिएको छ ।

    जिल्ला एउटै हुँदा निर्माण गरिएको समितिले नै मेलाको व्यवस्थापन गर्दै आएको थियो तर नवलपरासी दुई वटा जिल्लामा विभाजन भएपछि गण्डकी प्रदेशमा बसोवास गर्दै अँएका स्थानीयले ६ महिना अघि जमालुद्धिन अन्सारीको अध्यक्षातामा १३ सदस्यीय समिति गठन गरेको थियो । सोहि व्यवस्थापन समितिले मेलाको व्यवस्थापन गर्न पाउनुपर्ने माग गर्दै आएपनि गाउँपालिका र जिल्ला प्रशाशन कार्यालयले वेवास्ता गर्दै आएको स्थानीयको आरोप छ ।

    जिल्ला प्रशाशन कार्यालय नवलपुरमा वैद्यानिक रुपमा नै समिति दर्ता गर्न छ महिनादेखि धाएपनि प्रशाशनले विभिन्न बाहानामा आलटाल गर्दै आएको अध्यक्ष जमालुद्धिन अन्सारीको भनाई छ ।

    मेला लाग्ने समय नजिकै आईसकेकाले मेलाको तयारीका लागि समेत समय अभाव हुने भएकाले यस विषयलाई छिट्टै टुङ्गो लगाउन मियाले आग्रह गरे । यदि मेला व्यवस्थापनको जिम्मा आफुहरुले नपाएमा अरुलाई पनि काम गर्न नदिने उनले चेतावनी समेत दिएका छन् ।
    मदारबाबाको मुख्य स्थल अहिले सुस्ता गाउँपालिकाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्र विनयी त्रिवेणी गाउँपालिका ६ को दुम्कीबास डाँडामा पर्छ । यहाँ प्रत्येक वर्ष करीब १० लाख भक्तजनहरु मेलामा आउने गर्छन् । मुस्लिम र हिन्दु धर्म मान्ने भारत र नेपालका भक्तजनहरु मेला भर्न आउने गर्छन् ।

    मदारबाबा पुगेर पूजा आराधना गरेमा मनले चाहेको कुरा पुरा हुने जनविश्वास रहिआएको छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने, विभिन्न दुःखबाट पीडाबाट मुक्ती पाईने आस्था र विश्वास रहेको छ ।
    यहाँ प्रत्येक वर्ष १० दिनसम्म लाग्ने मेलाबाट करौडौं रुपैयाँ दान रकम संकलन हुने गर्दछ । उक्त रकम व्यवस्थापन समिति र जिल्ला प्रशाशन कार्यालय नवलपरासी पश्चिमले संकलन गर्दै आएको छ ।

    विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिशीले मदारबाब थान जिल्ला विभाजनपछि विनयी त्रिवेणीमा पर्ने भएकाले त्यसको स्वामित्व आफुहरुले ल्याउनका लागि पहल गरिरहेको बताए । गतवर्ष ५ नम्बर प्रदेश अन्तरगतको समितिले मेला संचालन गरे पनि यसवर्ष आफुहरुले नै मेला संचालन गर्ने उनको भनाई छ । यहि विहीबार दुवै प्रदेशका समितिसंग छलफल गर्ने कार्यक्रम रहेको र यदि त्यस छलफलबाट निश्कर्ष ननिस्किए जिल्ला प्रशाशन र गाउँपालिकाले समन्वय गरेर व्यवस्थापन समिति गठन गरी मेला संचालन गरिने अध्यक्ष जिशीले बताए ।

    नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मदारबाबा थान नवलपुर अन्तरगत पर्ने भएकाले त्यसको स्वामित्व अब आफुहरुकोमा नै आउने बताउँछन् । पहिलेदेखि नै परासीमा दर्ता गरेको समिति भएकाले एउटै संस्थामा दुई वटा समितीलाई मान्यता दिन नसकिएको नेपालले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution