• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यो वर्षको एसईई चैत पहिलो साताबाट हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २६, बिहिबार (१ साल अघि)
    SEE-student

    Advertisement

    काठमाडौँ । संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो । परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा हुने बताएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साताबाट हुन्छ । माघको पहिलो सातामा रुटिन निकाल्छौँ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन्छ । यसमा कुनै शङ्का नगर्न सबैमा अनुरोध गर्दछौँ,’ अध्यक्ष शर्माले भने । संसद्मा विद्यालय शिक्षा विधेयक पास भएर कानुन नबनेसम्म एसईई हुने प्रष्ट पारेका हुन् । ‘विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । उक्त विधेयक पास भएर संसद्मा गएर त्यहाँ पनि पास भएर ऐन बन्न लामो समय लाग्छ । त्यो बेलासम्म हामीले आफ्नो काम गरिरहन्छौँ,’ अध्यक्ष शर्माले भने ।

    ‘विद्यालय शिक्षा विधेयक र जाजरकोट पश्चिम–रुकुममा गएको भूकम्पका कारण परीक्षा हुँदैन । परीक्षा दुई चरणमा हुन्छ भन्ने चर्चा चलिरहेको रहेछ । यसमा हामी परीक्षा तथा नतिजाका लागि वार्षिक क्यालेन्डर बनाएका छौँ । त्यही अनुसार हुन्छ,’ उनले भने ।

    बोर्डले प्रश्नपत्र निर्माण तथा सर्टिफिकेटिङको काम गर्ने र परीक्षा सञ्चालन तथा व्यवस्थापनको काम प्रदेशले गर्ने उनले प्रष्ट पारे । सर्टिफिकेटिङको काम राष्ट्रिय परीक्षा बोर्डबाट मात्रै हुने भन्ने कानुनी व्यवस्था रहेकाले एसईई प्रदेशलाई हस्तान्तरण गर्न नसकिएको उनको भनाई छ ।

    जाजरकोट र रुकुम पश्चिममा भूकम्पले प्रभावित पारे पनि परीक्षा नै सञ्चालन गर्न नसकिने गरी समस्या नरहेको बताए । उक्त क्षेत्रको अवस्था बुझ्न अध्यक्ष शर्मा आफैँ स्थलगत अनुगमनमा गएका थिए । स्थलगत अनुगमनको क्रममा परीक्षा सञ्चालन गर्न सकिने अवस्था रहेको पाइएको उनले जानकारी दिए ।

    ‘जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूमा परीक्षा सञ्चालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रधानाध्यापकसँग भेट्यौँ । पढाइ भइरहेको र परीक्षा सञ्चालनको लागि केही केन्द्रहरूलाई अल्टरनेट गर्न सकिने देखियो । स्थानीय पालिका, जिल्ला समन्वय र सामाजिक विकास कार्यालय र व्यवस्थापन समितिसँग छलफल भयो । परीक्षा सार्ने सुझाव आएको छैन,’ उनले भने ।

    • ३५ प्रतिशत ल्याउनैपर्ने, नयाँ पाठ्यक्रम लागू 

    यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए ।

    ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ,’ उनले भने ।

    यो वर्ष कक्षा १० को पाठ्यक्रम परिवर्तन भएको थियो । सोही आधारमा नयाँ पाठ्यक्रम अनुसार परीक्षा समेत हुन लागेको हो । परीक्षाका विषयमा अन्योल सिर्जना भएको भन्दै उनले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयलाई परीक्षाको तयारीमा जुट्न उनले आग्रह गरे ।

    • ४ लाख ८९ हजार बढीको रजिस्ट्रेसन 

    यो वर्षको एसईईका लागि देशभरबाट ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् । यसमा २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिस्ट्रेसन फाराम भरेको परीक्षा नियन्त्रक पौडेलले बताए । खुला विद्यालयबाट करिब १० देखि १२ हजारको हाराहारीमा विद्यार्थी थपिने उनको भनाई छ । ती विद्यालयका विद्यार्थीको हकमा रजिस्ट्रेसन र परीक्षा फाराम एकै पटक भरिने भएकाले उनीहरूको सङ्ख्या अहिले नै यकिन नभएको पौडेलले बताए ।

    विगतका वर्षको तुलनामा एसईई दिने विद्यार्थी केही कम हुने उनको भनाइ छ । यो वर्ष ५ लाखको हाराहारीमा विद्यार्थीहरूले एसईई दिने अनुमान बोर्डको छ ।

    • जाजरकोट र पश्चिम रुकुमका ५० प्रतिशत विद्यार्थी प्रभावित

    जाजरकोट र पश्चिम रुकुममा गत कात्तिक १७ गते गएको भूकम्पले ठुलो धनजनको क्षति पुर्‍याएको थियो । जसका कारण रुकुम पश्चिम र जाजरकोटका एसईई दिने ५० प्रतिशतभन्दा बढी विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् ।

    पश्चिम रुकुममा यो वर्ष ३ हजार ६१५ जना विद्यार्थीले एसईई दिनको लागि रजिस्ट्रेसन फारम भरेका थिए । ती मध्ये ५० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको बोर्डका अध्यक्ष शर्माले बताए ।

    त्यस्तै जाजरकोटमा ४ हजार ८०० विद्यार्थीले एसईईका लागि रजिस्ट्रेसन फारम भरेका छन् । ती मध्ये २ हजार १०० विद्यार्थी भूकम्पबाट प्रभावित भएको अध्यक्ष शर्माले बताए ।

    ती विद्यार्थीहरूलाई अर्को परीक्षा केन्द्रबाट परीक्षा दिलाउने व्यवस्था मिलाइने उनको भनाई छ । ती जिल्लाहरूमा अहिले पठनपाठन निरन्तर चलिरहेको भन्दै पढाइका कारण कुनै समस्या नहुने बताए ।

    एसईईका लागि रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीको सङ्ख्याः

    Reg

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution