• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ बैशाख २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

४

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

५

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

६

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

७

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

८

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

९

कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

१०

गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

११

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

१२

मौसम पूर्वानुमानः आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    २० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष १९, सोमबार (३ साल अघि)
    inbound7581545254256736886

    Advertisement

    नारायण अधिकारी   
    चितवन ।  विगत २० वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २७४ को मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको आज सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

    सो अवसरमा उहाँले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । उहाँका अनुसार पर्सामा २१, बारामा २०, सिराहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको मृत्यु भएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

    यसै अवधिमा १३८ घाइते भएको, सम्पत्ति नष्ट तीन हजार ७५५ को र बालीनाली छ हजार ६०६ जनाको नष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्षति झापा, बर्दिया र चितवनमा भएको छ । जङ्गली हात्तीको आक्रमणमा बढी सङ्ख्यामा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति पर्ने गरेको तथ्याङ्कमा देखाइएको छ । हात्तीको आक्रमणमा पर्नेमा सो उमेर समूहका ७५ प्रतिशत रहेका छन् । वन क्षेत्रबाट ५०० मिटर वरिपरिमा बढी सङ्ख्यामा जोखिम रहेको उहाँले बताउनुभयो । वन क्षेत्रको ५०० मिटरको क्षेत्रफलमा २० वर्षमा हात्तीको आक्रमणबाट १८३ जनाको मृत्यु भएको छ ।

    यसै अवधिमा सोही दूरीभित्र ९३ जना घाइते भएका छन् । साँझ ४ बजेपछिको समय र रातमा ८ बजेपछि ११ बजे सम्मको समयमा हात्तीले बढी आक्रमण गर्ने गरेको उहाँको अध्ययनमा उल्लेख छ । अशिक्षित, गरिब तथा विपन्न धेरै प्रभावित हुने गरेका छन् । उहाँको अध्ययनमा यस्तो वर्गका ८९ प्रतिशत प्रभावित हुने गरेको देखाइएको छ । समुदायमा आएको हात्तीलाई भगाउन पटाका पट्काउने, मदिरा खाएर हात्ती लखेट्न जाने जस्ता कार्य गर्दा मानवीय क्षति बढी हुने गरेको उल्लेख छ । वन क्षेत्र नजिक र चुरेको फेदीमा बसोबास गर्ने दलित जनजाति र गरिब समुदाय बढी सङ्ख्यामा हात्तीको आक्रमणमा पर्ने गरेको उहाँले बताउनुभयो । हात्तीलाई बस्तीमा पसेको अवस्थामा आगोमो राँको बालेर मात्रै सहज हुने भएकाले सर्वसाधारणले सोहीअनुसार गर्न आग्रह गरिएको छ । कच्ची घरमा बढी सङ्ख्यामा हात्तीको आक्रमण रहने तथ्याङ्क सार्वजनिक गरिएको छ । मृत्यु हुने अधिकांश वयस्क पुरुष रहेका छन् भने मृत्यु भएकामध्ये २५ प्रतिशत हात्ती धपाउँदा आक्रमणमा परेर मृत्यु भएको उहाँको भनाइ छ ।

    गएको २० वर्षमा निकुञ्ज र त्यस आसपासका क्षेत्रमा १० हजार ७९८ मानव हात्तीबीचको द्वन्द्वका कारण घटना भएको उहाँको अध्ययनले देखाएको छ । सन् २००९ देखि घटना बढ्दै गएको सो अवसरमा जानकारी दिइएको थियो । अहिले देशभर २२७ हात्ती रहेका छन् । तीमध्ये ३७ वटा हात्ती समस्याग्रस्त रहेको भन्दै उहाँले तीमध्ये पाँच हात्ती बढी समस्यामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार समूहमा बस्न रुचाउने यस जनावर समूहबाट बाहिरिएपछि समस्याग्रस्त हुने गरेका छन् । हात्तीले देशको विभिन्न क्षेत्रमा रहेका ५१ वटा करिडोर प्रयोग गर्ने गरेको र तीमध्ये अहिले ३९ वटा मात्रै करिडोरको प्रयोग हुने गरेको उहाँले भनाइ छ । बाह्र वटा करिडोरमा हात्तीको आवतजावतका लागि समस्या भएकाले त्यसको प्रयोग कम गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । यसैकारण हात्तीले सहज हिँड्डुल गर्न नपाउँदा बस्ती पसेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

    नेपालमा आउने हात्ती बढी सङ्ख्यामा दुई क्षेत्रबाट आउने गरेका छन् । पश्चिम बङ्गालबाट नेपालको झापामा आउने र पश्चिमतर्फबाट सिराहाको बन्दिपुर हुँदै विभिन्न क्षेत्र पुग्ने गरेको पाइन्छ । जङ्गली हात्तीले चारदेखि १० वटासम्मको समूह बनाएर बसाई सर्ने गरेको उहाँको अध्ययनमा देखाइएको छ । हात्तीले धान पाक्ने समयमा बढी सङ्ख्यामा घटना गराउने गरेको पाइन्छ । भदौदेखि मङ्सिरसम्मको समयमा धेरै घटना हुने गरेको उहाँले जानकारी दिनुभयो । अशोककुमार राम हाल बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत हुनुहुन्छ । विद्यावारिधिका क्रममा उहाँले गर्नुभएको अध्ययनलाई सार्वजनिक गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस अध्ययनले नीति निर्माणका तहमा सहज बनाउने बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा यो अध्ययन सहयोगी बन्ने बताउनुभयो ।    (रासस )

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए


  • Advertisement

    समाचार
  • १

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • २

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ३

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ४

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ५

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • ६

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • ७

    गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

  • ८

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

  • १०

    गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution