• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ बैशाख ४, बिहिबार (९ महिना अघि)
    Gandaki-Cabinet-building

    Advertisement

    पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ३५ दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको थियो । यो बजेट खर्च गर्ने समय अब ३ महिनामात्र बाँकी छ । अहिलेसम्म ११ अर्ब ७० करोड ६३ लाख ८१ हजार ८ सय १९ रुपैयाँ निकासा गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय पोखराका प्रदेश लेखा नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए । कार्यालको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा यो अवधिमा ३१ दशमलव २८ प्रतिशत बजेट खर्च भएको थियो ।

    चालु वर्षमा गत वर्षभन्दा ४ प्रतिशत बढी खर्च भएको छ । सरकाको हरेक वर्षको बजेटमा पँुँजीगतभन्दा चालु खर्च बढी भएको देखिन्छ । यो वर्षको ९ महिनामा पुँजीगत बजेटतर्फ ३४ दशमलव ८१ प्रतिशत खर्च गरेको गरेको सरकारले चालुतर्फ ३७ दशमलव ३२ प्रतिशत खर्च गरिसकेको छ । गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित ९ मन्त्रालय छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि १ अर्ब २ करोड विनियोजन गरिएको छ । जसमा २८ करोड १२ लाख रुपैयाँमात्र खर्च गरेको छ  । यो २७.४१ प्रतिशत हो । आर्थिक मामिला मन्त्रालयले चैत मसान्तसम्म २४.३३ प्रतिशत खर्च गरेको छ ।

    उद्योग तथा पर्यटन मन्त्रालयले अहिलेसम्म १९ दशमलव चार प्रतिशतमात्र खर्च गर्न सकेको छ । मन्त्रालयको बजेट ६५ करोड १० लाख ८४ हजार छ । वन तथा वातावरण मन्त्रालयको खर्च अन्य मन्त्रालयको तुलनामा राम्रो देखिएको छ । ९३ करोड ६६ लाख बजेटमध्ये मन्त्रालयले ४३ करोड ३८ लाख खर्च गरेको छ । जुन ४६ दशमलव तीन प्रतिशत हो । बजेट आएपछि उद्योग मन्त्रालयबाट वन मन्त्रालय छुट्याइएको थियो ।

    कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि यस वर्ष २ अर्ब ९ करोड बजेट छ । ९ महिनामा मन्त्रालयका लागि छुट्याइएको बजेटको ३२ दशमलव ३४ प्रतिशत अर्थात् ६७ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अहिलेसम्म ४ अर्ब ६५ करोड १७ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ ।
    मन्त्रालयले १२ अर्ब ७० करोड १६ लाख ६६ हजार बजेटमध्ये ३६ दशमलव ६२ प्रतिशत खर्च गरेको हो । भौतिक प्रदेशको सबैभन्दा बढी राजस्व संकलन गर्ने र बजेटसमेत बढी भएको मन्त्रालय हो । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेट ४ अर्ब २ करोडमध्ये १ अर्ब ९२ करोड खर्च भएको छ । प्रदेश सरकारमा सबैभन्दा बढी ४७ दशमवल ९ प्रतिशत खर्च गर्ने मन्त्रालय ऊर्जा बनेको छ ।

    प्रदेशको स्वास्थ्य मन्त्रालयले दुई अर्ब ९९ करोड ६२ लाख बजेटमध्ये ३९ प्रतिशत खर्च गरेको छ । प्रदेशको अर्काे मन्त्रालय सामाजिक विकास युवा तथा खेलकुदमा यस वर्ष दुई अर्ब ५० करोड बजेट छ । त्यसमध्ये ७९ करोड सात लाख अर्थात् ३१ दशमलव छ प्रतिशतमात्र खर्च भएको छ ।

    बजेट आएपछि मन्त्रालय टुक्रिएकाले पुरानै मन्त्रालयको कोडबाट बजेट विनियोजन भइरहेको लेखा नियन्त्रक सुवेदीले जानकारी दिए । ‘बजेट आएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट वन मन्त्रालय अनि सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्य मन्त्रालय अलग भएको हो,’ उनले भने, ‘त्यसैले ती मन्त्रालयको कोर्ड परिवर्तन भएको छैन । साविककै कोर्डमा बजेट फाछ्र्यौट भइरहेको छ ।’

    यही अनुपातमा बजेट निकास हुँदै गए यसपालि गत आर्थिक वर्षकै हाराहारीमा खर्च हुने उनको अनुमान छ । गत वर्ष ६६ प्रतिशत बजेट खर्च भएको थियो । बिनियोजन भएको बजेट निकै कम खर्च हुँदा गण्डकी प्रदेश सरकारको खर्च निराशाजनक भएको सरोकारवालाहरु बताउँछन् । यसले गर्दा असारे विकाससँगै आर्थिक वर्षको अन्त्यमा एकै दिन करोडौं रकम निकासा गर्ने परिपाटी यो वर्ष पनि दोहोरिने देखिन्छ ।

    गत वर्ष खाता बन्द हुने अन्तिम दिन २४ गते १ अर्ब १९ करोड ८८ लाख ९४ हजार बजेट निकासा भएको थियो । त्योभन्दा अघिल्लो दिन अझ बढी १ अर्ब ९१ करोड ८५ लाख २ हजार रुपैयाँ खर्च भएको थियो ।

    प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा आगामी वर्षबाट बजेट कार्यान्वयन र योजना निर्माण अझ व्यवस्थित बन्ने बताउँछन् । उनले भने, ‘यसपालि दोस्रो पञ्चवर्षीय योजना अनुरुपको बजेटका प्राथमिकता र सिद्धान्त आउँछ । नीति तथा कार्यक्रम र बजेटले पनि यो योजना कार्यान्वयन गर्ने गरी आउँछन् ।’ गण्डकीको दोस्रो पञ्च वर्षीय योजना आर्थिक वर्ष ०८१÷०८२ बाट सुरु भएको हो ।

    बजेट कम खर्च हुने परिपाटी संघमा पनि उस्तै देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिभित्र विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड बराबरमात्रै छ । पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन गरेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution