• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ३८ वटा घटना अभिलेख

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)
    75978811-6a2d-4721-8c61-2ee2d9ec3a38

    Advertisement

    कावासोती  । नेपाल मानव अधिकार वर्षपुस्तक–२०२४ प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम आज वलपुरको कावासोतीमा सम्पन्न भएको छ ।
    कार्यक्रममा गोरखा जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीले जनवरी २०२३ देखि हालसम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । इन्सेकको अभिलेख अनुसार नवलपरासी पूर्व नवलपुरमा सन २०२३ को जनवरी देखि डिसेम्बर सम्मको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३८ वटा घटना अभिलेख भएको जिल्ला प्रतिनिधि पंगेनीले जानकारी गराउनुभयो । गत वर्ष ३७ घटना अभिलेख भएकोमा यस वर्ष एउटा बढी अर्थात ३८ वटा घटनाको अभिलेख भएको छ । यस वर्ष अभिलेख गरिएका ३८ वटा घटनामा सबै गैर राज्य पक्षबाट पीडित भएका छन् । हत्या एक , कुटपिट ९ , आगजनी एक , बलात्कार दुर्व्यवहार १७, अमानवीय व्यवहार एक , महिला विरुद्धका घरेलु हिंसा आठ , बहुविवाहका एक रहेको पंगेनीले बताउनुभयो । जिल्लामा बलात्कार र यौनहिंसाका घटना बढि भएको छ । त्यसमा पनि परिवारकै सदस्यबाट यौनहिंसामा परेका जघन्य प्रकृतिका घटना भएका छन् । ६ वर्षकी बालिकादेखि ५७ वर्षकी महिला समेत यौन हिंसाबाट पीडित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले कार्यक्रममा बोल्दै जिल्लामा बालिका र महिलामाथि हुने यौनजन्य हिंसाको अवस्था निकै डरलाग्दो देखिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले यौनजन्य हिंसालाई न्यूनिकरण गर्नकै लागि विद्यालयहरूमा सचेतनाको कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । अन्य ठूलाखालका कुनै अप्रिय घटना जिल्लामा नभएपनि महिला बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको उहाँले बताउनुभयो । उहाँले द्वन्द्वको समयमा इन्सेकले मानव अधिकारको सवालमा निकै राम्रो काम गरेको स्मरण गर्दै मानव अधिकार रक्षाको लागि इन्सेकसँग आफू समेत सहकार्य गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले इन्सेकले मानव अधिकार उल्लङ्घनको घटनाहरू अभिलेख गर्दै जिल्लामा मानव अधिकारको अवस्था कस्तो छ भन्ने थाहा पाउन मदत गर्दै आएको बताउनुभयो । उहाँले पछिल्लो समय पुरुष समेत हिंसामा परेको घटनाहरू समाजमा देखिने गरेको भन्दै पुरुषमाथि भएका हिंसालाई पनि इन्सेकले अभिलेख गर्न सुझाव दिनुभयो ।
    कार्यक्रममा एमनेष्टी इन्टरनेशनले नेपाल नवलपुरका उपाध्यक्ष हरि आचार्यले मानव अधिकारको रक्षा गर्न सरोकारवाला सबै पक्ष एक भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले मानव अधिकारको रक्षाका लागि काम गर्ने सङ्घसंस्थाहरूले एकआपसमा सहकार्य गर्दै सचेतनाका काम र न्यायका लागि पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

     

     कार्यक्रममा जिल्ला प्रहरी कार्यालय , नेपाल पत्रकार महासंघ , नेपाल रेडक्रससोसाइटी , जागृती बाल तथा युवा सरोकार , एमनेष्टी इन्टरनेशनले , मानव अधिकार समूहका प्रमुख प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।

    सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई थप तथ्यपरक बनाउनका लागि सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution