• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ बैशाख २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

४

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

५

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

६

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

७

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

८

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

९

कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

१०

गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

११

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

१२

मौसम पूर्वानुमानः आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    उपकार लघुवित्तकाे आईपीओ भर्नु भयाे ? यस्ताे छ वित्तिय अवस्था…

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २६, शनिबार (३ साल अघि)
    1001924402IPO

    Advertisement

    काठमाण्डाैं । उपकार लघुवित्त वित्तीय संस्थाले आज (चैत २५ गते) शुक्रबार देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको अधिकृत पूँजी ८ करोड रुपैयाँ, जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ र चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।

    सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

    लघुवित्तको आईपीओमा चैत २५ गते देखि फागुन २९ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ ।

    रेटिङ्ग कस्ताे छ ?

    लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।लघुवित्तले रेटिङ्ग एजेन्सी इक्रा नेपालले २०७८ असार ९ गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ असार ७ गतेसम्म कायम रहनेछ ।

    कस्तो संस्था हो ?

    महिला उपकार मञ्च नामक गैरसरकारी संस्थाको अगुवाईमा उपकार लघुवित्त वित्तीय संस्था २०७४ साउन २५ गते कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । कम्पनीले २०७५ माघ १७ गते नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो ।२०७५ चैत १ गते देखि औपचारीक रुपले कारोबार शुभारम्भ गरेको लघुवित्तको प्रदेशस्तरको रहेको छ । लुम्बिनी प्रशेद कार्यक्षेत्र बनाएको लघुवित्तको १० वटा जिल्लामा ३२ वटा शाखा कार्यालहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    विपन्न परिवारका महिला तथा पुरुषहरुलाई वित्तीय रुपले साक्षर बनाउँदै स–सानो उद्यम, कृषि उत्पादन, व्यापार, व्यवसाय सञ्चालन गर्न, आय स्रोत, पेशा र व्यवसायका आधारमा सानो रकम लगानी गरी उत्पादनमूलक काममा सरिक गराइ उनीहरुलाई स्वरोजगार र आर्थिक रुपले सबल बनाई सिर्जनशील र स्वावलम्वी समाज निर्माणमा सघाउनु यस वित्तीय संस्थाको मुख्य उद्देश्य रहेको छ ।यस लघुवित्त वित्तीय संस्थाकोसंस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम्व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुभवी प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११, मा रहेको छ ।

    तीन वर्षमा सञ्चित नाफा करिब ३४ करोड पुर्याउने

    लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ३३ करोड ७० लाख ७ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ५ करोड ९२ लाख ८८ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको थियो ।यस्तै चालु आर्थिक वर्ष २०७८/७९ मा लघुवित्तले ११ करोड ४६ लाख २९ हजार रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २० करोड ३७ लाख ७६ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ ।

    लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ ८३७ रुपैयाँ र प्रतिशेयर आम्दानी २६० रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४०३ रुपैयाँ र प्रतिशेयर आम्दानी १०८ रुपैयाँ पुग्ने लघुवित्तको अनुमान छ ।

    आईपीओ निष्काशन गर्नुको उद्देश्य

    बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई शेयर वितरण गर्नु परेको लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नु परेको जनाएको छ । त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३६ प्रतिशत अर्थात २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर निष्काशन गरेर चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुर्याउन लागेको हो । लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थामो प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ ।

    लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको २ करोड ३६ लाख २५ हजार रुपैयाँ मध्ये १ करोड १२ लाख ९० हजार ५० रुपैयाँ भौतिक पूर्वाधार तथा शाखा विस्तारमा, ५० लाख रुपैयाँ पशुपालन तथा कृषि कर्जामा लगानी गर्नेछ । यस्तै ५० लाख रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र २३ लाख ३५ हजार रुपैयाँ साना तथा घरेलु कर्जा लगानी गर्ने लघुवित्तले जनाएको छ ।

    सञ्चालक समितिमा को को छन्?

    लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक १ जना हुने प्रावधान रहेको छ । सञ्चालक समितिको अध्यक्षमा शान्तीदेवी ढकाल रहेकी छन् । ढकालसँग लामो सयम महिला उपकार मञ्चको अध्यक्ष भई काम गरेको अनुभव रहेको छ ।

    यस्तै सञ्चालक समितिमा सदस्यमा चन्द्रकला न्यौपाने, नितु शर्मा, संगम पन्त (प्रभु बैंकको प्रतिनिधी) आरती पौडेल र राम चरण बि.सी रहेका छन् । बि.सी स्वतन्त्र सञ्चालक रहेका हुन् । हाल लघुवित्तको सञ्चालक समितिमा ६ जना रहेका छन् भने आईपीओ निष्काशन पश्चात सर्वसाधारण शेयरधनीहरुबाट २ जना सञ्चालक चयन हुनेछ । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत भने शारदा कुमारी खत्री रहेकी छन् ।

    भावी योजना तथा रणनीति

    लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउनदै लाने रणनीति लिएको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७८/७९ मा हाल १० जिल्लामा कार्यक्रम संचालन गरिरहेकोमा थप २ वटा जिल्लामा कार्यक्रम विस्तार गरि १२ जिल्लामा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।

    यस्तै लघुवित्तले केन्द्रिय कार्यालयबाटनै शाखाहरुको अनुगमन गरिने व्यवस्था गरिने, कार्यक्रममा विस्तारका क्रममा चालू आर्थिक वर्षमा १५ वटा शाखा थप गरी कूल ४७ वटा शाखा कार्यालय मार्फत ४० हजार सदस्य र २५ हजार ऋणि पुर्याउने लक्ष्य राखेको छ । लघुवित्तले ऋण लगानी १ अर्व रुपैयाँले बढाएर २ अर्व ९७ करोड पुर्याउने र बचत पनि ३६ करोड रुपैयाँले वृद्धि गरी १ अर्ब १९ करोड पुर्याउने लक्ष्य रहेको छ । चालू आर्थिक वर्षको अन्त्य सम्ममा कूल खुद मुनाफा ७ करोड पुर्याउने लघुवित्तको लक्ष्य रहेको छ । मेराे लगानीबाट साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए


  • Advertisement

    समाचार
  • १

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • २

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ३

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ४

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ५

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • ६

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • ७

    गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

  • ८

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

  • १०

    गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution