• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ १, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ ७, आईतबार (१ साल अघि)
    202401211212-f327c71a-fc8a-4a86-ac52-f6c2b2768084_medium

    Advertisement

    सुर्खेत ।काठमाडौँबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरु देखिन थालेपछि उनीहरुको प्रतिक्रिया थियो, आहा, कस्तो राम्रो ठाउँ । यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गरी अझै आनन्दको वातावरण बनाउन सकिन्छ होला ।यस्तो अनुभूति गुराँस क्षेत्रमा पुग्ने जो कोहीलाई पनि हुने गर्दछ । अर्कोपटक घुम्न अवश्य पनि आउने सबैले भनने गर्दछन् । यो क्षेत्रलाई साविकको कर्णाली अञ्चलको प्रवेशद्वारका रुपमा लिने गरिन्छ । यहाँ लालीगुराँस फुल्ने समयदेखि हिउँद्को समयमा हिउँ पर्नेसम्मको आनन्द लिन सकिन्छ । गुराँसेमा रहेको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बाट चारैतिरका रमणीय दृश्यसँगै भारतको लखनउ र तिब्बतका केही भागहरुको समेत अवलोकन गर्न सकिन्छ । बाह्रै महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ ।

    यहाँ जाने स्वदेशी वा विदेशी पर्यटकले प्राकृतिक सौन्दर्यदेखि धार्मिक, सांस्कृतिक र स्थानीय रहनसहनको अलग्गै स्वाद लिन सक्नेछन् । वडा नं १ मा रहेको देउराली गुफाले धेरैलाई अनौठो अनुभूति गराउँछ । यो गुफा हेर्न आउनेको संख्या दिनानु दिन बढ्ने गरेको छ भने अहिले यस ठाउँमा मगर संस्कृतिका परिकार र नाचहरु देखाउने गरिन्छ । यहाँँ पाहुनाका लागि मगर होमस्टे पनि सञ्चालन गरिएको छ । होम स्टेमा कोदोको रोटी, ढिडो, आँटो, सिस्नोलगायतका अर्गानिक खानाको व्यवस्था गरिएको वडाध्यक्ष धर्मबहादुर रावल बताउनुहुन्छ । ‘‘हाम्रो संस्कृति जोगाउन र पर्यटन प्रवद्र्धन गर्न यहाँका रमणीय ठाउँहरुको अवलोकन गराउने गरेका छौँ’’ उहाँले भन्नुभयो । यस वडामा रहेका अन्य रमणीय ठाउँ र झरनाहरु हेर्न लायक छन् । अहिले बेडुगाउँमा भ्यु टावर समेत बनेको छ ।

    वडा नं २ मा रहेको डुङ्गेल मन्दिरमा पुजा गर्दा सन्तान नहुनेको सन्तान हुने धार्मिक विश्वास छ । यस मन्दिरमा शुक्रबार र शनिबार भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरको दर्शन गरेमा सवारी दुर्घटना हुँदैन भन्ने धार्मिक मान्यताका कारण कर्णाली राजमार्ग हुँदै जुम्ला कालीकोट जाने यात्रुहरुले यहाँ दर्शन र पूजापाठ गर्दछन् । सामाजिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण वडाको प्रचारप्रसारमा ध्यान दिइएको वडाध्यक्ष शेरबहादुर रावल बताउनुहुन्छ । कर्णाली नदीको कलकल आवाजले धेरैलाई लोभ्याउने गर्दछ । त्यहाँ पाइने माछाको स्वादसँगै कर्णालीमा जलयात्रा गर्दाको मज्जा बयान गरेर साध्य छैन् । यस वडामा रहेको झरना पनि हेर्नलायक छ ।पाँच भाइ पाण्डपहरुले निर्माण गरेका पञ्चदेवल, मुग्राहरु र ढुङ्गे धाराहरु वडा नं ३ मा रहेका छन् । विभिन्न चित्रहरु अंकित यी पञ्चदेवलहरुको अवलोकन गर्दा पुरानो सभ्यताको याद आउने गर्दछ । त्यसैगरी यहाँबाट कर्णाली र डुङ्गेश्वरको फाँटलाई अवलोकन गर्न सकिन्छ भने विभिन्न रमणीय ठाउँहरु यस क्षेत्रमा रहेका छन् । वडाध्यक्ष काशी शर्माका अनुसार यस क्षेत्रमा तामा खानी रहेको विश्वास गरिन्छ ।

    गाउँपालिकाको मुटुमा रहेको वडा नं ४ को रतिखोलामा परापूर्वकालमा रातो गाई खोलाले बगाएको किम्बदन्ती छ । त्यो गाईको अवशेष अहिले पनि देख्न पाइने बुढापाकाहरु बताउँछन् । यस वडाको गुराँसे लेकबाट धेरै हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ भने बसन्त ऋतुमा लालीगुराँसको फुलेको देख्दा मन आनन्दित हुने गर्दछ । गर्मीयाममा शीतलताको आनन्द लिन र लालीगुराँसको सुगन्धमा रमाउन सुर्खेत, नेपालगञ्जबाट धेरै मानिस यस क्षेत्रमा आउने गर्दछन् । वडाध्यक्ष खड्गबहादुर शाहीले यो ठाउँ भएर नै रारालगायतका उच्च स्थानमा जाने भएकाले पर्यटकहरुलाई आकर्षित गर्न प्रदेश सरकार र गाउँपालिकाको पहलमा दृश्यावलोकन स्तम्भ९भ्यु टावर० निर्माण गरिएको जबताउनुभयो । भ्यु टावरबाट विभिन्न हिमालहरुका दृश्यसँगै सँगै तिब्बतका केही भाग र भारतको लखनउसम्म अवलोकन गर्न सकिन्छ । पर्यटकीय क्षेत्रमात्र नभएर तरकारीको लागि पनि यो क्षेत्र उपयुक्त छ । यहाँ खाना बस्नको लागि होटेल र लजहरुको राम्रो व्यवस्था छ ।

    गाउँपालिकाको सबैभन्दा धेरै जनसंख्या रहेको वडा नं ५ पनि पर्यटकीय हिसाबले धेरै अगाडि रहेको छ । यो वडाको जन्ती बस्ने गुफालाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा लिन सकिन्छ । यहाँ परापूर्व कालमा बिबाहमा गएको एक हुल जन्ती बसेको र सबैको त्यही स्थानमा मृत्यु भएको त्यहाँका बुढापाकाहरुको कथन छ । अहिले पनि अवशेषको रुपमा त्यहाँ जन्ती, बेहुलाबेहुली र उनीहरुले बोकेका सामानहरुको चित्रहरु प्रष्ट देख्न सकिन्छ । यससँगै मालिकादेबीको मन्दिरलाई पनि पर्यटकीय क्षेत्रको रुपमा लिने गरिएको वडाध्यक्ष भूपेन्द्र चन्द बताउनु्हुन्छ । जनै पूर्णिमाको दिनमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । यस मन्दिरमा पूजा गर्दा सबै रोग निको हुने धार्मिक विश्वास छ ।

    वडा नं ६ कुन्तडा, लामातडाका फाँटहरु निकै आकर्षक देखिन्छन् । यस वडाको सबैभन्दा हेर्न लायक ठाउँ भनेको भिउचुला नै हो । भिउचुलाको माथी लिलेकोट डाँडाबाट धेरै रमणीय ठाउँहरु देख्न सकिन्छ । धाउखानी गुफाको संरक्षण भइरहेको छ । यो गुफाभित्र ७० मिटरसम्म बाटो छ । वडा नं ७ को लात्तेको छहरा पनि पर्यटकको आकर्षण बन्न सक्दछ । समुन्द्री सतहदेखि करिब २७ सय मिटर उचाइमा रहेको यस छहरा दुई सय मिटर लामो रहेको छ । बैशाखसम्म हिउँ पर्ने बुँरास लेक र तलतिर टोटनाउला पाटनहरुमा विभिन्न जडीबुटी पाइन्छ । यहाँ अहिलेसम्म छ वटा गुफा फेला परेको छन् । ती गुफाहरु पनि संरक्षणका लागि प्रदेश र स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने वडाध्यक्ष नन्दबहादुर विसी बताउहनुहुन्छ ।वडा नं ८ का पोखराचौर, घ्युपोखरी, लगायतका ठाउँहरु रमणीय हुन् । पाखापानी नजिकै पर्यटन पार्क निर्माण भएको छ भने धरमपोखरामा रहेको शिव मन्दिरको दर्शन गर्दा पापहरु नष्ट हुने विश्वासले गर्दा धेरै मानिसहरु यहाँ आउने गर्दछन् ।

    के छ गाउँपालिकाको योजना ?

    गाउँपालिकाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनको लागि गाउँपालिकबाट विभिन्न योजनाहरु बनाइको उपाध्यक्ष शिवाकुमारी खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘“पर्यटकीय क्षेत्रहरुको संरक्षण र प्रचारप्रसार गरी पर्यटक आगमन बढाउन पर्यटन सुचना केन्द्र, पर्यटन सङ्ग्रहालय, रैथाने बालीहरुको संरक्षण गर्ने गरी नीति लिएका छौँ ।” यो पालिकाले राउटेलाई परिचय पत्र दिएर आफ्ना नागरिक बनाएको छ । राउटे लगायतका जातिहरुको संस्कृतिलाई संरक्षण गरेर पर्यटन आकर्षण गरिने उहाँको भनाइ छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution