• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा सामुदायिक विद्यालयलाई दुईवटा बस हस्तान्तरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ बैशाख १०, सोमबार (१ साल अघि)
    437104440_945277077603854_4546126717516076729_n-1536x865

    Advertisement

    नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर –१, ले सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि वडा भित्र रहेका दुई विद्यालयलाई बस हस्तान्तरण गरिएको छ ।
    कावासोती नगरपालिका वडा नम्बर –१, मा रहेको जनकल्याण माध्यामिक विद्यालय र महाराजा आधारभूत विद्यालयलाई बस हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष तबारक अहमद मिया सहित वडाका सदस्यहरू ओम बहादुर थापा, पूर्ण बहादुर चितौरे मगर, रेखा कुमारी सुनार, सिमा रकिम कानुन मगरले सयुक्त रुपमा सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक सहित विद्यालय परिवारलाई बसको साँचो हस्तान्तरण गर्नु भएको थियो ।
    कावासोती नगरपालिका वडा नम्बर १ ले आफ्नो वडाको बजेटबाट पूर्ण लागतमा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो । बस हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष तबारक अहमद मियाले शिक्षाको विकासको क्षेत्रमा वडाले एक कदम अगाडि बढेको बताउनुभयो । आफू आएपछि वडाको विकास र वडाको सम्पत्ति जुटाउने क्रममा बस खरिद गरिएको साथै खानेपानीलाई थप संस्थागत गराउन कार्यालय भवन निर्माण गरेको वडा अध्यक्ष मियाले बताउनुभयो । वडामा दुई वर्षको अवधिमा विकासका धेरै खुड्किलो पार गर्न सफल भएको बताउँदै बाँकी तीन वर्षको अवधिमा समेत यसै अनुसार काम गरि सबैको साथ र सहयोगमा नमूना वडा बनाउन आफू लगायत आफ्नो टिम लागि रहने बताउनुभयो ।
    बस हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष तबारक अहमद मियाले वडा भित्रका अभिभावक आफ्ना बाबुनानी आफै विद्यालय पुर्याउन नभ्याउने र आफै जाउ भन्न भन्दा सुरक्षाका लागि अन्यत्रबाट बस आउँदा बाबुनानी बसमा चढाएर पठाउने गरेको भन्ने कुरा आएपछि वडाका विद्यालयलाई मजबुत बनाउँदै थप गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउनुपर्छ भनेर बस खरिद गरिएको उहाँले बताउनुभयो । आगामी वर्ष वडाको स्वास्थ्य चौकीलाई आफ्नै सुविधा सम्पन्न एम्बुलेन्स रहने गरि खरिद गरि हस्तान्तरण गर्ने वडा अध्यक्ष मियाले बताउनुभयो । वडा भित्र निशुल्क शिक्षाका लागि समेत गृहकार्य गरिरहेको उहाँले बताउनुभयो । आगामी वर्ष तीन कक्षा वा पाँच कक्षा जतिसम्म सकिन्छ त्यतिलाई निशुल्क शिक्षा प्रदान गर्ने गरि गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
    वडामा शिक्षा ,स्वास्थ्य ,खानेपानी ,पूर्वाधार सबै क्षेत्रको विकासमा आफूहरू लागेको वडा अध्यक्ष मियाले बताउनुभयो । हालै वडामा १३ करोड बढी बजेटको काम हुँदै गरेको उहाँले बताउनुभयो ।शुद्ध खानेपानी चौबीसै घण्टा वितरण गर्ने गरि खानेपानीको सहकार्यमा करिब ५ करोडको काम अघि बढाउन लागेको उहाँले बताउनुभयो । भूमिहीन सुकुम्बासी, भूमिहीन दलितलाई पुर्जा दिने चरणमा समेत काम अघि बढिरहेको अध्यक्ष मियाले बताउनुभयो ।
    बस हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य ओम बहादुर थापाले कावासोती एकका लागि शिक्षाको विकासमा यो कदम ऐतिहासिक बन्ने बताउनुभयो । यो कार्य सफल पार्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । विकास र प्रगतिको मूल आधार शिक्षा भएको र उक्त क्षेत्रको विकासलाई दुई विद्यालयमा बस हस्तान्तरणको कार्य गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको बनाउनुभयो ।
    वडा सदस्य पूर्ण बहादुर चितौरे मगरे वडा नम्बर एकको विकास थप अघि बढेको बताउनुभयो ।वडाको विकासमा वडा अध्यक्षको धेरै लगाव रहेको बताउँदै आफू जनताको विकासको पक्षमा काम गर्न दिल देखिनै साथ दिएर लागि रहने बताउनुभयो ।
    जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज गिरीले वडा नम्बर एकले महत्वपूर्ण काम गरेको बताउँदै धन्यवाद दिनुभयो । आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थीलाई सहजताका लागि गरेको कामका लागि विद्यालय परिवारबाट उहाँले धन्यवाद दिनुभयो । कुनै पनि ठाउँ र क्षेत्रको विकासका लागि शिक्षा महत्वपूर्ण रहेको बताउँदै प्रधानाध्यापक गिरीले भौतिक र पूर्वाधार विकाससँगै शिक्षाको विकासमा वडा परिवारले पुर्याएको योगदान कदरयोग्य भएको बताउनुभयो ।
    महाराजा आधारभूत विद्यालयका प्रधानाध्यापक विमला श्रेष्ठले वडा परिवारले शैक्षिक विकास गर्यो भने समाजको विकास हुन्छ भनेर सामुदायिक विद्यालयमा बस हस्तान्तरण गरेकोमा सबैलाई धन्यवाद दिनुभयो ।
    वडा कार्यालयले ५४ लाख ८१ हजारको लागतमा दुईवटा बस खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेको वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो । बस हस्तान्तरण कार्यक्रममा वडाले शिक्षाको क्षेत्रमा गरेको सहयोगको कदर गर्दै जनकल्याण माध्यामिक विद्यालय र महाराजा आधारभूत विद्यालयले वडा कार्यालय, वडा अध्यक्ष , सदस्य लगायत वडा परिवारलाई खादा लगाएर प्रशंसा पत्र सहित सम्मान समेत गरेका थिए । बस हस्तान्तर कार्यक्रमको वडा सचिव अम्बिका पंगेनीले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा भित्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution