• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर सर्पदंशको जोखिममा 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ श्रावण ९, शनिबार (४ साल अघि)
    FB_IMG_1627132946095

    Advertisement

    कावासोती  ।  पूर्वी नवलपरासी (नवलपुर)मा सर्पदंशको जोखिम बढ्दो पाईएको छ ।  मध्यविन्दु जिल्ला अस्पतालको गत वर्ष २०७७/०७८ को तथ्याङ्क अनुसार सर्पदंशका ७५ जना बिरामिको उपचार गरिएको छ । जसमध्ये ३३ जना महिला र ४२ जना पुरुष छन् । बिषालु र अबिषालु दुवै गरि ७५ जनाले अस्पतालबाट उपचार लिएका हुन् ।
    अघिल्लो वर्ष २०७६/०७७ मा अस्पतालमा ४३ जनाको सर्पदंशको उपचार गरिएको अस्पतालका सुचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । यस तथ्याङ्क अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष ३२ जना बढि उपचारमा आएका छन् ।
    सुचना अधिकारी सुवेदीका अनुसार अस्तालमा आएका ४ जनालाई मात्रै सर्पको टोकाई बिरुद्धको औषधी ( एन्टी स्नेक भेनम ) दिईएको छ । जसमा ६२ भाइल मात्रै औषधी खर्च भएको छ । अस्पतालमा आउने सर्पदंशका बिरामी सबैलाई औषधी ( एन्टी स्नेक भेनम ) दिनु पर्दैन । सुवेदीका अनुसार कतिपयलाई अबिषालु सर्पले टोकेको हुन्छ । भने, कतिपय विषालु सर्पले टोके पनि बिरामीको शरीरमा विष पसेको हुँदैन ।
    जिल्लामा सर्पदंशका बिरामिको संख्या अझै बढि रहेको सुवेदी बताउनुहुन्छ । गैंडाकोट , देवचुली नगरपालिका र बुलिङ्खटार गाउँपालिकाका धेरैजसो सर्पदंशका बिरामी भरतपुर जाने गरेकाले उनीहरुको तथ्याङ्क जिल्लामा नहुने उहाँको भनाई छ ।
    अन्य समयमा भन्दा गर्मी तथा वर्षाको समयमा सपदंशका घटना धेरै हुन्छ । केही दिन अगि मात्रै गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको थियो । सोही गाउँका चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले पनि केहि महिना अगि सर्पदंशबाट ज्यान गुमाउनुभएको थियो ।
    गर्मि समयमा जिल्लामा करेट र गोबन सर्पको बिगबिगी नै हुने गरेको कालीगण्डकी अस्पताका डाक्टर तथा नेपाल टक्सोनोलोजी एसोसिएसनका अध्यक्ष डा. छविलाल थापा बताउनुहुन्छ । यी सर्प बिषालु सर्प हुन् । थापाका अनुसार गोबन बढि बिषालु हुन्छ भन्ने आम मानिषले सोच्छन् तर करेट सर्प बढि विषालु हुन्छ । करेट धेरैजसो घर वरपर र भित्र बस्ने गर्छ भने गोबन सर्प आहाराको खोजीमा हिड्ने गर्छ ।
    सर्प प्वालभित्र बस्ने हुँदा गर्मीमा जमिन तातेपछि गर्मी छल्न बाहिर निस्कने , पानी पर्दा प्वालमा पानी पस्ने हुँदा बाहिर ओभानोमा निस्कने र आहाराको खोजीमा निस्कने भएकाले गर्मि र वर्षाको समयमा सर्पदंशका घटना बढि हुने गरेको थापा बताउनुहुन्छ । जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा सबैभन्दा बढि सर्पदंशका घटना हुने गरेको थापाले जानकारी दिनुभयो । त्यसपछि दुम्किवास , मध्यविन्दुको भ्यूरान , चोरमारा , कावासोतीको मगरकोट , हुप्सेकोटको शंखदेव , देवचुलीको प्रगतीनगरमा सर्पदंशका घटना बढि हुने गरेको थापाले बताउनुभयो ।
    यसैबीच गत वर्ष जिल्ला अस्पतालमा डेङ्गुका ४ जना , मरेरियाको एक जना र स्क्रबटाईफसको ५ जना बिरामीको मात्रै उपचारमा भएको छ । विगतका वर्षहरुमा भन्दा डेङ्गुका ४ जना , मरेरियाका बिरामी कम भएको सुवेदीले जानकारी दिनुभयो । स्क्रबटाईफसका बिरामी भने बढेको उहाँको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution