
काठमाडौं, १२ भदौ । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट ख’सेर आज एक नेपाली सैनिकको ज्या’न गएको छ । दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको ज्या’न गएको हो ।
उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न नेपाली सेनाको टोली त्यहाँ गएको हो । सरसफाइ गर्ने क्रममा श्रेष्ठ झरनाबाट ख’से’र घा’इ’ते भएका थिए । उनको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृ ‘त्यु भएको प्रहरी निरीक्षक वसन्त रानामगरले जानकारी दिए ।
यो पनि समाचार, चुरे क्षेत्रमा मानवीय गतिविधिको दुष्परिणामका कारण तराई–मधेशमा मरुभूमिकरण बढ्दै गएको धारणा व्यक्त गरिएको छ । सामुदायिक सूचना नेटवर्क ९सिआइएन०द्वारा आज यहाँ आयोजित तराई–मधेशको सभ्यता, चुरे संरक्षण र संसदीय भूमिका विषयक अन्तरक्रियाका वक्ताले चुरे क्षेत्रमा बस्ती, सडक, फँ’डानी, उत्खननले सङ्कट उत्क’र्षमा पुगेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
चुरे क्षेत्रको प्राकृतिक स्रोतमाथि माफियाको चलखेल अधिक रहेको चर्चा गर्दै उहाँहरूले माफियाको संरक्षण सरकारी निकायबाटै भएको प्रसङ्ग उल्लेख गर्नुभयो । चुरेको क्षेत्र मेचीदेखि महाकालीसम्म भएकाले यसको संरक्षणका लागि मेगा परियोजनाको आवश्यकता रहेको उहाँहरूले बताउनुभयो । प्रदेश नं २ सरकारले चुरे संरक्षणबारे अपेक्षाअनुरुप ध्यान नदिएको प्रसङ्ग उल्लेख गर्दै उहाँहरूले चुरे संरक्षणसम्बन्धी ऐन, कानून बनाउँदा सरोकारवालासँग परामर्श गर्नु आवश्यक रहेको छ भन्नुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१