• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको विकासका एजेण्डा बोकेर जिल्लाको टोली काठमाण्डौं

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ १८, बिहिबार (२ साल अघि)
    422163317_926447012372775_6066844334839079187_n-1536x999

    Advertisement

    नवलपुर । नवलपुरकाे विभिन्न विकासका एजेण्डा बोकेर जिल्लाको टोली काठमाण्डौं पुगेको छ । नवलपुरको विकास निर्माणका योजना सहितका विषियमा ध्यानाकर्षणका लागि टोली काठमाण्डौं पुगेको हो । जिल्ला समन्वय समिति नवलपुरको संयोजनमा जनप्रतिनिधि सहितको टोली काठमाण्डौं पुगेको जिसस नवलपुर प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो । टोलीले बुधबार राष्ट्रपति समक्ष विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । साथै योजना आयोगमा ज्ञापन पत्र पेश गरिएको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।

    नमूना सदरमुकाम निर्माण कार्यका लागि आवश्यक वजेट व्यवस्था, राष्ट्रपति तराई चुरे संरक्षण विकास समिति र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको ऐन नियममा पुनर्विचार, समग्र नवलपुर जिल्लाको विकास गुरुयोजना निर्माण, त्रिवेणी-दुम्किवास सड़क निर्माण, बहुवर्षीय बजेट सुनिश्चितता, कालीगण्डकीको नदीजन्य पदार्थ उत्खनन्‌को अनुमति, धौवादी फलामखानी उत्खनन कार्य सञ्चालन, लोकाहा औद्योगिक ग्राम स्थापना, कावासोती – पोखरा ग्रामीण सडक निर्माण, वाल्मिकी आश्रमतर्फको बाटोको ट्रयाक प्रक्रिया फुकुवाका साथै नयाँ जिल्लाको परिचय र पहिचान बनिसकेकाले संविधानमै नवलपुरका नाममा जिल्ला सुचिकृत लगायतका विषयलाई समेटेर ज्ञापन पत्र पेश गरिएको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो 

    केन्द्र नवलपुरको विषयमा जानकार नभएको हो कि भन्ने भएर आफूँहरुले ध्यानाकर्षण गराउने काम गरेको प्रमुख विश्वकर्माले बताउनुभयो । नयाँ जिल्लाको रुपमा विकास हुँदै गरेको नवलपुरलाई अन्य जिल्ला सरह मात्रै हेर्ने हो भने  विकासमा सधैं नवलपुर पछि परिरहने हुँदा केन्द्रले नयाँ जिल्लालाई विशेष रुपमा लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । यिनै विषयमा ध्यानाकर्षणका लागि टोली काठमाण्डौं आएको उहाँले बताउनुभयो । ‘ हुर्किएको विरुवालाई सामान्य मलजल गरे हुन्छ, धेरै मिहिनेत चाहिँदैन, भरखरको विरुवालाई त धेरैनै रेखदेख गर्नुपर्छ हुर्काउन , नवलपुर भरखर जन्मिएको जिल्ला हो , राज्यले यहाँ विशेष लगानी गर्नुपर्छ, अन्य स्थापित जिल्ला जस्तो गरेर त भएन, यहि बुझाउन हामी आएका हौं’ जिसस प्रमुख विश्वकर्माले भन्नुभयो ।

    नवलपुरबाट काठमाण्डौ पुगेको टोलीले  राष्ट्र‌पति  रामचन्द्र पौडेलदेखि  अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल, राष्ट्रि‌य योजना आयोग समेत पुगेर जिल्लाको  विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै सम्बोधनका लागि अनुरोध गरेको हो ।

    गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसी , प्रदेश सांसदद्वय रोशन वहादुर गाहा, दमयन्ती रुचाल, जिसस प्रमुख बाबुराम विश्वकर्मा, नवलपुरस्थित पालिका प्रमुखहरू कावासोतीका विष्णु प्रसाद भुसाल, मध्यविन्दुका भिमलाल अधिकारी, गैंडाकोटका मदनभक्त अधिकारी, विनयी त्रिवेणीका घनश्याम गिरी, जिसस नवलपुरका उपप्रमुख शकुन्तला लम्साल, नेपाली काँग्रेस महासमिति सदस्य एवं संगठन विभाग नवलपुर प्रमुख कपिलदेव भुसाल,एमालेका युवा नेता मदन गिरी लगायत टोलीमा सहभागि रहेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%२%२%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution