• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आर्थिक ,सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न ईन्सेकद्धारा अन्तरक्रिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर २५, बुधबार (५ साल अघि)
    inbound8312487157275686116

    Advertisement

    आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार सुनिश्चित गर्न ईन्सेकद्धारा अन्तरकृया

    कावासाेति । आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकारका सवालमा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम बुधबार कावासोतीमा भएको छ ।

    मानवअधिकार संरक्षण र सम्बर्धनको लागी राज्यको जवाफदेहीता तथा जनताको सहभागीता अभिवृद्धि कार्यक्रम अन्तरगत इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार अन्तरगत ,शिक्षा ,स्वास्थ्य , खाद्य र आवासको अधिकार सुनिश्चितताका लागी सम्बन्धित पक्षलाई सजग बनाउन र सरोकारवालाको निगरानी बढाउन कार्यक्रम आयोजना गरिएको इन्सेक नवलपुर सहजकर्ता ज्ञानु पंगेनीले जानकारी दिइन् । मौलिक हकमा नै शिक्षा , स्वास्थ्य , खाद्य र आवासको अधिकारलाई सुनिश्चित गरेको अवस्थामा स्थानीय सरकार र सेवा प्रदायक कार्यालयहरुले आम नागरिकलाई ती अधिकार प्रदान गर्न आनाकानी गर्ने , झन्झट मान्ने , चासो नदिने जस्ता समस्या रहेकाले त्यस्ता समस्या निराकरण गर्न, नागरिक र सेवा प्रदायक कार्यालयका प्रतिनिधीबिचको दुरीलाई कम गर्दै अधिकार प्राप्ती गर्न सहज होस् भन्नका लागी कार्यक्रम आयोजना गरिएको सहजकर्ता पंगेनीले बताईन् ।

    कार्यक्रममा अधिवक्ता भुपेन्द्र खनालले आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकारका विषयमा संविधान र कानुनले प्रत्यभूत गरेको व्यवस्थाका विषयमा प्रस्तुतीकरण गरेका थिए । खनालले देश संघीयतामा गईसकेको अवस्थामा स्थानीय सरकार आफैले पनि कानुन निर्माण गरेर लागु गर्न सक्ने र संविधानमा उल्लेख भएका अधिकारलाई कार्यान्वयन गर्न निती र कार्यक्रम बनाएर लागु गर्न सक्ने बताए ।

    कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कावासोती नगरपालिकामा जनघनत्व र क्षेत्रफल अनुसार प्रयाप्त सरकारी स्वास्थ्यचौकी नहुँदा सामान्य स्वास्थ्य सेवा लिन पनि समस्या भएको गुनासो गरेका थिए । निजी मेडिलहरु दर्ता बिना संचालन हुँदा एकातिर राजश्व गुम्ने अर्कोतिर गुणस्तरीय स्वास्थ्यबाट नागरिक बञ्चित हुन परेको बताएका थिए । यस्तै खाद्य सुरक्षाका विषयमा समेत कावासोतीमा समस्या रहेको औल्याएका थिए । जिल्लाको सदरमुकाम भए पनि बालबालिकामा कुपोषण पाईनु , नगरपालिकामा कृषी तथा पशु प्राविधिक अभाव हुँदा किसानले मल बीउबिजनका बारेमा राम्ररी बुभ्न नसक्दा उत्पादनमा कमी हुनु , अत्याधिक विषादी प्रयोग , नियमित बजार अनुगमन नहुँदा अखाद्य वस्तु र म्याद नाघेका वस्तु उपभोक्ताले गरिद गर्नुपर्ने लगायतका समस्या रहको सरोकारवालाको गुनासो थियो । यस्तै भूमिको समस्या पनि उत्तिकै रहेको सरोकारवालाहरुको भनाई थियो । यहाँ ऐलानी र सुकुम्बासीको संख्या समेत धेरै रहेकाले त्यस्ता नागरिकको एकिन तथ्याङ्क निकालेर समस्याको समाधान गर्नतर्फ स्थानीय सरकारले काम गर्न आवश्यक रहेको बताएका थिए ।

    कार्यक्रममा नगरपालिकाभित्रका शिक्षा शाखाबाट श्रोत व्यक्ति तिर्थ कंडेलले शिक्षामा बालबालिकाको पहँच वृद्धि गर्न दिवा खाजा कार्यक्रम संचालन गरेको ,जसले गर्दा विद्यालयमा बालबालिकाको नियमिमता बढेको जानकारी दिएका थिए । यस्तै नगरपालिकालाई बालमैत्री धोषणा गर्न घरघमा स्टिकर टास्ने र घरधुरी सर्वेक्षण गर्ने काम भईरहेको समेत उनले बताए । शिक्षा शाखा मार्फत् नियमित रुपमा तालिम संचालन गर्ने , अनुगमन गर्ने कामलाई समेत प्राथमिकता दिएको कंडेलको भनाई थियो ।

    यसैगरि कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद नागेला , कृषि ज्ञान केन्द्र सम्पर्क इकाई कार्यालय नवलपुर पमुख मिरा चौधरी , मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका संचालक समिति सदस्य नरनाथ पाण्डे लगायतले कार्यालयबाट भए गरेका काम , काम गर्दा देखिएका समस्या र निराकरण गर्न बनाईएका योजनाको बारेमा जानकारी गराएका थिए । भने ,कावासोती वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले मानव अधिकारसंग जोडिएका कुनै पनि काम कुरामा वडाले हल्का रुपमा नलिएको बताए । मौलिक हकमा नै उल्लेख गरिएको अधिकार प्रत्याभुत गर्न वडाबाट कुनै पनि कसर बाँकी नराख्ने समेत उनले प्रतिबद्धता जनाए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले नागरिकका मौलिक हकलाई सुनिश्चित गर्न नगरपालिकाले पहल गरिरहेको बताए । नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउन नगरका १७ वटा वडा मध्ये छ वटामा स्वाथ्यचौकी रहेको र बाँकी रहेको ११ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न योजना बनाईसेकको जानकारी दिए । आर्थिक , सामाजिक र सास्कृतिक अधिकारसंग मानवअधिकार समेत जोडिएकाले अधिकार प्रत्याभुत गर्न स्थानीय सरकारको हैसियतले आफु सदैव सचेत रहने समेत उनले प्रतिबद्धता जनाए । कार्यक्रममा जनप्रतिनिधी , सम्बन्धित कार्यालयका प्रतिनिधी , पत्रकार , सरोकारवाला लगायत गरि ४० जनाको सहभागीता रहेको थियो । कावासोती नगरपालिका स्तरीय मानव अधिकार समूहकी संयोजक द्रोपती गुरौको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार समूहका सदस्य दयाराम आचार्यले सहजीकरण गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution