• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

२

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

३

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

४

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

५

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

६

थाकल बेचेरै पालिएका छन् परिवार

७

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

८

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

९

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

१०

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

११

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

१२

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा बालबालिकाको लागि क्षमता अभिवृद्धी तालिम 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन १०, शनिबार (५ साल अघि)
    IMG_20200222_095531

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । बाल अधिकार चेतना समूहका पदाधिकारिका लागि दुई दिने क्षमता अभिवृद्धी तालिम शनिबारबाट नवलपुरको कावासोतीमा सुरु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा नवलपुरको कावासोती नगरपालिका र बिनयीत्रिवेणी गाउपालिकामा संचालन गरिएको मानवअधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागीता अभिवृद्धि कार्यक्रम अन्तरगत शिक्षा ,स्वास्थ्य , खाद्य र आवासको अधिकार सुनिश्चितताका लागि सम्बन्धित पक्षलाई सजग बनाउन र सरोकारवालाको निगरानी बढाउन संचालन गरिएको कार्यक्रम अन्तरगत कावासोतीको शान्ति निकुञ्ज मावि र बिनयीत्रिवेणी गाउपालिकाको भानुदय माविमा गठन गरिएको बाल अधिकार चेतना समूहका पदाधीकारीहरुका लागि तालिमको आयोजना गरिएको हो । तालिमको एक औपचारिक कार्यक्रमकाबिच कावासोती नगरपालिका शिक्षा शाखाका राजन पाण्डेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले कावासोती नगरपालिका सहित नवलपुर र देशका विभिन्न स्थानीय तहमा अहिले बालमैत्री स्थानीय शासन लागु गर्ने प्रकृया चलिरहेकाले यस कार्यक्रमलाई सार्थक पार्न यस तालिमले सहयोग गर्ने बताए । अधिकार संगै कर्तव्य समेत संगसंगै आउने भएकाले विद्यालय स्तरमा अध्ययन गर्ने बालबालिकालाई नैतिक शिक्षा दिन आवश्यक रहेकोमा जोड दिए । किताबी ज्ञान मात्रै भन्दा पनि व्यवहारिक ज्ञान समेत बालबालिकाहरुलाई दिनुपर्ने पाण्डेले बताए । यस किसिमका तालिमले बाललबालिकालाई व्यवहारिक ज्ञान दिने हुँदा यस तालिम राखेकामा इन्सेकलाई धन्यवाद दिए । पाण्डेले कर्तव्यलाई राम्ररी बुझ्न सकेमा समाज सुसंस्कृत हुन सक्ने भन्दै समाजको सहि ढंगले विकास गर्न आजका कलिला मस्तिष्कमा सकारात्म र सहि नैतिक शिक्षा प्रदान गर्नतर्फ हरेक विद्यालयका शिक्षकहरु लाग्न आवश्यक रहेकोमा जोड दिए ।

    यस्तै कार्यक्रममा बोल्दै इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रमुख शिव खकुरेलले इन्सेक मानव अधिकारको क्षेत्रमा लामो समयबाट वकालत गर्दै आएको अग्रणी संस्था रहेको बताए । इन्सेकले देशका सबै जिल्लाहरुमा मानव अधिकार उल्लङघनका घटनाहरुको तथ्याङ्क संकलन गर्ने काम गर्दै आइरहेको समेत जानकारी दिए । यहि फागुन सात गते इन्सेकले प्रतेक वर्ष प्रकाशन गर्ने वर्ष पुस्तकको सार्वजनिकीरण गरेको बताए । उक्त पुस्तकमा उल्लेख भए अनुसार गण्डकी प्रदेशमा मात्रै बालअधिकार उल्लङघनका घटनामा ९० बालबालिका पीडित भएको जानकारी दिए । नवलपुर जिल्लामा मात्रै बालअधिकार उल्लङघनका १३ वटा घटना भएको बताए । जसमध्ये ६ जना बालिका बलात्कारमा परेको , ६ जनामाथी यौनदुव्र्यवहार भएको र विद्यालयमा शारीरिक सजाय भोगेका बालक एक जना रहेको जानकारी दिए । यस्तै खकुरेलले बालबालिकालाई कतिपय अवस्थामा शोषणमा परेको समेत जानकारी नहुने हुँदा यस किससमको तालिमले बालबालिकालाइ हिंसा र शोषणबाट बच्न समेत सचेत बनाउने भन्दै बालबालिकालाई हरेक किसिमले शशक्तिकरण गर्न इन्सेक अभियानले टेवा पु¥याउने बताए । कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम संयोजक शवनम शर्माले मानव अधिकार र बालअधिकारका बारेमा समूहका बालबालिकालाई जानकारी प्रदान गर्दै बालबालिकाको नेतृत्व विकासमा टेवा पु¥याउन तालिमको आयोजना गरेको बताईन् । दुई दिने तालिमबाट समूहको काम कर्तव्य र अधिकारको बारेमा जानकारी प्रदान गरिने र समूहले वर्षभरि गर्ने कार्ययोजना तयार पार्ने जानकारी दिइन् । इन्सेक अभियान अन्तगत दुई स्थानीय तहमा संचालन गरिएको परियोजना अन्तगत कावासोती नगरपालिकाको शान्ति निकुञ्ज मावि र बिनयीत्रिवेणी गाउपालिकाको भानुदय माविमा ११/ ११ जनाको बालअधिकार चेतना समूह गठन गरिएको छ । समूहमा आबद्ध विद्यार्थी र शिक्षक समेत गरि तालिममा २५ जना सहभागीता रहेको छ । तालिममा मानव अधिकार र बाल अधिकारका बारेमा अधिवक्ता भुपेन्द्र खनाल , बालअधिकारको ऐतिहासिक विकासक्रम , बालश्रम के हो ? , बाल अधिकार र जिम्मेवारीका बारेमा शिव खकुरेल , बाल अधिकार सम्बन्धि अन्तराष्ट्रिय कानुन र संगठन व्यवस्थापन , नेतृत्व र नेतृत्वमा हुनु पर्ने गुणहरुका बारेमा शवनम शर्मा , बालमैत्री स्थानीय शासनका बारेमा दिपक शर्मा र भित्ते पत्रिका चिनारीको बारेमा तिर्थराज डुम्रेले सहजीकरण गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इनिस्पेक्टर विशाल तामाङ , जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा , मानुदय माविका संरक्षक शिक्षक विष्णु कुमारी खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख खकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक नवलपुर प्रतिनिधी तिर्थराज डुम्रेले स्वागत मन्तव्य राखेका थिए भने इन्सेक नवलपुर सहजकर्ता ज्ञान पंगेनीले सहजीकरण गरेकी थिईन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना


  • Advertisement

    समाचार
  • १

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • २

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ३

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ४

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ५

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ६

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ७

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ८

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ९

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • १०

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution