• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १६, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाउन्ने क्षेत्रको सडकमा ढलान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ श्रावण १५, बुधबार (१ दिन अघि)
    1

    Advertisement

    चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबल सडकखण्डमा पर्ने दाउन्ने क्षेत्रको सडकको दुरावस्थाले यात्रु र चालकहरुले निकै सास्ती पाए । नारायणगढ–बुटबलको ११३ किलोमिटर खण्डमध्ये अन्यत्र अधिकांश स्थानमा सडक कालोपत्रे भएर यात्रा सहज भए पनि दाउन्ने क्षेत्रमा पानी पर्नासाथ हिलो र पानी नपर्दा धुलोले सडक यात्रा निकै कष्टकर भयो । तर, अहिले भने दाउन्ने खण्डको यात्रा पनि सहज हुँदै गएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

    आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले दाउन्नेको १३ किलोमिटर सडकको कामलाई गति दिने र यात्रालाई सहज बनाउने काम भैरहेको बताए ।

    सडकमा ढलान 

    दाउन्ने क्षेत्रको कूल १३ किलोमिटर सडकमध्ये ९ किलोमिटर पश्चिम खण्डमा ४ किलोमिटर पूर्वीखण्डमा पर्दछ । पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने आयोजनाको तयारी छ । अहिलेसम्म पूर्वी खण्डको ४ किलोमिटरमध्ये ८ सय मिटर ढलान भइसकेको छ । ४ सय मिटर ढलानको तयारीमा छ । ८ सय मिटर लम्बाइमा ६.२५ किलोमिटर चौडाइमा करीव २ लेन ढलान भएको छ । अब थप १ लेन थपिने छ ।

    दाउन्नेमा करिब १३ मिटर चौडाइको ढलान बनाउने सोच आयोजनाको छ । पश्चिम खण्डमा ३ किलोमिटर ढलान गर्ने भनिएकोमा १.३ किलोमिटर ढलान भएको छ । पश्चिम खण्डको ६ किलोमिटर कालोपत्रे गर्ने भनिएकोमा बर्दघाटबाट नारायणगढतर्फ ३.५ किलोमिटर कालोपत्रे भैसकेको छ । बाँकी भाग कालोपत्रे गर्ने तयारी छ । पूर्वी खण्डको ४ किलोमिटरमा २२ सय मिटर मात्रै ढलान गर्ने कि पुरै ४ किलोमिटर नै ढलान गर्ने भन्ने विषय अझै टुंगो लाग्न बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।

    दाउन्नेमा पहिले ढलान गर्ने डिजाइन थिएन । तर, सडकको सबैभन्दा संवेदनशील खण्ड भएकाले ढलान गर्ने सोचमा आयोजना पुगेको हो । २५ प्रतिशत कममा ठेक्का हालेको चिनियाँ ठेकदार कम्पनीलाई कम हालेको रकम उपलब्ध गराउने गरी ढलान गरेर सडक मजबुद बनाउने विषयमा आयोजनाले पहल गरिरहेको सूचना अधिकारी खनालले बताए । पश्चिमखण्डले ३ किलोमिटर सबै ढलान गर्ने प्रस्ताव नै पेश गरिसकेको छ भने पूर्वीखण्डको पनि उस्तै प्रस्ताव छ ।

    दुबै खण्डमा भित्ता काट्ने काम लगभग सकिएको छ । कल्भर्टहरु बनाउने काम अन्तिम चरणमा पुगेका छन् । ‘भित्ता काटेको ठाउँमा रिटेनिङ वालको काम भैरहेको छ । वालको पनि ८० प्रतिशत जति काम सकिएको छ । कर्ल्भटको काम ९० प्रतिशतभन्दा बढी काम सकिएको छ,’ सूचना अधिकारी खनालले भने ।

    दशैंभित्र यात्रा सहज भइसक्ने दाबी

    भित्ता काट्ने र कल्भर्टको काम गर्दा पानी परेर हिलो भई सडक जाम भए पनि अहिले भने ती काम अन्तिम चरणमा पुगेसँगै सडक बन्द हुने अवस्था नरहेको खनालले बताए । उनले दशैंसम्म यात्रा सहज भइसक्ने दाबी गरे । ‘विनियीत्रिवेणी गाउँपालिकाबाट ५ सय टिपर ग्राभेलसमेत यही बीचमा हालेपछि सडक सहज भएको छ,’ खनालले भने, ‘आउने दशैंसम्म दाउन्नेमा पनि सडक धेरै सहज भइसक्ने गरी समूह–समूह बनाएर काम भैरहेको छ ।’

    ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) सडक विस्तारको काम चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोडमा गर्ने गरी ठेक्का लिएको थियो ।

    गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । सडकको हाल रहेको दुई लेनलाई बढाएर २९ किलोमिटर चार लेन र बजार क्षेत्रमा ७० किलोमिटर ६ लेन र दाउन्नेमा १३ किलोमिटर ३ लेन बनाउने गरी सडक विस्तार तथा स्तरोन्नति काम भैरहेको छ ।

    २०७५ चैत ८ मा सुरु भएको सडक विस्तारको काम २०७९ साउन २२ गते भित्र सकिनुपर्नेमा कोभिड महामारी, रुख कटान, विद्युत पोल सार्न ढिलाइ, खानेपानीको पाइपलाइन, स्थानीयको अवरोध, मजदुरका समस्या र ठेकेदार कम्पनीकै कारणले समयमा हुन सकेन । २०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । यो समयमा पनि काम नसकिएपछि ठेकेदारले थप १८ महिना थप म्याद मागेको छ । तर, सडक विभागले १ वर्ष मात्रै म्याद थप गर्ने सोच बनाएको छ ।

    एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक विस्तारको काम भैरहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution