• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वाल्मीकि आश्रम जाने झोलुङ्गे पुल सञ्चालन गर्न एमालेको माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ २१, आईतबार (२ साल अघि)
    423422483_233944929800004_6979629549512905193_n

    Advertisement

    वाल्मीकि आश्रम । नेपालको ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रमलाई नेपालकै बाटोसँग जाड्नेगरी निर्माण भएको झोलुङ्गे पुल तत्काल सञ्चालन गर्न माग गरिएको छ । निर्माण सम्पन्न भएको लामोसमय बितिसक्दासमेत पुल सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) माडी नगर कमिटीले पुल सञ्चालन गर्न सरकारसँग माग गरेको हो । वाल्मीकि आश्रममा बसेको नेकपा एमाले माडी नगर कमिटीको विस्तारित बैठकले झोलुङ्गे पुल तत्काल सञ्चालन गर्नुपर्ने, चितवनको भूमिमा चितवनबाटै जान मिल्ने गरी सडक निर्माण गनुपर्नेलगायतका विभिन्न निर्णयहरु गरेको नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारीले बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी–६ स्थित त्रिवेणीधाममा नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा नआउँदा सडक मार्ग भएर वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने अथवा नारायणी नदीमाथि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । “नारायणी नदीमाथि झोलुङ्गे पुल बने पनि झोलुङ्गे पुलबाट आश्रम पुग्ने सडक निर्माण भएको छैन” उहाँले भन्नुभयो, ‘तत्काल त्यो सडक निर्माण गरेर झोलुङ्गे पुलबाट आश्रम पुग्ने अवस्था सृजना गनुपर्ने लगायतका विभिन्न मागहरु गरिएको छ ।”

    वाल्मीकि आश्रम सहित नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय नजर परेर सीमा अतिक्रमण भएकाले नेपाली भूमि रक्षा गर्नुपर्ने, वाल्मीकि आश्रम रहेको क्षेत्रको १२ बिघा जमिन चितवन राष्ट्रिय निकुञ्जभन्दा बाहिर पारिएकाले त्यो जमिनको सीमाङ्कन गर्दै आश्रमको विकास गनुपर्ने, लुम्बिनीबाट त्रिवेणी–वाल्मीकि आश्रम हुँदै माडीको गोद्दक पुग्नेगरी महत्वपूर्ण धार्मिक पर्यटकीय मार्ग निर्माण गर्नुपर्ने, वाल्मीकि आश्रममा माडी नगरपालिकाको उपस्थिति हुनुपर्नेलगायतका मागहरु गरिएको उहाँले बताउनुभयो । नेकपा एमाले माडी नगर कमिटीका सचिव श्रीप्रसाद दवाडीले एमालेले उठाएको एजेण्डामाथि अन्य राजनीतिक दलसँग सहकार्य गरी साझा मुद्दा बनाएर सरकारलाई दबाब दिइने बताउनुभयो । “वाल्मीकि आश्रममा रहेका केही घरपरिवार तथा आश्रमको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवस्था दयनीय छ” उहाँले भन्नुभयो, “सुरक्षाकर्मीका लागि संरचना र यहाँ आवश्यक पर्ने पूर्वाधार निर्माणमासमेत हामीले सरकारको ध्यानाकर्षण गराउनेछौँ ।” यो मुद्दा जनजीविकासँग जोडिएकाले अन्य राजनीतिक दलको समेत सहमति लिएर अघि बढ्ने तयारी गरिएको दवाडीको भनाइ छ ।

    बैठकमा सहभागी माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्जको कानुनी बाधाका कारण वाल्मीकि आश्रमलाई सडक मार्गसँग जोड्न नसकिएको बताउनुभयो । “नवलपुर र वाल्मीकि आश्रम जोड्नका लागि पुल सञ्चालनमा आए पनि पुलबाट आश्रम पुग्नेगरी सडक निर्माणमा निकुञ्जको अवरोध छ” उहाँले भन्नुभयो, “यस विषयमा सङ्घीय सरकारले नै सहजीकरण गर्नुपर्छ ।” वाल्मीकि आश्रम भूगोलका हिसाबले माडीमा परे पनि माडीबाट यहाँ आएर काम गर्न असहज हुने भन्दै नवलपुरको विनयी त्रिवेणी गाउँपालिकासँग सहकार्य गरेर वाल्मीकि आश्रमको विकासका लागि काम गर्दै आइरहेको उहाँले बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य यमबहादुर परियारले नेपालमा गणतन्त्र आए पनि नागरिकले यसको प्रत्यक्ष महसुस गर्न नपाएको बताउनुभयो । “पञ्चायतकालीन निकुञ्ज ऐनका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले दुःख पाउँदै आएका छन्” उहाँले भन्नुभयो, “यो ऐन समय सापेक्ष हुनेगरी संशोधन गर्नुपर्छ ।” वन र वन्यजन्तुको संरक्षणका कुरा गर्दा मानिसको आधारभूत मानवअधिकार समेत उल्लङ्घन भइरहेको भन्दै यसतर्फ राज्यले विशेष ध्यान दिएर लाग्नुपर्ने परियारको भनाइ छ । धार्मिक ग्रन्थअनुसार त्रेता युगमा सीता माताले लवकुशलाई जन्म दिएको, लवकुशले महर्षि वाल्मीकिसँग शिक्षादीक्षा लिएको, वाल्मीकिसहित ८५ हजार ऋषिले हवन गरेको, लवकुशले भगवान श्रीरामको अश्वमेध यज्ञमा छोडिएको घोडा समातेर बाँधेको तथा महर्षि वाल्मीकिले रामायण लेखेको पवित्र भूमिक यही स्थानमा पर्दछ । चितवनको माडीमा पर्ने यो भूमिमा पुग्नका लागि गण्डकी प्रदेशको नवलपुर, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी हुँदै पुनः नवलपुरको त्रिवेणी पुगेर जानुपर्ने अवस्था छ । झोलुङ्गे पुल सञ्चालनमा नआउँदा अहिले आश्रममा जानेका लागि नारायणी नदीमा त्रिवेणीघाटबाट डुङ्गा तर्नुपर्ने अथवा गण्डक ब्यारेज हुँदै भारतको वाल्मीकि टाइगर रिजर्बको बाटो भएर जानुपर्ने अवस्था छ । त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालन भएमा त्रिवेणीधामबाट करिब ४० मिनेटको पैदल यात्रापछि आश्रममा पुग्ने सकिने स्थानीय बताउँछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution