



प्रशान्त सिग्देल, देवचुली (नवलपुर) ।नवलपुरको देवचुली नगरपालिका–१, केउरेनीस्थित नारायणी नदी किनारमा भइरहेको “एकादशी सांस्कृतिक रमाइलो तथा पर्यटन मेला–२०८२” मा जुवाका खेलहरू खेलाएको भेटिएको छ। । दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजना गरिएको मेलामा ५० भन्दा बढी जुवाका स्टलहरू सञ्चालनमा आएका छन्। खोडखोडे, तिर हान्ने र अन्य भाग्य–परीक्षा खेलहरू खुलेआम सञ्चालन भइरहेका छन्।



मेला कार्तिक १४ गतेदेखि सुरु भई १६ गतेसम्म चल्ने भनिए पनि म्याद थपेर १७ गतेसम्म लम्ब्याइएपछि जुवाका गेमहरू झन् बढेको स्थानीयहरूले बताएका छन्। स्थानीय बासिन्दा रामु सुवेदीका अनुसार, “सांस्कृतिक र पर्यटन मेला भनेर सुरु गरिएको कार्यक्रम अहिले पुरै जुवातासको अखडा बनेको छ। प्रहरी त्यही उपस्थित भए पनि कसैले रोकथाम गरेको छैन,” उनले गुनासो गरे।

स्रोतका अनुसार यी जुवाका स्टलहरू सञ्चालन गर्न आयोजकलाई रकम बुझाउनुपर्छ। जुवाका खेल खेलाउन प्रत्येक स्टलबाट रु. १० हजारसम्म शुल्क लिइएको स्टल बुकिङका समीर अलीले बताएका छन्। स्थानीयले भने मेलालाई सांस्कृतिक र पर्यटन प्रवर्द्धनका नाममा जुवाको केन्द्र बनाइएको भन्दै प्रहरी प्रशासन र आयोजक समितिलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१