• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुटवल–नारायणगढ सडकखण्डको कारण ५० प्रतिशत व्यापार घटेको दावी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)
    403674660_2206570022865985_1132254321119465787_n

    Advertisement

    बुटवल । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम छिटो पूरा गर्न रुपन्देहीका ठूला लगानीका होटेल व्यवसायीहरुले माग गरेका छन् । सडकको दुरावस्थाले ५० प्रतिशत व्यापार घटेको दाबी गर्दै उनीहरुले सडक विस्तारको काम छिटो सक्न माग गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तारको बुटवलमा शिलान्यास गरेका थिए । ११४ किलोमिटर लामो यो सडक विस्तारको काम दुई वर्षमा पूरा गर्ने गरी चाइना स्टेट कम्पनीले ठेक्का पाएको छ । १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु भएको विस्तारको काम सम्झौता अनुसार २०७९ साउनमा सकिनुपर्थ्यो । तर कोरोना महामारी र निर्माण सामग्री अभाव लगायतका कारण देखाएर २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो । थप भएको समयमा पनि काम नसकिएपछि फेरि एक वर्ष म्याद थपिएको छ । साढे ४ वर्षको अवधिमा अहिले ४० प्रतिशत मात्र काम सकिएको छ । अहिले धुलो र खाल्डाखुल्डीले गर्दा यात्रा कष्टकर हुने गरेको छ ।

    दबाबमूलक कार्यक्रम गर्ने निर्णय

    पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले सडकको दूरावस्थाले व्यापार व्यवसायमा असर परेको निष्कर्ष निकालेको छ । हालै गठन भएको एशोसिएसनको पहिलो विस्तारित बैठकले सडकको दुरावस्थाका कारण रुपन्देहीको होटल व्यवसायमा ५० प्रतिशत गिरावट आएको दावी गर्दै सडक विस्तारको काम छिटो पूरा गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष प्रविणबहादुर पाठकले जानकारी दिए । एशोसिएसनले पर्यटकको बसाइ कम्तीमा एक हप्ता लम्ब्याउन बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीलाई केन्द्रमा राखेर चितवन, पोखरा, नेपालगन्ज र बर्दियासम्मको टुर प्याकेज बनाएर काम गरिरहेको भए पनि बुटवल–नारायणगढ सडक विस्तारको काममा भएको ढिलासुस्तीले असर गरेको पाठकले बताए ।

    ‘अहिले पर्यटकको चहलपहल बढ्ने सिजन हो तर निर्माणाधीन सडकको दूरावस्थाले रुपन्देही आउने पर्यटक अन्यत्र डाइभर्ट भएका छन्,’ पाठकले भन, ‘हिउँदमा धुलाम्य, वर्षायाममा हिलाम्य अनि ठाउँ–ठाउँमा ट्राफिक जामले तीन घण्टाको यात्रा ६ घण्टासम्म लाग्ने भएपछि रुपन्देही आउने पर्यटकको संख्यामा भारी कटौती भएको छ, ५० प्रतिशत व्यापार घटेको छ ।’

    एकातिर गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुन नसक्नु, अर्कोतिर पूर्व–पश्चिम राजमार्गको मध्य खण्डमा भइरहेको विस्तारको काम सुस्त हुँदा बुटवल र समग्र रुपन्देहीको पर्यटन व्यवसायमा असर पुगेको एशोसिएसनका उपाध्यक्ष  दिलिप गौचनको गुनासो छ । ‘सडक निर्माणका क्रममा बनेका खाडल नपुर्ने तथा नियमित सडकमा पानी नराख्दा धुलो र खाल्डाखुल्डीले जोखिमपूर्ण भएकाले यो सडक भएर आउने पर्यटक घटेका छन्,’ गौचनले भने ।

    एशोसिएसनका कोषाध्यक्ष पदम केसीले बेलहिया नाका र अध्यागमन कार्यालयलाई आनुनिक प्रविधियुक्त र सुविधासम्पन्न बनाई भारतीय र तेस्रो मुलुकका पर्यटकलाई सहज वातावरण बनाई आकर्षित गर्न सरकारको ध्यान जानुपर्ने बताए । पर्यटकले बोक्ने रकमको सीमा नतोकी चाहेजति रकम ल्याउन दिँदा मात्रै नेपालका पर्यटन व्यवसायीले लाभ लिन सक्ने केसीले औंल्याए ।

    अर्की होटल व्यवसायी प्रणदा दीक्षितले भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताइन् । पर्यटक चढेका गाडीलाई अनावश्यक चेकजाँच गरेर हैरानी दिइएकाले यस्तो प्रवृत्ति रोकिनुपर्ने र सीमाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्था परिमार्जन गरी चुरेको फेंदीसम्म आउन दिनुपर्ने माग गरिन् ।

    बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका प्रमुख सशांक मिश्रले यो खण्डमा पर्ने स्थानीय तहहरुले आवश्यक परेजति माटो र ढुंगा गिटी उपलब्ध गराउन नसक्दा कामले गति लिन नसकेको बताए । आयोजनालाई माटो ३ लाख घनमिटर, ढुंगा र गिटी ६ लाख घनमिटर गरी ९ लाख घनमिटर ‘म्याटेरियल’ आवश्यक रहेको तर चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि स्थानीय तहहरुले निर्माण सामग्री दिनेबारे निर्णय नगर्दा समस्या परेको आयोजना प्रमुख मिश्रले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution