• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (३ साल अघि)
    tarkari-kheti

    Advertisement

    तुलसीपुर ।    हुस्सुले धपक्कै ढाकिकरहेको थियो । तपतप शीतका थोपा खसिरहेका थिए । तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन । एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन् । कोही प्याजका बेर्नामा पानी हालिरहेका हुन्छन् भने कोही जमिन सम्ह्याइरहेका हुन्छन् । त्यहाँ २५ किसानको दैनिकी अहिले त्यसरी नै बितिरहेको छ । त्यहाँ २५ महिला किसान मिलेर सामूहिक प्याजखेती गरेका छन् । रोपिसकेपछि पनि पालैपालो हेरचाह गर्दै आएका छन् ।

    हरियाली कृषक आमा समूहमार्फत सामूहिक उत्पादनको अभ्यास गरिरहेका छन् । तुलसीपुरको कृषि उत्पादनका हिसाबले सबैभन्दा राम्रो क्षेत्र मानिएको कचिलामा प्याज पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँ समूह बनाएर उत्पादनमा जोडिएको हो । कृषि ज्ञान केन्द्रले लगातार तीन वर्ष त्यहाँ सामूहिक प्याजखेतीका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

    विसं २०७७÷७८ मा रु १० लाख सहयोग गरेको ज्ञान केन्द्रले २०७८÷७९ मा रु दुई लाख र चालु वर्षमा रु पाँच लाख सहयोग गरेको छ । त्यसले गर्दा पनि त्यहाँका महिलाले करिब १५ बिघा क्षेत्रफलमा सामूहिक खेती गर्ने गरेका छन् । गएको वर्ष मात्रै प्रत्येक महिलाको भागमा १५ क्विन्टल प्याज परेको स्थानीय विन्दु चौधरीले बताउनुभयो । “गएको वर्ष सिँचाइ अभाव भयो, ढिला गरी बेर्ना रोप्यौँ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा उल्लेख्यरूपमा उत्पादन भएन, एउटाको भागमा १५ क्विन्टलमात्रै प¥यो ।” यो वर्ष उत्पादन बढ्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

    जग्गा भाडामा लिएर उहाँहरुले यसरी व्यावसायिक प्याजखेती गर्नुभएको हो । आफैँ बीउ तयार गरेर रोप्ने गरेको किसान दशनी चौधरीले बताउनुभयो । उत्पादन राम्रो भए पनि बजारीकरणका लागि भने समस्या हुने गरेको उहाँ गुनासो पोख्नुहुन्छ । “गएको वर्ष उत्पादन भएको प्याज हामीले बिक्री गर्न निकै समस्या भयो, छिटुवामा कहिल्यै यता डुलाउने, कहिल्यै उता डुलाउने भयो”, उहाँले भन्नुभयो, “पछि नबिकेपछि त्यसै घर फर्काउनुपर्ने अवस्था भयो ।”

    प्याज तीन महिनामा फलिसक्छ । प्याजलाई एक नम्बरको रु तीन सयमा बेच्ने गरेको दशनीले बताउनुभयो । यसरी सामूहिक खेती गरेरै उहाँहरूको घर चल्ने गरेको छ । छोराछोरीलाई पढाउनेदेखि दैनिक घर खर्च चलाउनेसम्मको काम गरेको स्थानीय मीनकुमारी चौधरीले बताउनुभयो ।

    उनीहरूले ती जग्गामा प्याजमात्रै सामूहिक गर्ने गर्छन्, त्यसपछिका खेती भने सम्बन्धिन जग्गाधनीले मात्रै लगाउने गर्छन् । आफूहरूले प्याजको सिजनमा मात्रै जग्गा भाडामा लिएको उहाँले बताउनुभयो । “प्याजको सिजनमा हामीले जग्गा भाडामा लिन्छौँ”, उहाँले भन्नुभयो, “त्यो भन्दा अन्य बालीमा सम्बन्धित जग्गाधनीले नै लगाउने गर्छन् ।” कचिलाका खेतमा वर्षमा तीन सिजनमा तरकारी उत्पादन हुने गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।

    प्याजको सिजनपछि त्यहाँ मकैखेती हुने गर्छ भने मकै उत्पादनपछि आलुखेती हुने गर्छ । प्याजमा पकेट क्षेत्र बनाएर कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि सहज भएको अध्यक्ष चौधरीको भनाइ छ । उहाँका अनुसार ज्ञान केन्द्रले आर्थिकसँगै औषधि, मल, बीउमा पनि सहज हुँदै आएको छ । बजारीकरणमा देखिएको समस्या भने अत्यधिक छ । राति ३ बजे उठेर यहाँका महिला बजारमा उत्पादन सामग्री लिएर जान्छन् । तर भारतीय तरकारीका कारण यहाँ उत्पादन भएको तरकारी बिक्री नहुँदा फर्काएर ल्याउनुपर्ने अवस्था छ । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution