
कावासोती । भरतपुरको कोरोना ल्यावमा संक्रमण पुष्टी भएका देवचुलीका व्यक्ती नवलपुर नआएको खुलेको छ । संक्रमित व्यक्तीका नातेदारका अनुसार उनि कलकत्ताबाट भरतपुर आएर परिक्षण गरेका थिए । आज बिहान उनमा संक्रमण देखिएको हो । उनलाई अहिले आइसोलेसनमा राखिएको छ । उनी ७ दिन लगायर चितवन आईपुगेका थिए । मालबाहक ट्रकहरु चढ्दै उनि आएको खुलेको छ । उनि नवलपुर भने प्रवेश गरेका थिएनन् । उनि बुधबार चितवन आईपुगेका हुन् ।