• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ मंसिर १३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको ६ स्थानीय तहमा लकडाउन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ भाद्र १, सोमबार (५ साल अघि)
    nawapur o1

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती ।  नवलपरासी पूर्व (नवलपुर) को गैँडाकोट नगरपालिका र बुलिङटार बाहेक सबै ६ स्थानीय तहमा लकडाउन गरिएको छ । जिल्लामा समुदायस्तरमा नै कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यहाँका ६ स्थानीय तहको विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गरि लकडाउन गरिएको हो । आज सोमबार पनि बौदीकाली गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा केही दिनअघि कावासोती नगरपालिकामा एक जना पत्रकार र बैँकका कर्मचारी, विनयीत्रिवेणी गाउँपालिकामा पसल सञ्चालन गर्ने र मजदुर र देवचुली नगरपालिका निवासी भरतपुरको सहरी विकास कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्लामा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको र सर्तकता नअपनाए स्थिति भयावह हुन सक्ने भएकाले यहाँका स्थानीय तहले अत्यावश्यक बाहेक सबै सेवा तथा व्यवसाय बन्द गरी लकडाउन गरेका छन् ।

    जिल्लाको बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका सोमबारबाट लकडाउन गरिएको छ । कावासोती नगरपालिका साउन २९ गतेबाट लकडाउन गरिएको थियो । विनयीत्रिवेणी गाउपालिकालाई भोलि मंगलबारबाट लकडाउन गरिँदै छ । विनयी त्रिवेणीको १,२,६ र ७ नम्बर वडा यस अघि नै सिल गरिएको छ भने बाँकी वडा नम्बर ३,४ र ५ समेत गरी गाउँपालिका नै मंगलबार बिहान ६ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि लकडाउन गरिने गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले जानकारी दिनुभयो ।

    जिल्लाको बौदीकाली गाउँपालिका सोमबार दिउँसो १ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले जानकारी दिनुभयो । अत्यावश्यक बोहकका सबै सेवा र व्यवसाय अर्को निर्णय नहुँदासम्मका लागि बन्द गरिएको रानाले बताउनुभयो । यस्तै देवचुली नगरपालिका आज राति १२ बजेदेखि भदौ ८ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको छ । खाद्यन्न पसल, दूधजन्य, तरकारी पसललगायत अत्यावश्यक पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्मका लागि मात्र खोल्ने र अन्य सबै सेवा र व्यवसाय बन्द गरिएको नगरपालिकाका प्रवक्ता डिलबहादुर खत्रीले बताउनुभयो । यसैगरी हुप्सेकोट गाउँपालिका आइतबारराति १२ बजेबाट भदौ ७ गतेसम्मका लागि लकडाउन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । मध्यबिन्दु नगरपालिका पनि आजबाट भदौ ७ गतेसम्म सिल गरिएको छ ।

    थ्य सेवा बाहेक सम्पूर्ण सरकारी÷गैरसरकारी कार्यालय, बैँक तथा बित्तिय संस्था, होटेल तथा रेष्टुरेन्ट र पर्यटन व्यवसाय , अत्याबश्यक सेवा बाहेक अन्य सवारी साधन बन्द गरिएको छ । कुनै पनि प्रकारको बैठक समिक्षा, गोष्ठी, सेमिनार ,छलफल धार्मिक तथा सास्कृतिक भेला जस्ता सामूहिक जमघट हुने पाइने छैन ।

    नवलपुरमा थप एक जनामा कोरोना संक्रमण

    नवलपुरमा सोमबार एक जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बांैदीकाली गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उहाँ शिक्षक रहेको जनाइएको छ ।

    साउन ३० गते समुदायस्तरमा संकलित ४३ जनाको स्वाबमध्ये एक जनामा संक्रमण पुष्टि भएको र अन्य ४२ जनाको रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिनुभयो । चापागाईंले जिल्लामा समुदायस्तरमा केहीमा संक्रमण देखिएकाले सजग र सर्तकता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।

    त्रसित नहुन आत्मबल बलियो बनाएर स्वास्थ्य सजकता अपनाएर आफ्नो दिनचर्या गर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहको स्वास्थ्य शाखासँगको समन्वयमा अहिले समुदाय स्तरमा पीसीआर परीक्षण गर्ने काम भइरहेको चापागाईंले बताउनुभयो । जिल्लामा अहिलेसम्म ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जना संक्रिय संक्रमित रहका छन् । अन्य सबै निको भएर घर फर्किएका छन् । जिल्लाका संक्रमितको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय (कोरोना अस्थायी अस्पताल ) मा उपचार हुँदै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution