• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

     यस्तो गाउँ ११ महिना पानीमुनि हुन्छ, एक महिना मात्र देखा पर्छ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ २७, सोमबार (६ साल अघि)
    _107307805_1

    Advertisement

    भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। कुर्डीका बासिन्दाहरूका अनुसार यसको अस्तित्व सन् १९८६ मा मेटिएको हो। राज्यमा बनेको पहिलो बाँधका कारण कुर्डी पूर्ण रूपमा पानीमा डुब्न पुग्यो। तर प्रत्येक वर्ष मे महिनामा पानीको सतह घट्दै जान्छ र गाउँको भग्नावशेष देखिन्छ।
    चिरिएको भुइँ, रूखका मुढा, त्यस गाउँका घर र धार्मिक संरचनाका अवशेष, पुराना घरेलु सामान र ठाउँठाउँमा पानी जमेको बाँझो भूमि।
    झन्डै तीन हजार जनसङ्ख्या रहेको उक्त गाउँको भूमि उर्वर थियो। धानबालीवरिपरि नरिवल, काजु र आँपजस्ता फलफूल लगाइन्थ्यो र गाउँलेहरूको जीविका समान्य रूपमै चलिरहेको थियो। उक्त गाउँमा हिन्दू, मुसलमान र इसाई धर्मावलम्बीहरू बस्ने गर्थे। गाउँमा एउटा ठूलो मन्दिर पनि थियो। सबै धर्म मान्नेका लागि आआफ्नै प्रार्थना तथा पूजा गर्ने स्थान थिए।
    तर सन् १९६१ मा गोवा पोर्चुगलबाट मुक्त भएपछि भने निकै परिवर्तन हुन पुग्यो। स्वतन्त्र भएपछि गोवाका प्रथम मुख्यमन्त्री दयानन्द बान्दोडकरले कुर्डीको भ्रमण गरे र राज्यको पहिलो बाँध निर्माणबारे समाचार सुनाए।

    सबै स्थानीय बासिन्दाहरूलाई बोलाएर उक्त परियोजनाबाट सबै जना लाभान्वित हुने बताए। गाउँ पूर्ण रूपमा डुब्ने भए पनि हाम्रो त्यागका कारण बृहत्तर हित हुने कुरा उनले हामीलाई बताए, उक्त छलफलको धमिलो सम्झना रहेका बताउने ७५ वर्षीय गजानन कुर्डीकरले बताए। छ सय परिवारसहित उनको परिवार पनि अन्यत्र बसाईँ सर्न बाध्य भयो। क्षतिपूर्तिस्वरूप विस्थापित गाउँलेहरूलाई नजिकैको गाउँमा जमिन दिइयो। सलाउलिम नदीको तटीय क्षेत्रमा बनेको उक्त परियोजनालाई सलाउलिम सिँचाइ परियोजना भनिन्छ।
    निकै महत्त्वाकाङ्क्षी मानिएको उक्त परियोजनाबाट सिँचाइ गर्न तथा घरायसी र औद्योगिक प्रयोजनका लागि पानी उपलब्ध गराउने प्रस्ताव गरिएको थियो। सर्वसाधारणका लागि दैनिक ४० करोड लिटर पानी उपलब्ध गराउने बताइएको थियो।
    नयाँ गाउँमा आउँदा हामीसँग केही पनि थिएन, इनासियो रोड्रिगेसले स्मरण गरे। सन् १९८२ मा बसाइँ सर्ने पहिलो केही परिवारमध्ये उनको पनि थियो। घर निर्माण नहुँदासम्म उनीहरू अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका थिए। कतिलाई घर बनाउन पाँच वर्षसम्म लाग्यो। गजानन र ममता कुर्डीकर सन् १९८६ मा बसाइँसराइ गर्दा गुरुचरण कुर्डीकर १० वर्षका थिए।सामान ओसारपसार गर्ने गाडीमा आमाबुवाले सबै सरसामान राखेको म अलिअलि सम्झन्छु। बाजेबजैसँगै मलाई पनि गाडीमा राखिएको थियो। आमाबुवा भने मोपेडमा पछिपछि आउनु भएको थियो, ४२ वर्षीय कुर्डीकरले भने।

    राज्यको बृहत्तर विकासका लागि बसाइँ सरेका उनीहरूको नयाँ गाउँमा भने कहिल्यै पनि पानी पुगेन। दक्षिण गोवाका सबै स्थानमा वाचा गरिएअनुरूप खानेपानीका धारा जडान गरिएन, गजानन कुर्डीकर भन्छन्, जस कारण हामीले पिउने पानी उक्त बाँधबाट आउँदैन। अहिले कुर्डीकर बस्ने स्थानमा दुईवटा ठूला इनार छन्। तर एप्रिल र मे महिनामा इनार सुक्न सुरु हुन्छ। त्यसपछि उनीहरू सरकारी ट्याङ्करमा भर पर्न बाध्य हुन्छन्।

    पानीको तह घटेपछि कुर्डीका स्थानीय बासिन्दाहरू आफ्नो पुरानो वासस्थानको अवलोकन गर्न जान्छन्। उक्त महिनामा हिन्दूहरूले पूजाआजा गर्छन् भने इसाईहरू वार्षिक रूपमा गरिने प्रार्थनाका लागि भेला हुन्छन्। हिजोआज हामीलाई झोला बोकेर बसाइँ सर्न निकै सहज छ, गोवास्थित समाजशास्त्री भेनिसा फर्नान्डेसले भनिन्न।तर कुर्डीका मानिसहरूको परिचय नै उनीहरूको भूमिमा आधारित थियो। उनीहरू भावनात्मक रूपमै जोडिएका थिए। त्यसैले होला उनीहरू त्यस स्थानलाई उत्साहपूर्ण रूपमा सम्झन्छन् र फर्किरहन्छन्।
    (गोवास्थित सुप्रिया वोहरा स्वतन्त्र पत्रकार हुन्)

    www.bbc.com/nepali/news साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution