
चितवन । पूर्वी नवलपरासीस्थित देवचुलीका एक जनामा कोरोना भाइरस ( कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । योसंगै पूर्वी नवलपरासी पनि कोरोना संक्रमित जिल्लामा थपिएको छ । यस बारे थप विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्नेछ ।
समाचार narayanionline.comबाट साभार