• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार (८ महिना अघि)
    EAD

    Advertisement

    महोत्तरी । इस्लाम धर्मावलम्बी  (मुस्लिम) आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाउँदैछन् । बक्रइद ९बकरिद० पनि भनिने यो पर्वले महोत्तरीका इस्लाम धर्मावलम्बी बसोबासका बस्तीमा निकै चहलपहल छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन यो पर्व मनाइन्छ । यसअनुसार नेपाली मुसलमान आज इद–उल–जोहा मनाउँदैछन् ।

    महोत्तरी इस्लाम धर्मावलम्बीको सघन बसोबास भएको जिल्ला हो । जिल्लाका १५ वटै स्थानीय तहमा धेरथोर बसोबास छ । यहाँका स्थानीयमध्ये सम्सी, जलेश्वर, लोहारपट्टी, बलवा र मटिहानी इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास भएका ठाउँ हुन् । यसैगरी बर्दिबास, रामगोपालपुर र भङ्गाहाका केही बस्ती पनि मुस्लिम बसोबास बाहुल्य छन् । यी बस्तीमा आज कुर्वानी ९बलि० का लागि खसी, राँगा जुटाइएका छन् । पर्वले मुस्लिम बसोबासका बस्तीमा रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले टाढाटाढा रहेका पनि घर फर्र्केपछि परिवारजनमा खुसी थपिएको छ ।

    बक्रइद पर्वमा कुर्वानीका लागि पशु किन्दा मुस्लिमहरू सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिन्छन् । आर्थिक अवस्थाले सम्पन्न मुस्लिमले त यस उद्देश्यका लागि लाखौँ पनि खर्चने गरेका देखिने गरेको छ । यो अल्लाह ९ईश्वर० को मन्नत ९भाकल, समर्पणका लागि० हुँदा कुर्वानीका लागि किनिने पशुमा मोलमोलाइ गरिनु ठीक नहुने पर्वको तयारीमा रहनुभएका भङ्गाहा–४ रामनगरका सहबुल अन्सारी बताउनुहुन्छ ।

    पर्वमा एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज ९प्रार्थना० गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह ९ईश्वर० लाई समर्पित गर्दै पशु कुर्वानी दिन्छन् । यसलाई कुविचार तथा अहङ्कारको कुर्वानीको प्रतिकात्मक रूपमा बुझ्न सकिने मोल्बीहरू ९इस्लाम धर्मगुरू० को भनाइ छ । इस्लाम धर्मावलम्बीले कुर्वानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् । आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ ।

    निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् । सो सपनाअनुसार भोलिपल्ट इब्राहिमले साँच्चै छोरालाई छुरी धसेर अल्लाहमा समर्पित गर्न खोज्दा छोराजस्ताको त्यस्तै रहेको र त्यहाँ एक भेडाको कुर्वानी भएको हुँदा यसै घटनालाई सम्झेर बक्रइदमा पशु कुर्वानी परम्परा चलेको इस्लाम धर्मावलम्बी बताउँछन् । यो कुर्वानी अल्लाहमा समर्पित मानिन्छ ।

    घरबाट टाढा रहेका, पर्वमा घर आउन नपाएका इस्लाम धर्मावलम्बीले आफ्नो मूलघर भएका ठाउँमा आफन्त वा मोल्वी ९धर्मगुरू० लाई कुर्वानीस्वरूप रकम पठाउने गर्छन् । बक्रइद पर्वमा गरिने नमाजमा इस्लाम धर्मावलम्बी ‘अल्लाहु अकबर–लाइलाह–इलल्लाहु बल्लाहु अकबर–अल्लाहु अकबर वलिल्लाहिद हम्द’ भन्दै अल्लाहको पुकारा गर्छन् । यसको नेपाली भाव ‘अल्लाह महान् छन्, अल्लाहका अतिरिक्त कोही पूज्य छैनन्, सबै प्रार्थना र प्रशंसा अल्लाहकै लागि हुन्’ भन्ने रहेको फारसी तथा उर्दू भाषाका जानकार सम्सी–६ का शेष इम्तियाज बताउनुहुन्छ ।

    आत्मशुद्धि, अल्लाहको पुकारा र अहङ्कारको त्याग यस पर्वका मुख्य सन्देश मानिन्छन् । केही दिन पहिलेदेखि नै हुने पर्वको तयारी ससाना नानीहरूका लागि झन् विशेष बन्छन् । नयाँ लुगा लगाउने, साथीसँग खेल्ने, एकअर्कोलाई शुभकामना आदानप्रदान गर्ने र खास परिकार खाने अवसर ससाना नानीलाई विशेष बन्ने गरेको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution