• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

३

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

४

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

५

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

६

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

७

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

८

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

९

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

१०

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

११

आज देशभर उम्मेदवारी दर्ता हुँदै

१२

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    समाज विकासमा अग्रणी भुमिका खेल्दै डण्डाको अग्यौली पुस्तकालय 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ २६, बिहिबार (६ साल अघि)
    66483231_415984065669307_7914427203746529280_n

    Advertisement

    मदन गिरी

    श्री अग्यौली सामुदायिक स्रोत पुस्तकालय महेन्द्र राजमार्ग मध्यविन्दु देखि ४ कि.मि. पूर्व उत्तरी किनार डण्डा वजारमा अवस्थित छ । दुई ठूला सहरहरु भैरहवा–नारायणघाटको विचमा यस प्रकारको पुस्तकालय यो एक्लो हो भने यसले पाच सेटलाइट खोलेको छ। पुस्तकालयको धेरै प्रकारहरु मध्ये यो सामुदायिक स्रोत पुस्तकालय’ अन्तरर्गत पर्न आउंदछ । जसरी समुदाय भनेको शूक्ष्म पृथ्वीको अर्थमा वुझिन्छ, त्यसरी नै यसको निर्माणमा स्थानीय साधन स्रोतदेखि अन्तर्राष्ट्रिय हातेमालो सम्मको योगदान छ । सुरुमा रिड नेपाल यसको प्रमुख सहायक थियो भने अहिले अन्य धेरै स्थानीयदेखि अन्तर्राष्ट्रिय संघ–संस्थाहरु यसको सम्बन्धनमा जुटेका छन् खुसिको कुरा निकट भविष्यमै यसको आकार र सेवामा पनि गुणात्मक वृध्दि हुन गैरहेको छ । स्थानीय युवा, वुद्धिजीवि तथा सरोकार राख्ने सरकारी कार्यालयहरुले यस स्थानमा एक पुस्तकालयको परिकल्पना गरे र परिकल्पना साकार पार्न संकल्प गरियो । यसको स्थापना मिति २०५६/०७/१५ हो ।  रिड नेपालको सहयोगमा पछिल्लो समयमा यस पुस्तकालयलाई हवको रुप दिएर धेरै सेटलाईटहरु खोलिएका छन् । पुस्तकालयमा नमुनाको रुपमा पुरातात्वीक महत्वका समाग्रीहरु, खेलकुदका सामाग्रीहरु तथा वाजागाजा (संगीत)का साधनरु पनि संग्रहित छन ।यस अतिरिक्त यहाँ श्रब्य दृश्य साधन तथा कम्प्युटर इन्टरनेटको पनि पहुंच पुगेको छ । पुस्तकालयमा अहिले नयां भवन निर्माण पश्चात सुचना र प्रविधिमा आफुलाइ अग्रणी भुमिकामा उभाएको छ हाल तिन तलाको सुविधा युक्त भवनवाट महिला कक्ष, वालकक्ष, युवा कक्ष, सुचना–प्रविधि कक्ष,पुस्तकालय कक्ष,प्राविधिक ज्ञान सेवा कक्ष,श्रवदृश्य कक्षा तालिम हल कक्ष र केहि समयमानै जेष्ठ नागरिक कक्ष सञ्चालन गर्ने तयारीमा रहेको छ । पुस्तकालयमा सि.सी क्यामरा र ड्रिम सफ्टवेर जडान गरिएको छ । पुस्तकालयमा आठ ल्यापटपवाट निशुल्क रुपमा तालिम सञ्चालन गरिदै आएको छ । पुस्तकालयले प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्र्तगत कृषि,पशु,जलवायु परिवर्तन सम्वन्धि मागमा आधारी कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ भने यहा निशुल्क रुपमा माटो परिक्षण गर्ने व्यवस्था पनि गरिएको छ । पुस्तकालयमा महिलाहरुको क्षमता अभिवृद्घिका लागि साना व्यवसायिक सिपमुलक तालिम पनि सञ्चालन गरिदै आएको छ । युवा विकास तथा आत्मनिर्भरताका लागि व्यवसायिक सिपमुलक तालिम, नेतृत्व विकास तालिम, किशोरी खेलकुद, यौन तथा प्रजनन स्वास्थ तालिम,महिला सहकारीमा शसक्तिकरण लगायत धेरै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    अहिले पुस्तकालय कार्यकारणी पदाधिकारी  ११ जनाको रहेको छ र ५ जना कर्मचारी कार्यरत छन । पुस्तकालयको दिगो आय आर्जका लागि आफ्नै १४ वटा व्यवसायिक सटरहरुवाट पुस्तकालयलाई खर्च चलाउन भरथेग गरेको छ  यसको अलवा हल भाडा र प्रोजेक्टर भाडा र सहयोग नै यसका आम्दानीका प्रमुख स्रोत हुन । यस पुस्तकालयमा वेलावखत विभिन्न संघ संस्था विधालय क्लव पुस्तकालय  तथा सरोकार राख्नेहरु द्दारा निरिक्षण तथा अवलोकन भएको छ । यस्ता अध्ययन अवलोकलने पुस्तकालयको झन धेरै महत्व वढाएको छ ।  जसरी अन्य सघं सस्थाहरुको गठन र सञ्चालन प्रजातान्त्रिक विधि अनुसार हुन्छ त्यसरी नै यस पुस्तकालयको कार्यकारणीको गठन पनि आफ्नो आजीवन सदस्यहरुको साधारणसभाले प्रजातान्त्रिक विधिपूर्वक चयन गर्दछ । अहिले सम्म आजीवन सदस्यहरुको संख्या ९३७ जना पुगेको छ । वार्षिक साधारणसभा, आय व्यय प्रस्तुत, लेखा परिक्षण आफ्नो स्वीकृत विधान वमोजिम नै गरिन्छ । महिनावारी तथा आवश्यक भए जतिवेला पनि वैठक वसीन्छ । प्रगति प्रतिवेदन महिनावारी तयार गरिन्छ ।  अहिले सातौ कार्यकारिणीको पालो चल्दै छ ,जसको नेतृत्व श्री सुर्य प्रसाद पाण्डेले लिनु भएको छ ।   पुस्तकहरुको प्राप्ति, वर्गिकरण डि.डी.सी पद्दति अनुसार व्यवस्थित गरिएको छ । हाल पुस्तकालयसँंग ८ हजार  पुस्तक र  राष्ट्रिय माषिक, पाक्षिक, साप्ताहिक तथा दैनिक पत्र–पत्रिकाहरु यहां दैनिक अध्यन गर्न पाइने पनि व्यवस्था रहेको छ । रिसेप्सन टेवल, क्याटलग कार्ड टेवल,कपवोर्ड, उजुरी पेटीका, दान पात्र तथा सूचना पाटी यथास्थानमा राखिएका छन ।

    पुस्तकालयले आर्जन गरेको प्रतिष्ठा

    पुस्तकालय आफैंमा एउटा सम्मानित संस्था हो तापनि पुस्तकालय पुस्तकालय विचको तुलना तथा अन्य समाजसेवी संघ संस्था संग पुस्तकालयको तुलना पनि व्यक्ति, समाज , राज्य तथा परराष्ट्रले गरेकै हुन्छ । स्थापनाको छोटो अवधिमा नै प्रतिष्ठाजनक अभिनन्दन पत्र ,प्रशंसा पत्र ,पदकहरु तथा नगद पुरस्कार प्राप्त गरेको छौं । तिनमा कुनै स्थानीय कुनै राष्ट्रिय तथा कुनै कुनै अन्तराष्ट्रिय स्तरका छन् । सन २०१२मा अमेरिका वाट पाएको इफला अर्वाडले त झन पुस्तकालयको गरिमा वढाएको छ ।

    पुस्तकालयले प्रदान गर्ने सेवा तथा कृयाकलाप

    सामान्यतया परम्परागत रुपमा पुस्तकालयले आफ्ना पाठकहरुका लागि पुस्तक उपलब्ध गराउनु र आफ्नो लागि पुस्तकहरुको प्राप्ति गर्नु हो तर वर्तमान समयमा पुस्तकालयको यो भूमिकाको सीमा विस्तार भएको छ । ज्ञान प्रविधि तथा सूचना भण्डारण वितरण साथै आय आर्जन र अन्य संघ–संस्थासँंगको प्रतिस्पर्धा आजका सामुदायिक पुस्तकालयको विशेषता भएको छ । यसै विशेषता पछ्याउँदै यस पुस्तकालयले विभीन्न ब्यक्ति, गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, जि.स. स , नगरपालीका तथा सरकारको मन्त्रालय र विभिन्न विभाको समन्वय, संयोजन, प्रायोजन तथा स्वआयोजनमा विविध कृयाकलापहरु सञ्चालन गरेको छ । पुस्तक लेन देन सेवा अतिरिक्त, अनौपचारिक शैक्षिक कार्यक्रम, विषेश शिक्षा, स्वरोजगार मुलक प्रशिक्षण, शिपमुलक प्रशिक्षण, प्राविधिक सेवा ज्ञान, सेवा अन्तरकृया, छलफल पुस्तकालयका कृयाकलाप भित्र पर्दछन् । हाल पुस्तकालयमा नयां कार्यक्रममा रमाईलो पढाई कार्यक्रम,वैदेशिक रोजगारमा जानेहरुका लागि आवश्यक सल्लाह तथा परामर्श र परेका समस्याहरुको समाधानका उपाय ,नियमित निशुल्क आईसीटी सेवा तथा टेक एज गल्ज कार्यक्रम सञ्चालन भइरहेको छन् । पुस्तकालयमा हाल दैनिक सरदर ८० जना भन्दा वढि प्रयोगकर्ता रहेका छन् । साथै निकट भविष्यमा यस सस्थाले समाजको आवश्यकता अनुसार बिभिन्न थप कार्यक्रमहरु सञ्चालन गर्ने छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला


  • Advertisement

    समाचार
  • १

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • २

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ३

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ४

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ५

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ६

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ७

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ८

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ९

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • १०

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution