



गैँडाकोट । मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको छ । ५–८ जना मिलेर २८ वर्षीय नारायण कुमालको हत्या गरेका हुन् ।

गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको पूर्वी नवलपरासीका एसपी युवराज खड्काले बताए ।

मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । हत्यामा संलग्न आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए ।जेनजी प्रदर्शनको क्रममा कुमाल भिमफेदी कारागारबाट फरार भएका थिए । बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो ।प्रहरी स्रोतका अनुसार उनी भदौ २४ मा कारागारबाट भागेका थिए । २०७४ साउन ३ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१