• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा आर्थिकमन्दीको असर : व्यापारीक सटर खाली हुन थाले

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर २७, बुधबार (२ साल अघि)
    shutter

    Advertisement

    मध्यविन्दु (नवलपरासी) ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन् । आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताउनुभयो । “घरधनीको भाडा वृद्धि, बैङ्कको उच्च ब्याजदर र ऋणको किस्ता तिर्न नसक्दा २५ देखि ३० प्रतिशत व्यावसायिक सटर खाली भएका छन्,” उहाँले भन्नुभयो, “व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छाडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटर खाली भएका हुन् ।”

    खाद्यान्न किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेकाले सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको अध्यक्ष अर्यालले बताउनुभयो । जिल्लाका अन्य बजारको तुलनामा कावासोतीमा व्यवसायी पलायन हुने क्रम बढी छ । बैङ्कको ब्याजका कारण मारमा परेका व्यवसायी बजारमा ग्राहक नै आउने क्रम घटेसँगै पलायन हुने क्रम बढेको अध्यक्ष अर्यालले बताउनुभयो ।

    व्यवसायी पलायन हुने क्रममा जिल्लाको मध्यविन्दु नगरपालिकामा समेत बढ्दै गएको छ । १५ देखि २० प्रतिशतको हाराहारीमा व्यवसायी पलायन भएका मध्यविन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । “व्यापार हुन छोडेपछि व्यवसायी पलायन हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

    व्यवसायी पलायनको समस्या देवचुली नगरपालिकामा पनि उस्तै छ । देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्यप्रसाद दवाडीले देवचुलीमा पलायन हुने व्यवसायी ३० प्रतिशतभन्दा बढी रहेको बताउनुभयो । “झण्डै ३० प्रतिशतले व्यवसाय छोडेका छन्,” उहाँले भन्नुभयो । वित्तीय संस्थाको ब्याजका कारणले व्यवसायी निरन्तर पलायन हुँदै गएको उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाले ब्याजका लागि ताकेता बढाइरहेको तर व्यापार ठप्प भएकाले यस्तो अवस्था आएको उहाँको भनाइ छ ।

    बैङ्क तथा वित्तीय संस्थाको ताकेताका कारण व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्न थालेको अध्यक्ष भट्टचनको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी बढिरहँदा नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा नयाँ व्यवसाय दर्ता गर्ने दरमा समेत कमी आएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा तीन हजार पाँच सय ९४ उद्योग दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ७० उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका अध्यक्ष नगेन्द्र पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा दुई हजार दुई सय ९१ उद्योग नवीकरण भएकामा चालु आवको पहिलो तीन महिनामा एक सय ९५ वटा मात्रै उद्योग नवीकरण भएका छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution