• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २८, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सार्वजनिक कार्यक्रमहरु रद्द गर्न नवलपुर प्रशासनको अनुरोध

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन २१, बुधबार (५ साल अघि)
    89184121_183191559768759_6728081967289466880_n

    Advertisement

    नवलपुर । छिमेकी देश चीनको ऊहानबाट फैलिएको कोरोनाभाइरस ९कोभिड १९० को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ । नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा एक हालसम्म जनामा मात्रै पोजटिभ देखिएको छ । ती एक जना बिरामी पनि पूर्णरुपमा स्वस्थ भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारिसकेको छ ।
    विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराएपछि थप त्रास फैलिएको छ । यो रोगको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन सरकार र सरोकारवालाले पटक पटक आह्वान गर्दै आएका छन् ।
    धमाधम सार्वजनिक कार्यक्रम रद्द
    कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथै राजनीतिक पार्टी र संघसंस्थासमेतले धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्व ९नवलपुर० जिल्ला प्रशासन कार्यालयले पनि जिल्लामा कुनै सभा, भेला, गोष्टि, महोत्सव नगर्न आग्रह गरेको छ ।

    सरकारले गत आइतबार सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्यन गर्न थालिएको हो । सोहीअनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले पूर्वनिर्धारित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । नेकपाले अवस्था सहज भएपछि कार्यकर्ता भेला गरिने जनाएको छ ।
    यसैगरी फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको अवस्थामा प्रदेशमा उच्च सतर्कता अपनाउन थालिएको बताए । उनका अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला तथा महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि रद्द गर्ने निर्णय भएको छ ।
    मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आगामी मार्च ८ का दिन ९यालीसहितको साझा अभियान कार्यक्रम र ११० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हाललाई स्थगन भएको उल्लेख गरिएको छ ।
    यसो त विभिन्न शैक्षिक संस्थाहरुले तय गरेको सभा समारोहसमेत स्थगित भएका छन् । केही विद्यालयले भने स्थगनको तयारी गरेको बुझिएको छ । शिक्षा मन्त्रालयले मंगलबार एक सूचनामार्फत विद्यालय सभा, समारोह, वार्षिक उत्सव लगायतका जनभेला हुने कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । यही सूचना पछि कतिपय विद्यालय त तयारी भइसकेको अवस्थामा अब के गर्ने भन्नेमा अन्योलमा देखिएका छन् । अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा राजधानीमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरिसकेको छ ।
    यस्तै कतारले पनि चन्द्रगिरीमा आइतबार लागेको फुड फेस्टिबल रद्द गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरिसकेका छन् ।


    विद्यालय बन्दको माग
    सरकारी र गैरसरकारी तहमा विभिन्न औपचारिक कार्यक्रम रद्द भइरहेको अवस्थामा बालबालिका अध्ययन गर्ने विद्यालय भने खुलिरहेका छन् । भलै सरकारले चैत ५ भित्र वार्षिक परीक्षा लिन आग्रह भने गरेको छ । बालबालिकाको स्वास्थ्यमा गम्भीरता देखाइ अवस्था सामान्य नहुँदा सम्म सार्वजनिक बिदा दिइनुपर्ने कतिपयको माग छ ।
    ‘कोरोनाको यति ठूलो त्रास छ, बच्चालाई विद्यालय पठाउनुपर्ने बाध्यता छ’ राजधानीको नेपालटारकी अनिषा मगरले भनिन्, ‘मास्क लगाएर विद्यालय पठाइरहेको छु ।’ यस्तो त्रासका बेला विद्यालय बन्द गरिनु नै उचित हुने उनको भनाइ छ ।
    अहिले बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव भएको छ । कतिपय स्थानमा पाइएपनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेका उपभोक्ताहरुको गुनासो छ । बजारमा भाइरसको त्रासले मास्क र सेनिटाइजरको माग अत्यधिक रहेकाले अभाव र कालोबजारी देखिएको हो ।
    बजारमा मास्क खोज्दा ‘सबै चिनियाँले लगे’ भन्दै सकिएको व्यवसायीको जवाफ हुने गरेको छ भने पाइने ठाउँमा पनि स्वाभाविक मूल्य भन्दा बढी रकम लिने गरिएको छ ।
    के गर्दैछ सरकार ?
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने दावी गरेका छन् । उनले कोरोनालाई नेपाल आउन नदिनु नै सरकारको प्रमुख लक्ष्य भएको भन्दै सोहीअनुसार काम गरिररहेको बताए । उनले यसका लागि सरकारले राम्रो तयारी गरेको पनि दावी गरे ।
    डा। देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वाँसप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ ।’
    उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाइएको पनि उनले जनाए ।


    हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाइएकोस्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि केही आईसोलेशन बेड राखिएको उनले जनाए । शुक्रराज ट्रपिकलसहित पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थाम राखिएको पनि उनले जनाए । त्यस्तै, काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको पनि उनले स्पष्ट पारे ।
    भर्खरै आफूहरुले २५ हजार मास्क ल्याएको सुनाउँदै छिट्टै अरुपनि बन्दोबस्त गर्ने उनले योजना सुनाए । यदि मास्कमा कालोबजारी गरेको थाहा पाइए सरकारले हदैसम्मको कारबाही गर्नेपनि उनले चेतावनी दिए ।
    कोरोनाको विश्वव्यापी असर
    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ । बुधबार बिहानसम्म यो रोगबाट ३२ सय ३ जनाको मृत्यु भएको छ भने ९३ हजार १६० जना बिरामी छन् । यस्तै यो रोगको संक्रमण भएका ५० हजार जना भने निको भइसकेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution