रविन्द्र विक
कावासोती।नवलपुरको कावासोती १ हात्तीखोरमा रहेको नवबिहानी युवा क्लबको आयोजनामा चैते दशै तथा राम नवमीको अवसरमा जारी भलिवल प्रतियोगितामा आज दुई खेल भएका छन् ।
आज भएको पहिलो खेलमा जिएम समाज ए विजयी भएको छ । नव बिहानी युवा क्लब बी र जिएम समाज ए बीच भएको खेलमा जिएम समाज २५–१५ र २५–१८को सेटले विजयी भएको हो । यस्तै आजै भएको दोश्रो खेलमा कोईलीफेदी विजयी भएको छ । कोईलीफेदी र नवबिहानी युवा क्लब सी बीच भएको खेलमा कोईलीफेदी २५–२१, २५–१८को सेटले विजयी भएको हो । प्रतियोगितामा हालसम्म २५ टिमले सहभागिता जनाएको आयोजक नवबिहानी युवा क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख ६ गतेका दिने हुने जनाइएको छ । ६ गते लोकदोहोरी कलाकार खुमन अधिकारी सहितका कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सहित समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको कावासोती एफ.एम. १०२.६ मेगाहर्ज मिडिया पाटनर रहेको छ ।