• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १३, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

३

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

४

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

५

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

६

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

७

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

८

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

९

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

१०

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

११

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

१२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    थाली नाच संरक्षणमा महिला

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ १६, आईतबार (१ साल अघि)
    thali-dance

    Advertisement

    म्याग्दी (दरबाङ)  । लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला । जिल्लाको रघु गङ्गा गाउँपालिका–७,स्थित चिम खोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले पाँच दशक अघि सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । पाका पुस्तामा सीमित लोकप्रिय थाली नाच युवा पुस्तामा हस्तान्तरण हुँदै छ ।  सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्य ज्येष्ठ नागरिकमा रहेको ज्ञान ,सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत ९ गतेदेखि सदरमुकाम बेनीमा सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो । आकर्षक तर सावधानीपूर्वक नाचिने थाली नृत्यको मौलिकता पुस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको हो ।

    रेकर्डिङ गीतमा थाली नाच सम्बन्धी सिप सिकाइएको छ । म्याग्दीकै पहिचान बनेको लोकप्रिय थाली नाचको मौलिकता संरक्षण र संवर्धन गर्दै युवा पुस्तामा हस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर ‘लोकेश’को भनाइ छ । थाली नाच सबैले नाच्ने गरिए पनि यसको मौलिकता हराउँदै गएको उहाँले बताउनुभयो ।

    थाली नाच मगर समुदायको मात्र नभई पछिल्लो समय साझा भएको मगर सङ्घ म्याग्दीकी सल्लाहकार डक माया पाइजाले बताउनुभयो । ‘‘म्याग्दीको पहिचान बनेको थाली नाच मौलिक लोकनृत्य हो । यसको संरक्षण र संवर्धनमा सबै जुट्नुपर्छ ,’’मगर सङ्घ म्याग्दीकी निवर्तमान अध्यक्ष समेत रहनुभएकी पाइजाले भन्नुभयो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाच’ नामकरण गरिएको हो ।

    म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलन लगायत हरेक कार्यक्रममा समेत थाली नाच देखाउने गरिएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर नाचिने थाली नृत्यलाई म्याग्दीलीहरुले देशभित्र मात्र नभई विदेशमा पनि पुर्याएका छन् । थाली नाच कलाकार खिमा पुर्जाले ३२ जना जना प्रशिक्षार्थीहरूलाई थाली नाच बारे सिप सिकाउनुभएको थियो । तालिम लिएपछि थाली नाचको इतिहास र मौलिकताका जानकारी हासिल सँगै नाच्ने सिप सिकेको प्रशिक्षार्थीहरू टिका पुर्जा र मधु रोकाले बताउनुभयो ।

    बि.सं. २०२८ सालमा चिम खोलाकी हिरामायाले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । बि.सं.२०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थाली नाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो ।  हिरामाया र धनकुमारी थापासहितको ४ जनाको टोलीले बि.सं. २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गर्नुभएको थियो । मगर सङ्घले जेठ १३ देखि २८ गतेसम्म मगर भाषा प्रशिक्षण सञ्चालन गरेको थियो । भने यसअघि लोकसेवा आयोगको तयारी कक्षा समेत सञ्चालन गरेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै


  • Advertisement

    समाचार
  • १

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • २

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ३

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ४

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ५

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ६

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ७

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ८

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ९

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • १०

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution