• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १०, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    त्रिवेणी–कोरोला सडक निर्माणमा बाधक बन्यो निकुञ्ज

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २२, बिहिबार (४ साल अघि)
    144989313_1136670136765291_2161039015239947942_n

    Advertisement

    दयाराम आचार्य

    कावासोती। गण्डकी प्रदेशको विकासको आधार मानिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्ड निर्माण हुन सकेको छैन् । भारत र चीनलाई जोड्ने सडकका रुपमासमेत हेरिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्डको निर्माण कार्य अझै शुरु हुन नसकेको हो । गण्डकी प्रदेश सरकारले त्रिवेणी–पोखरा–कोरोला सडकले उत्तर चीन र दक्षिणमा भारतलाई जोडने हँुदा प्रदेशकै विकास र समृद्धिको आधारका रुपमा यस सडक खण्डलाई हेरेको छ ।

    कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैँडाकोटदेखि उत्तरी नाका कोरोलासम्म विभिन्न चरणमा काम भइरहँदा भारतीय नाकासँग जोड्ने दक्षिण खण्डको दुम्किबास–त्रिवेणी खण्डमा भने सडक निर्माणको काम हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले केही कानूनी अड्चनका कारण यो खण्डमा काम हुन नसकेको जनाइएको छ । दुम्किबासको बगुवनदेखि त्रिवेणीसम्मको करीब १६ किलोमिटर खण्डमा सडक निर्माण हुन सकेको छैन् । यो खण्डमा सडक निर्माण नहँुदा गण्डकी प्रदेशको सिधा पहुँच भारतसँग हुन नसकेको बताइएको छ । यो खण्डमा सडक निर्माण नहुँदा अहिले दुम्किबासबाट लुम्बिनी प्रदेश हुँदै करीब ४५ किलिमिटर घुमेर त्रिवेणी नाका पुग्नुपर्ने अवस्था रहेको छ ।

    विसं २०५९ साल अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको दुम्किबास–त्रिवेणी सडक खण्डमा २०६३ मा सडकको मर्मत गरी यातायातसमेत सञ्चालन गरिएको थियो । हुलाकी सडकको रुपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामाकरण गरी २०६३ असोजमा यातायात सञ्चालन गरिएको तत्कालीन गजेन्द्रमोक्ष जनता मार्गका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । “विसं २०६४ जेठसम्म यातायात सञ्चालनमा रहेको यस खण्डपछि चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगायो, निकुञ्जले चरिचरनको क्षेत्र भनेर समेटेपछि यो खण्डमा यातायात सञ्चालनमा रोक लगायो”, तत्कालीन सडक निर्माण समितिका अध्यक्ष गिरीले भन्नुभयो, “यो यस क्षेत्रका जनतालाई दिएको पीडा हो ।”

    पूर्व–पश्चिम राजमार्गदेखि बगुवनसम्म अहिले सडक रहेको छ । बगुवनदेखि भारतीय नाका त्रिवेणी ब्यारेजसम्म १६ किलोमिटर रहेको छ । दक्षिणतर्फ ब्यारेजदेखि खयर खोलासम्म अहिले पनि यातायात सञ्चालन गर्न सकिने अवस्था रहेको छ । खयर खोलादेखि बगुवनसम्मको करीब ११ किलिमिटर सडक रहेको र यसखण्डमा अहिले पनि सामान्य मर्मत गरे यातायात सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । दुम्किबास–दाउन्ने–बर्दघाट सडकलाई विसं २०६३ मा हुलाकी मार्गको रुपमा रहेको दुम्किबास–त्रिवेणी सडकको यातायत सञ्चालन गर्ने गरी ट्र्याक खोलिएको थियो । तत्कालीन जिल्ला विकास समिति, यस क्षेत्रका गाउँ विकास समिति, सडक डिभिजनकोसमेत आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा कलभर्ट हाल्ने, बाटोको स्तरोन्नति गर्ने काम गरिएको थियो । तर पछि चितवन राष्ट्रिय निकुञ्जले यो सडक यातायात सञ्चालनमा रोक लगाएको हो ।

    सोमबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुम्कीबासको बगुवन र त्रिवेणी खण्डमा यस सडक खण्डको निरीक्षण गर्नुभएको छ । उहाँले यहाँका सरोकारवालासँग भेटेर सो सडक खण्डका विषयमा जानकारीसमेत लिनुभएको छ । निरीक्षण पश्चात् बोल्दै उहाँले यो सडकखण्ड त्रिवेणी–कोरोला व्यापारीक मार्गका रुपमा विकास हुने बताउनुभयो । “चीन र भारतको ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्ने सोच बनाएका छौं । उत्तरी खण्डमा नाकासम्म पहुँच भएको भएपनि दक्षिणी खण्ड भारतको सीमासँग जोडिएको त्रिवेणी पुग्न अझै पनि अन्य प्रदेशको मार्ग भए जानुपर्ने बाध्यता रहेको छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “यस खण्डको निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको छ ।” दक्षिणी खण्डको रुपमा रहेको दुम्किबास–त्रिवेणी खण्डमा केही कानूनी अड्चन रहेको बताउँदै उहाँले ती अड्चन हटे यसै वर्षबाट निर्माणको काम शुरु गर्ने भन्नुभयो ।

    ‘दुम्किबास–त्रिवेणी सडक निर्माणमा बजेटको कुनै अभाव हुदैन, बहुवर्षीय योजनामा राखेर काम गरिने छ”, उहाँले भन्नुभयो, “त्यसका लागि कानूनी अड्चन हटाउन जरुरी छ, हामी पहल गरिरहेका छौ ।” स्थलगत रुपमा निरीक्षण गर्दासमेत दुम्किबास–त्रिवेणी खण्डमा यसअघि चलनचल्तीमै रहेको सडक देखिएकाले अब कानूनी अड्चनले यसलाई रोक्न नहुने देखिएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । देशका अन्य क्षेत्रमा निकुञ्जबाटनै सडक रहेको बताउँदै यसलाई पनि पक्रिया पु¥याएर खोल्नुपर्ने उहाँले बताउनुभयो ।

     

    नवलपुरलाई पोखरासम्म जोड्ने सडकको रुपमा तनहँुको भिमाददेखि मानपुरहुँदै डेढगाउँसम्म स्तरोन्नतिको काम भइरहेको बताउँदै डेढगाउँबाट कावासोती हँुदै प्रदेशकै बाटोबाट त्रिवेणी पुग्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा यसलाई हेरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । दुम्किबास–त्रिवेणी सडकखण्ड सञ्चालन गर्न नसक्दा त्रिवेणी क्षेत्रका बासिन्दा सदरमुकाम कावासोतीसम्म आउन प्रदेश नं ५ को बाटो हँुदै घण्टौं लगाएर आउनुपर्ने बाध्यतासमेत रहेको छ । विनयी त्रिवेणी गाउँपालिका–६ र ७ अन्तर्गत पर्ने त्रिवेणीका बासिन्दा गाउँपालिकाको कार्यालय आउन पनि ४५ किलोमिटरको दूरी घुमेर प्रदेश नं ५ को बाटो हुँदै आउनुपर्ने समस्या रहेको वडा नं–७ त्रिवेणीका सुरजकुमार कोहारको गुनासो छ ।

    हुलाकी सडकको रुपमा चलनचल्तीकै बाटोपछि गएर सञ्चालनमा रोकिएको भन्दै उहाँले यसलाई खुलाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज नारायणी नदी पारी चितवनमा पर्ने भए पनि नदी वारी नवलपुरमासमेत निकुञ्जले आफ्नो क्षेत्र दाबी गरी यातायात सञ्चालनमा रोक लगाएको भन्दै यो तत्काल खोल्नुपर्ने उहाँले बताउनुभयो ।

    दुम्किबास–त्रिवेणी सडक खण्डकमात्रै नभएर विकासको आधारसमेत भएकाले यसको सञ्चालन नितान्त आवश्यक रहेको यसै क्षेत्रका निवर्तमान सांसद तिलक महतले बताउनुभयो । यो नाका खोल्नासाथ गण्डकी प्रदेशको सहज पहुँच भारतसँग हुने हँुदा विकासको ढोका खुल्नेसमेत उहाँले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution