• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ ५, शुक्रबार (१ साल अघि)
    202401190714-ae7c99af-24bc-4a12-987f-494bea52b851_medium

    Advertisement

    परिङाल (बझाङ)।फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन । छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल मौसम खुल्यो । नेटवर्क आयो र फोनमा कुरा भयो । सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो ।उहाँ शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै हुनुहुन्थ्यो । गत भदौको उहाँको पीडा सुनेर एकछिन माहोल नै चिसियो । सबै जना आश्चर्यचकित भावमा देखिए । “हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो । लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,” उहाँले भन्नुभयो । उहाँ दुई नातिसँगै छविसपाथीभेरा गाउँपालिका–१ परिङालमा रहेको आफ्नै घरमा बस्नुहुन्छ । नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन् । छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहनुभएको छ । उहाँहरुले पठाएको पैसाले घर खर्च चलाउनु परेको पारुले सुनाउनुभयो ।

    यस्तो पीडा र अवस्था सबै परिङालबासीको उस्तै छ । “आँगनमा काग कराएको दिन पनि अशुभ खबर सुनिन्छ कि भन्ने पीर पर्छ,” स्थानीय चन्द्रा गिरीले भन्नुभयो, “परदेशिएकाहरुलाई केही नहोस् भनेर दियो बालिरहन्छौँ । भगवान्को आराधना गरिरहन्छौँ । चिन्ता बैङलोरकै हुन्छ ।” परिवारका सदस्यसँगै बस्न र घरमै हुन त भाग्यमै लेखेको हुनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार परिङालमा ८० परिवार छन् । झन्डै चार सय जनसङ्ख्या भएको गाउँ हिजोआज भने सुनसान जस्तै छ । काम गर्न सक्ने जनशक्ति सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले जेनतेन गाउँ धानेका छन् । “प्राकृतिक विपद्बाट अहिले ३० परिवारले गाउँ नै छोडिसकेका छन्,” उहाँले भन्नुभयो, “कतिपयले भारतमा सङ्घर्ष गर्दै तराईतिर जग्गा जमिन जोडिसके । कतिले भारतमै आधार कार्ड पाएर परिवारलाई उतै व्यवस्थापन गर्ने तयारी गरिरहेका छन् ।”

    उहाँका अनुसार परिङालबासी भोको पेट भर्नकै लागि विभिन्न ठाउँमा गएर सङ्घर्ष गरिरहेका छन् । “घरमा बालबालिका तथा वृद्धवृद्धा भएर घरहरू खुला देखिए पनि गर्नसक्ने मान्छे कोही छैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार उहिले कोही पनि भारत जाँदैन थिए । “गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो । अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो । त्यसपछि गाउँ नै चौपट भयो,” उहाँले भन्नुभयो । चन्द्राको घरमा नौजना सदस्य छन् । गाउँमा भने अहिले चारजना मात्रै छन् । “छोराछोरीको स्याहार गर्ने मान्छे नहुनाले आफैँले गाउँमा बस्नुपरेको हो । नत्र मेरो उमेरका महिला÷पुरुष कोही गाउँमा बस्दैनन् । सबै बैङलोरमा गएर कमाउँछन्,” उहाँले भन्नुभयो । परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन् । आफूले सामाजिक सुरक्षा भत्ता ९वृद्धभत्ता० खाने र तीन बालबालिका गाउँमै पढ्ने हुँदा घर बस्नुपरेको उहाँले सुनाउनुभयो । “भारतमा जति मजदुरी काम गरे पनि पैसा देखिँदैन,” उहाँले भन्नुभयो, “सबै कमाउने उतै छन् । उनीहरुले कमाएको पनि खानलाई बराबर हुन्छ ।”

    पेट पाल्नकै लागि विदेश जानेको सङ्ख्या बढेपछि गाउँ रित्तिन थालेको छ । सामाजिक काम तथा ठूलो काम गर्न गाउँमा मान्छे नै नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँ पूरै रित्तिन लागि सक्यो । गह्रौँ काम गर्ने मान्छे अहिले गाउँमै छैनन् । यतिसम्म कि मान्छे मर्दासमेत मलामी नपाइने अवस्था आइसक्यो,” उहाँले भन्नुभयो । गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन् । अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताउनुभयो । “हरेक दसैँमा हरेक परिवारले परदेशिएकाहरुको बाटो कुर्नुपर्छ । कति परिवारले त दुई–तीन वर्षपछि मात्रै भेट्न, सुखी साट्न पाउँछन्,” उहाँले भन्नुभयो ।विसं २०५७ मा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो । आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने सङ्कटै सङ्कटले झेलिरहेको छ । दुई वर्षअघि २०७८ असोज ३० देखि कात्तिक ३ गतेसम्म आएको बाढीले बचेको सबै जिउलो बगायो । आँगनमा भएको जिउलो मात्रै नभई छिमेकी बगरगाउँमा भएको जिउलोको समेत नामोनिसान मेटाइदियो । गत असोजको भूकम्पले फेरि घरहरू नोक्सान गरेपछि युवाहरु बैङ्लोर जानुको विकल्प नभएको जनाउँदै परदेशिए ।

    स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसङ्ख्या भारतमा छ । गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ । “बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन् । वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो । भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,” उहाँले भन्नुभयो । भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ । “जनता असुरक्षित नहोउन् भन्दै हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ,” फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले भन्नुभयो, “बाढी तथा भूकम्प पीडितलाई राहत दिन होस् वा नदी कटानलाई नियन्त्रण गर्न होस् । हामी सबै निकायसँग समन्वय गरिरहेका हुन्छौँ ।”

    रेडक्रसले बनाइदिएका अस्थायी टहरा र बगरगाउँमा करोडभन्दा बढी मूल्यको ग्याबिन लगाउने काम भइरहेको उहाँले बताउनुभयो । छविसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंह पनि गरिबमाथि नै पटकपटक विपद् आएकामा चिन्ता गर्नुहुन्छ । उहाँ भन्नुहन्छ, “सुगाला र परिङालका पीडितलाई प्रकृतिले पनि कहिल्यै सुख नदिने भयो । कहिले बाढी त कहिले भूकम्पले उठीवास गर्न थालेको छ ।” प्रभावित बासिन्दालाई विभिन्न सङ्घसंस्थाबाट केही राहत भए पनि सरकारका तर्फबाट राहत पाउन केही समय लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले घोषणा गरेको रु ५० हजारका दरले प्रशासनमा आइसकेको भन्ने छ । यसका लागि सम्पूर्ण कागजात तयारी गर्दै छौँ । रासस

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution