• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा पहिलो पटक सिकलसेल एनिमियाको शिविर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १९, शनिबार (७ साल अघि)
    20190201_134758

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपरासीको नवलपुरमा पहिलो पटक सिकलसेल एनिमियाका बारेमा स्क्रिनिङ्ग शिविर र अभिमुखीकरण गरिएको छ ।
    नवलपुर जिल्लामा पनि थारु समुदायको बाहुल्यता रहेकाले सिकलसेल एनिमियाका बारेमा जनसमुदायलाई सचेतना अभिवृद्धि गर्ने र यस समुदायका जनप्रतिनिधीलाई यो रोगका बारेमा गम्भिर बनेर ठोस योजना बनाउनतर्फ प्रेरित गर्ने उदेश्यले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश सरकारले यहा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको मन्त्रालयका दिपक चापागाईले बताए ।
    कार्यक्रममा कावासोती नगरपालिका भित्र रहेका थारु समुदायका जनप्रतिनिधी , विद्यार्थी , महिला स्वाथ्य स्वयम सेविका र थारु अगुवाहरु गरि ५० जनाको सहभागिता रहेको थियो ।
    कावासोती नगरपालिका १५ गोडारमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सिकलसेल भनेको के हो ? यो रोग किन लाग्छ ? उपचार कसरी हुन्छ ? सरकारबाट यस रोग लागेका विरामिका लागि के कस्ता सहुलियत छन ? भन्ने बारेमा डाक्टर राजन पाण्डेले सहजीकरण गर्दै जानकारी गराएका थिए ।
    सिकलसेल एनिमियाका विरामि पहिलो पटक नवलपरासी कै भेटिएको डाक्टर पाण्डेले जानकारी दिए । नेपालमा २०६८ सालबाट सिकलसेलका विरामिको पहिचान गर्न शुरु गरिएको र अहिलेसम्म १ हजार ९ सय जनामा सिकलसेल भेटिएको र उनीहरुले नियमित रुपमा जाच गराईरहेको पाण्डेले बताए ।
    नेपालमा सिकलसेल बढि थारु समुदायका मानिषमा देखिएको छ । तराई क्षेत्रमा मलेरिया प्रचुर मात्रामा देखिन्छ । मलेरिया बढि देखिने ठाउमा परापूर्वकालदेखि नै आदिवासी थारु समुदाय बस्दै आएकाले थारु समुदायमा सिकलसेल एनिमिया बढि देखिएको डाक्टर पाण्ढेले बताए । वैज्ञानिकका अनुसार मलेरिया र सिकलसेल एनिमिया एक आपसमा सम्बन्धित छन् । शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नको लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ । किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ । आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया बढि लाग्ने ठाउहरुमा मात्र देखिने गरेको डाक्टर पाण्डे बताउछन ।

    डाक्टर पाण्डेका अनुसार यो पूर्णतया वंशाणुगत रोग हो । यो रोगमा यदि बुवाआमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल हुदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखा पर्ने गर्छ ।
    सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हँदै जान्छ । हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ । जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । त्यस्तै पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले अँखामा समेत असर पार्छ ।
    सिकलसेलको दिर्घकालीन उपचार त छैन । तर, समयमा रोगको पहिचान भएर उपचार भयो र औषधि सेवन गर्ने हो भने यो रोग चँडै निको हुन सक्ने डाक्टर तिलक पाठकले बताए । नेपालमा सिकलसेलका विरामिकालागि हालसम्म १० वटा अस्पतालहरुबाट एक लाख रुपैया बराबरको सुविधा उपलब्ध रहेको डाक्टर पाठकले जानकारी दिए । यस रोगको पहिचान गर्ने मेसिन कम्तीमा २० लाखदेखि माथी पाईने भएकाले यदि थारु समुदायको बाहुल्यता रहेको क्षेत्रका जनप्रतिनिधीहरुले चासो लिएर सिकलसmे पहिचान गर्ने उपकरण खरिद गर्ने हो भने यो रोग लाग्नबाट धेरै हदसम्म बच्न सकिने पाठकको भनाई छ । ल्याब टेक्निसियनलाई नै तालिम दिने हो भने पनि यो रोग जाच गर्न सक्ने हुदा जनशक्ति पनि खाचो नपर्ने पाठकले बताए । गर्भबाट नै यस रोगको पहिचान गर्न सकिने हुदा यदि आफ्नै गाउठाउमा रोग पहिचान गर्ने उपकरण भएमा सावधानी अप्नाएर रोगाट बच्न सकिने पाठकले बताए ।
    कार्यक्रम कावासोती वडा नम्बर १५ का वडा अध्यक्ष देव नारायण महतोको अध्यक्षता तथा प्रदेश सासंद विष्णु लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।
    यसैबिच सिकलसेल एनिमियाको तिन दिनसम्म नवलपुमा स्क्रिनिङ्ग शिविर आयोजना गरिएको छ । शुक्रवार कावासोती १५ गोडारमा , शनिवार मध्यविन्दु दुई कोल्हुवा र आईतवार विनयी त्रिवेणीको सर्दिमा शिविरको आयोजना गरिएको छ । यहा रोग पहिचानका लागि रगत संकलन गरिने छ । संकलित रगतको राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुमा परिक्षण गरिने र कम्तीमा १० दिनभित्र रिपोर्ट आउने सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका दिपक चापागाईले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution