विराटनगर । विराटनगर क्षेत्रमा होटल तथा रेष्टुरेन्टमा यौन धन्दा बढ्दै गएको छ । होटल तथा रेष्टुरेष्टहरूमा डर, त्रास र जवरजस्ती रूपमा किशोरीलाई यौन धन्दामा लगाउने गरेको रहस्य सार्वजनिक भएको छ ।
यौन सम्पर्क नगरे ज्यान मार्नेदेखि विभिन्न डर, त्रास देखाएर किशोरीहरूलाई करकापमा पारेर यौन धन्दामा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । विराटनगर– ९ रोड शेष चौक स्थित ‘टिफिन रेष्टुरेन्ट’ को संचालिकासहित दुई जना पुर्पक्षको लागि थुनामा गएको हो ।
डर, त्रास देखाएर किशोरीहरूलाई अवैध यौन धन्दामा लगाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका चार जनलाई प्रहरीले अदालतमा ‘मानव वेचबिखन तथा ओसार पसार र जवरजस्ती करणीमा मुद्दामा म्याद थप गरि अनुसन्धान पुरा गरेपछि अभियुक्तलाई १२ वैशाखमा अदालत उपस्थित गराएको थियो ।
विराटनगरको वेलकम होटल संचालिका सहित तीन जनालाई मोरङ अदालतले मंगलबार पुर्पक्षको लागि थुनामा राख्न र एक जनालाई धरौटिमा छोड्न आदेश दिएको छ ।
जिल्ला अदालत मोरङको ४ नम्बर इजालसमा भएको थुनछेक बहसपछि न्यायधिश दिपक खनालको आदेशले होटल संचालिका विराटनगर– ३ की ४६ वर्षीय शुसिला ढुङ्गगेल (अधिकारी), विराटनगर –७ घर भइ सिरहाको लहान बस्ने ३२ वर्षीय नुर जमाल र बुढीगंगा गाउँपालिका– ३ का ३५ वर्षीय आशिष महतोलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।
वेलकम होटलमा काम गर्ने बसेकी किशोरीलाई होटलमा आउने ग्राहकसँग मोटो रकम लिएर संचालिक सुशिला र आशिष महतोले धम्की दिदै पटक–पटक यौन शोषणमा लगाउने गरेको अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख छ । होटलमा आएका ग्राहकसँग यौन सम्पर्क गराए वापत होटल संचाकिकाले ५ हजारदेखि ७ हजार रुपैयाँसम्म लिने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१