• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा!

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर १, आईतबार (६ साल अघि)
    babbb

    Advertisement

    भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।

    पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।

    आफैं गर्न दिनुस् बच्चालाई आफैं काम गर्ने सोख हुन्छ ।
    उसलाई रुमाल धुन दिनुस् ।उसलाई भाँडामा पानी भर्न दिनुस् ।उसलाई फूल सजाउन दिनुस् ।उसलाई कचौरा मस्काउन दिनुस् ।उसलाई मटरकोसाको दाना निकाल्न दिनुस् ।उसलाई खानेकुरा पस्किन दिनुस् ।बच्चालाई सारा काम आफैं गर्न दिनुस् ।उसको आफ्नो मर्जीले गर्न दिनुस् ।उसको आफ्नो ढंगले गर्न दिनुस् ।पहिचान:हाम्रो आँखामा अमृत छ वा विष,हाम्रो बोलीमा मिठास छ या टर्रोपन,हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,हाम्रो मनमा शान्ति छ वा अशान्ति,हाम्रो मनमा आदर छ वा अनादर,बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन् ।बच्चा हामीलाई एकदम जानिसक्छन् ।दुश्मनसुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छ !’खाऊ, नत्र चोरले लिएर जान्छ ।’बाघ आयो !’बाबाजी आयो !’पुलिस आयो !’चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु ।’पढ्न बस, नत्र पिट्छु ।’जो यसरी बच्चालाई डर देखाउँछन्,उनीहरु बच्चाहरुका दुश्मन हुन् ।पृथ्वीमा स्वर्ग यदि हामीले बच्चाहरुलाई आफ्नो घरमा उचित स्थान दियौं भने,हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ ।स्वर्ग बच्चाको सुखमा छ ।स्वर्ग बच्चाको स्वास्थ्यमा छ ।

    स्वर्ग बच्चाको प्रसन्नतामा छ ।स्वर्ग बच्चाको निर्दोष मस्तीमा छ ।स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ ।महान् आत्माबच्चाको शरीर सानो छ, तर उसको आत्मा महान् छ ।बच्चाको शरीर बढ्दो छ ।बच्चाको शक्ति विकासशील छ ।तर, उसको आत्मा त पूर्ण छ ।हामी त्यो आत्मालाई सम्मान गरौं ।आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरुको शुद्ध आत्मालाई प्रदुषित नपारौं ।जानीराखौं बच्चा सम्पूर्ण मनुष्य हो ।बच्चामा बुद्धि छ, भावना छ,मन छ, आफ्नो बुझाइ छ ।बच्चामा भाव र अभाव छ, रुचि र अरुचि छ ।हामी बच्चाका इच्छाहरु चिनौं ।हामी बच्चाका भावनाहरुलाई सम्झौं ।बच्चा अबोध र निर्दोष छ ।आफ्नो अहंकारका कारण हामी बच्चालाई तिरस्कार नगरौं ।आफ्नो अभिमानका कारण हामी बच्चाको अपमान नगरौं ।चाहना बच्चालाई आफैंले खानु छ, तपाई उसलाई नख्वाउनुस् ।बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई ननुहाइदिनुस् ।बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमात्नुस् ।बच्चालाई आफैं गाउनु छ, तपाईं उसलाई गाउन नलगाउनुस् ।बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुस् ।

    किनकि बच्चा स्वावलम्बन चाहन्छ ।
    यति पनि नगर्ने ?गानाबजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् ।अखबारमा मात्र अलमलिएर नबसी बच्चाको कुरा पनि सुन्नुस् ।राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् आत्मसुधार बच्चालाई यस कारण सम्मान गर्नुस, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् । बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस् । जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् । बच्चालाई नपिट्नुस् जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस् । यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं ।

    डर र लोभ:आमा, बुवा र शिक्षकले बुझिराख्नुस्पिटेर वा लोभ देखाएर बच्चा सुन्न सक्दैनन्,बरु उल्टै बिग्रिँदै जान्छन् ।पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ ।लोभ देखाउँदा बच्चा लालची बन्छन् ।डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन(हीन बन्छन् ।सुन्दर संसार घर यदि आमाबुवाले आफूले जस्तोसुकै आचरण गरे पनि आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने,त्यो ठूलो भूल हो ।आमाबुवा र घर, दुइटै संसारको सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन् ।घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !प्रकृतिको उपहार प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् !झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी,खेतको माटो,परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा,यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् ।

    बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस् ।गतिमान:बच्चा पल–पलमा बढ्ने प्राणी हो ।बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ ।बालकको हृदय केही बोलिरहने खालको हुन्छ ।बच्चाको व्याकरणमा प्रश्न र बोली हुन्छ ।तर पूर्णविराम कतै पनि हुँदैन ।बच्चाको अर्थ हो, निरन्तर गतिजहाँ अल्पविराम समेत हुँदैन झैझगडा:आमाबुवा र अरु ठूला मान्छेको झगडाको कारण घरको वातावरण प्रायः अशान्त रहने गर्छ ।यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन् ।अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि हामी घरमा मिजासिलो रुपमा जीवन जिउन सिकौं ।घरको शान्त र सुखी वातावरणमा नै बच्चाको राम्रो शिक्षा पाउन सक्छ ।जीवित ग्रन्थ जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षक बन्छन् ।

    जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षाशास्त्री बन्छन् ।शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चाएक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन् ।बालकको शक्ति तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई धोका दिन सक्नुहुन्न ।तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न ।तपाईं सबैलाई सबथोक लुकाउन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई केही पनि लुकाउन सक्नुहुन्न ।बच्चा सर्वज्ञ हुन्छन्, सर्वव्यापी हुन्छन्, सर्वशक्तिमान हुन्छन् ।गफ दिनु बेकार छहामीले पढ्ने, सोच्ने र लेख्ने काम गर्दैमा हाम्रो काम पूरा हुन्छ त ?हुँदैन, हामीले त शिक्षाको नयाँनयाँ मन्दिरको निर्माण गर्नु छ,र ती मन्दिरमा अहिलेसम्म अपुज्य रहेकी सरस्वती देवीको स्थापना गर्नु छ ।

    बच्चाहरुको लागि नयाँ युगको आरम्भ भएको छ ।केवल गफ गरेर केही पनि हुँदैन ।केही गर्नुस् ! केही गराउनुस् !!चैन कसरी मिलोस् ?जबसम्म बच्चाहरुले घरमा पिटाइ खान्छ,र, विद्यालयमा गाली सुन्छ तबसम्म मलाई चैन कसरी मिलोस् ? जबसम्म बच्चाहरुका लागि विद्यालय, पुस्तकालय, बगैंचा र खेलमैदान बन्दैन,तबसम्म मलाई चैन कसरी मिलोस् ?जबसम्म बच्चाहरुलाई प्रेम र सम्मान मिल्दैन, तबसम्म मलाई चैन कसरी मिलोस् ?गिजुभाइका कुरा बच्चाहरुले प्रेम दिएर मलाई समृद्ध बनाए ।बच्चाहरुले मलाई नयाँ जीवन दिए ।बच्चाहरुलाई सिकाउने क्रममा मैले पनि धेरै सिकेँ ।बच्चाहरुलाई पढाउने क्रममा मैले पनि निकै पढेँ ।बच्चाहरुको गुरु बनेर मैले उनीहरुको गुरु.

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution