• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अब कावासोतीका वडाहरू मर्ज गर्न छलफल हुन्छ : नगर प्रमुख भुसाल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ पौष १०, बुधबार (८ महिना अघि)
    471600339_1025057189641765_3952799536667492868_n

    Advertisement

    ज्ञानु पंगेनी ,कावासोती ।  कावासोती नगरपालिकाका वडाहरू समायोजन ( मर्ज) हुन सक्ने नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभएको छ । मंगलबार कावासोती ६ विष्णु नगरमा कावासोती नगरपालिकाको सेवा प्रवाह तथा बजेट कार्यक्रमका बारेमा सुसूचित गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले कावासोतीका वडा पनि समायोजन ( मर्ज ) हुन सक्ने सङ्केत गर्नुभएको हो । छिमेकमा रहेका वडाहरू समायोजन गर्न पहल सुरु भइसकेको सन्दर्भमा कावासोतीमा समेत वडा समायोजन गर्नका लागि राजनैतिक दलहरूसँग छलफल गर्ने तयारी रहेको नगर प्रमुख भुसालले बताउनुभयो ।
    ‘कावासोतीका कतिपय वडा निकै ठुलो र कुनै वडा साना छन् । अब ठुलो वडाहरू कुनै पनि हालतमा सकरले विभाजन नगर्ने भएको हुँदा अब साना वडाहरू समायोजन गर्नतर्फ लाग्नुपर्ने छ । अब हामी हिउँदे सभापछि राजनैतिक दलसँग छलफल गर्ने तयारी गरेका छौँ । कावासोतीका करिब पाँच वटा वडा घट्न सक्छ ।’ नगर प्रमुख भुसालले भन्नुभयो ।

    कार्यक्रममा कावासोती नगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्म गरेका कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले सङ्घीय सरकारबाट प्राप्त ६६ करोड ३३ लाखमध्ये १९ करोड ४० लाख रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो । उहाँले करिब २९ प्रतिशत रकम खर्च भएको जानकारी गराउनुभयो । प्रदेश सरकारबाट प्राप्त ३२ प्रतिशत खर्च भएको जानकारी गराउनुभएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रस्तुतीकरण गरेपछि कार्यक्रममा सहभागी पालिकावासीले आआफ्नो प्रश्न , सुझाव तथा जिज्ञासा राखेका थिए । पालिकावासीले कावासोती नगरपालिकाबाट कर्मचारी छनौट देखी स्वास्थ्य चौकी सञ्चालन , सहकारीको अनुगमन , युवाको क्षेत्र , खेल क्षेत्र , कृषि क्षेत्रमा बजेटको कमी , कावासोतीको बसपार्क निर्माण किन बनेन ? वालुवा डाँडा भ्यु टावर किन सञ्चालनमा आउन सकेन ? , मदन भण्डारी स्मृति संस्थालाई दिएको बजेट पार्टी कार्यालयलाई दिएको हो की के हो ? लगायतका बारेमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।

    पालिकावासीले राखेका प्रश्न , जिज्ञासाको कावासोती नगर प्रमुख विष्णु प्रसाद भुसाल , प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल , खेलकुद शाखा संयोजक तथा कावासोती १२ का अध्यक्ष ध्रुव खनाल ( दिपेश ) र सामाजिक शाखा संयोजक तथा कावासोती १७ का अध्यक्ष चूडामणि थनेतले जवाफ दिनुभएको थियो ।

    यसै गरी नगर प्रमुख भुसालले समेत पालिकाले पार्टी कार्यालयलाई बजेट दिएको नभई मदन भण्डारी स्मृत संस्थालाई दिएको प्रस्ट पार्दै आफ्नै कार्यकालमा बिपी स्मृत भवनमा समेत नगरपालिकाले बजेट दिएको जानकारी गराउनुभयो । उहाँले यस अघिका जनप्रतिनिधि समितिले समेत विभिन्न समयमा बिपी स्मृति भवनका लागि बजेट छुट्टाएको बताउँदै पार्टी कार्यालयका लागि बजेट नदिएको प्रस्ट पार्नुभएको थियो ।

    उहाँले वडाहरूमा रहेका कतिपय आधारभूत स्वास्थ्य चौकीमा सेवाग्राही नै नपुग्ने अवस्था रहेको हुँदा त्यसलाई सञ्चालन पनि कसरी गर्ने भन्ने अन्यौलता रहेको बताउनुभयो । एक वडा एक स्वास्थ्य चौकी भनेर सरकारले घोषणा गरे पनि ठुलो अस्पताल र मेडिकल भएको नजिकैको दुरीमा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नै नपुग्ने अवस्था रहेको उहाँले जिकिर गर्नुभयो । यस्तै भ्यु टावर सञ्चालनमा आउन नसकेको सन्दर्भमा , भ्यु टावर सञ्चालन गर्न वडा नम्बर एकले पहल गर्न जिम्मेवारी दिएको बताउनुभयो । भने बसपार्क वनको जग्गाको केही विवाद भएका कारण बजेट आउन नसक्दा निर्माण सुरु हुन नसकेको बताउनुभयो ।
    कार्यक्रममा कावासोती नगर उपप्रमुख फूल कुमारी थनेतले धन्यवाद मन्तव्य राख्दै नगरपालिकाको बजेट कार्यक्रमका सन्दर्भमा आएका सुझाव तथा जिज्ञासाहरूलाई आत्मसाथ गर्दै आफूहरूले आगामी बजेट कार्यक्रमलाई कार्यान्वयन गर्ने बताउनुभयो ।
    कावासोती नगरपालिकाको आयोजना तथा टिबी मिडिया प्राविको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षता रहेको थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष याम बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने तीर्थराज डुम्रेले सहजीकरण गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution