• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ–बुटवल सडकखण्डको विजोग, ठेकेदार खोज्न आयोजना प्रमुख चीनमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र १०, सोमबार (१ साल अघि)
    sadak

    Advertisement

    नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नै केही समयअघि दिएका थिए । उनले उक्त खण्ड विस्तारको जिम्मा पाएका चिनियाँ कम्पनीका आधिकारिक व्यक्ति को हुन् भनेर खोज्न आयोजना प्रमुखलाई चीन पठाउनु परेको बताए । आयोजनाको प्रमुख चीनमा गएर सडक विस्तारको काम छिटो सक्न आग्रह गरेर नेपाल फर्किसकेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ, समयमा काम नसकिँदा गत साउन १० गते अन्तिम पटक भन्दै चिनियाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थपिएको थियो । त्यसपछि सडक विस्तारको कामले तीव्रता पाउनुपर्नेमा आकस्मिक रूपमा बन्द भएको सडक मर्मत गर्नुबाहेक अर्को विकल्प छैन । चिनियाँ ठेकेदार कम्पनीले आयोजनाका केही कामदार राखेर बाँकी सबैलाई चीन पठाएको छ ।

    सडक विभागका अनुसार ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिले सरकारसँग थप रकम माग्दै सडक विस्तारको काम ठप्प पारेको हो । विभिन्न कारणले सडक विस्तार गर्दा घाटा बेहोर्नुपरेको भन्दै ठेकेदार कम्पनीले सरकारसँग थप दुई अर्ब रुपियाँ मागेको सडक विभागका आयोजना निर्देशक चूडाराज ढकालले जानकारी दिए ।

    “आयोजनाले घाटा परेको भन्दै थप रकम मागिरहेको छ तर सरकारले गर्दा घाटा भएको होइन । त्यसैले रकम थप्ने कुरा आउँदैन,” निर्देशक ढकालले भने, “हामीले तत्काल काममा फर्कन भनेका छौँ तर म्याद थपिएपछि नै ठेकेदारको सडकमा उपस्थित छैन ।’’ कम्पनीले सडक विस्तार गर्दा करिब सात अर्ब रुपियाँ घाटा लागेको दाबी गरेको छ । यसअघि सडक आयोजना पूर्वी खण्डका प्रमुख आशीष थापाले वर्षाको समय भन्दै कात्तिक १५ देखि मात्र काम सुरु गर्ने प्रस्ताव गरेको बताएका थिए तर काम नगर्नुको रहस्य भने अर्कै रहेको प्रस्ट भएको छ ।

    सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा सडक विस्तार भइरहेको हो । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी हो । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

    २०७९ को साउन २२ मा बाटो विस्तारको काम सम्पन्न गर्ने गरी २०७५ माघ २४ गते सम्झौता भएको थियो तर झन्डै छ वर्षमा ५२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution