
धादिङ। धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता भएका छन्। शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका सुमन स्याङ्तान (२२) र भीम घलाङ (२१) खोलामा डुबेर बेपत्ता भएका हुन्।
उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका छन्। घटना बिहान १० बजेतिरको हो। अहिले आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन्।
स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ। तर स्थानीयवासीहरू ठूलो संख्यामा भएकाले प्रहरीले उनीहरूलाई रोक्न सकेको छैन। खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको उनीहरूले आरोप लगाएका छन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१