• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतबार (८ महिना अघि)
    traffic-week-7

    Advertisement

    पोखरा ।

    ‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्री ‘हामी’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशव्यापी सडक सुरक्षा तथा ट्राफिक सचेतना प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरिएको छ ।

    सवारी दुर्घटना न्यूनीकरण गरी धनजनको क्षति कम गर्ने, विभिन्न सरकारी संयन्त्र तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य प्रवद्र्धन गर्ने, यातायात व्यवस्था सम्बन्धी ऐन तथा नियमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने, सामुदायिक संघसंस्था, विद्यालय, नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश प्रहरीले ट्राफिक सचेतना सप्ताह सुरु गरेको हो ।

    गण्डकी प्रदेश सरकारको सहयोग तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडा (कास्की) को आयोजनामा विविध कार्यक्रमहरू सञ्चालन गरिने उक्त सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पानसमा दीप प्रज्वलन गरी विद्यार्थीहरूलाई हेल्मेट लगाउन सिकाउँदै गरे ।

    गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी विशेष अतिथिका रूपमा सहभागी थिए ।
    उद्घाटनकै अवसरमा प्रदेशका सबै जिल्लामा ट्राफिक सचेतनामूलक प्रभातफेरी गरिएको थियो। ‘तीव्र गति जीवन क्षति’, ‘तपाईं–हाम्रो जिम्मेवारीः सुरक्षित सवारी’ जस्ता नारा लेखिएका प्लेकार्डसहितको प्रभातफेरीमा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, क्लब तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

    कार्यक्रममा सचेतनामूलक नाटक पनि प्रस्तुत गरियो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेश प्रहरीले सञ्चालन गरेका कार्यक्रमहरूले प्रभावकारी भूमिका खेलेको र थप सफलता प्राप्त गर्न सबैको साथ आवश्यक रहेको बताए ।

    कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेललगायतले कार्यक्रम सफलताको शुभकामना दिए ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले स्वागत मन्तव्य राख्दै विश्वव्यापी, राष्ट्रिय तथा गण्डकी प्रदेशमा देखिएका सडक दुर्घटनाका तथ्यांकहरु प्रस्तुत गरे।
    त्यसैगरी, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेशकुमार आचार्यले प्रहरी सधैं नागरिकको सुरक्षामा समर्पित रहेको उल्लेख गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए। साथै, उनले सहभागी सबैप्रति आभार प्रकट गरे ।

    सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रममा चालकहरूको स्वास्थ्य परीक्षण, सडकमै सवारी प्रयोगकर्तालाई तालिम, ग्रामीण यातायात लक्षित कार्यक्रम, स्टीकर टाँस्ने कार्य, ट्राफिक प्रहरीलाई चस्मा वितरण, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा समापनमा दीप प्रज्वलन जस्ता गतिविधिहरू समावेश गरिएको जनाइएको छ ।

    कार्यक्रम जसरी सञ्चालन गरिए पनि सडक तथा सवारी प्रयोगकर्ताहरू स्वयं सजग नभएसम्म दुर्घटनाबाट जोगिन सकिँदैन भन्ने सन्देश दिँदै आयोजकहरूले सबैलाई सवारी तथा सडक सुरक्षासम्बन्धी नियम पालना गर्न आग्रह गरेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution