• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ माघ ७, सोमबार (१ साल अघि)
    sikshya-gosthi-chitwan-mahotsav-7-1068x712

    Advertisement

    चितवन । चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानी : वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ । उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ । वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको कुरामा गोष्ठी बढी केन्द्रीत बन्यो । गोष्ठीमा सहभागी शिक्षाविदहरुले कलेजभन्दा कन्सल्टेन्सीको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । गोष्ठीमा विभिन्न क्षेत्रका शिक्षा विद, विद्यालय र क्याम्पसका शिक्षक तथा प्राध्यापक, विद्यार्थी नेता र उद्योग वाणिज्य संघका नेतृत्वहरुको सहभागीता रहेको थियो । गोष्ठीमा प्रुमख अतिथिका रुपमा शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको उपस्थिति रहेको थियो ।

    गोष्ठीमा सहभागी वक्ताहरुले चितवनको शिक्षामा नीजि लगानी बढ्दै गएको बताएका छन् । चितवनमा कृषि, पर्यटन, आइटी, हस्पिटालिटी, मेडिकल शिक्षा लगायतको क्षेत्रमा प्रचुर अवसर रहेको कुरा सहभागीहरुले बताएका छन् । विविध क्षेत्रमा अवसर भए पनि विद्यार्थीको बढ्दो वैदेशिक पलायन नै अहिलेको प्रमुख चुनौती बनेको गोष्ठीमा सहभागीहरुले बताए । पछिल्लो समय ब्याचलर तहमा विद्यार्थी पाउन गाह्रो, अस्वस्थ प्रतिस्पर्धा, दक्ष शिक्षक पाउन मुस्किल, शिक्षा प्रणालीमा समस्या लगायतका विविध समस्याहरु रहेको वक्ताहरुले औंल्याएका छन् ।

    त्यसैगरी सरकारले ८ कक्षासम्म निःशुल्क शिक्षा भनेकाले विद्यालय तहमा नीजि लगानी चुनौतीपूर्ण हुँदै जानेतर्फ पनि शिक्षा विदहरुले सुझाव दिएका छन् । शिक्षामा नीजि लगानी आवश्यक रहेको भए पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा आलोचना खेपिरहनु परेको सहभागीहरुले बताएका छन् ।

    विदेशी विद्यार्थी ल्याउने अवसर समेत नेपालमा रहेको कुरामा जोड दिँदै सहभागीहरुले कस्तो शिक्षामा लगानी गरियो भने यहाँ विद्यार्थी टिकाउन सकिन्छ र बाहिरबाट समेत विद्यार्थी ल्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव राखे । चीन र भारतका विद्यार्थीलाई कसरी नेपालमा ल्याएर पढाउन सकिन्छ भन्नेतर्फ सोचेर लगानी गर्नुपर्ने कुरा समेत गोष्ठीमा उठेको छ ।

    विद्यालयहरु यो धनिले पढ्ने र यो गरिबले पढ्ने भनि जुन भाष्य समाजमा निर्माण भएको छ यसलाई हटाउन आवश्यक रहेको कुरा समेत गोष्ठीमा उठेको छ ।

    शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले शिक्षा सेवामुलक हुनुपर्नेमा जोड दिँदै नीजि क्षेत्रले लगानी गरेका छौं भन्दैमा धेरै नाफामुलक बनाउन नहुने बताए ।

    पहिला गाउँबाट शहर पढ्न आउने प्रवृत्ति रहेको सम्झँदै उनले अहिले शहरबाट विदेश पढ्न जाने लहर बढेको बताए । यो समस्या हो तर यो कसरी आयो भन्ने कुरामा हामीले विचार गर्नुपर्ने बताए । मेरो बच्चा विदेश पढ्नुपर्छ भन्ने सामाजिक मनोविज्ञानले गर्दा विदेश जाने लहर झन् बढ्दै गएको उनको तर्क थियो ।

    लामो समयसम्म विदेश जाने क्रम नरहने बताउँदै उनले यो एउटा बिन्दुमा पुगेर क्रमशः घट्दै जाने भएकाले निराश नहुन सहभागीहरुलाई आग्रह गरे । सँधै वैदेशिक शिक्षा नै प्रमुख रोजाइ नहुने निश्चित रहेको बताउँदै उनले गोष्ठीमा उठेका विविध विषयलाई सरकारले गम्भीररुपमा लिएर अघि बढ्ने बताएका छन् ।

    गोष्ठी कार्यक्रमका संयोजक एवम् चितवन महोत्सव शिक्षा समिति संयोजक शंकर अधिकारीले गोष्ठीमा उठेका विषयहरुलाई उद्योग वाणिज्य संघ (उवासंघ) चितवनले सम्बन्धित निकायहरुमा पुर्याउने बताउँदै चितवनको शिक्षा क्षेत्रको विकासमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution