
चितवन, १० भदाै । आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घा’इ’ते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्।
भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घा’इ’तेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आ’त्म’ह’त्या दुरु’त्साहन मु’द्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदा’लत चितवनले सोमबार पाँच लाख धरौ’टीमा रिहा गर्ने आदेश दिएको थियो। रविसँगै तीन लाख ध’रौटीमा छुटेका युवकराज कँडेल पनि अस्पताल पुगेका थिए।
रवि लामिछाने निर्दाेष रहेको दाबीसहित जन’प्र’दर्शन च’र्किँ’दा केही समर्थक घाइते भएका थिए। उनीहरुको अहिले उपचार भइरहेको छ। रवि लामिछानेले सोमबार भएको प्र’द’र्श’नपछि प’क्रा’उ परेकाहरुसँग पनि भेट गरेका छन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१