• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ फागुन १९, मंगलबार (१ महिना अघि)
    82

    Advertisement

    सत्य, निष्ठा र इमान्दारीताको विश्वासले आफूहरू सक्षम भएको विश्वास गरी रहँदा पाण्डवहरूको अस्तित्व सक्ने भन्ने योजनामा कौरवहरु थिए त्यसैको कारण नै पाण्डवहरूले जुवा हारेपछि द्रौपदीलाई जुवाको खालमा थाप्न बाध्य बनाएको कारणले द्रौपदी को सतित्वलाई नाङ्गै पार्दा समेत नैतिक संकटको कारण आफूहरू शक्तिहीन भई निर्लज हुनुपरेको महाभारतको कथा र भाद्र २३ र २४ गतेको विद्रोहको श्रृङ्खला तुलना गर्न लायक देखिन्छ।
    सरकार र सत्तामा समेत यथेष्ट शक्ति कायम छ वैधानिक तरिकाबाट हाम्रो सरकार ढाल्ने आट कसैबाट सम्भव छैन भन्ने मन गढन्ते विचार र अफवा वरिपरिका सल्लाहकारहरूको रिपोर्टिङ पनि सन्तोषजनक भएकोले बालुवाटारको सत्ताशक्ति आन्दोलनको २४ घण्टा नपुग्दै जसरी पाण्डवहरू वनवास र गुप्तवास जानुपरेको थियो। त्यति नै लामो समय नभएपनि तत्कालीन सरकारको हालत पनि पाण्डवहरुले जस्तै बेहोर्नु परेको सत्य हाम्रो सामु ताजै छ। यो घटनाले सत्तासिन दललाई मात्र संकट नपारिकन वर्तमानको प्रणाली र द्रौपदीको राष्ट्रियताको अस्तित्व नै गम्भीर संकटमा पुगेको छ। वर्तमान अवस्थाको गहिरो संकट पनि एक दुई वर्ष महिना र दिनबाट सुरु भएको होइन यो शृंखलाबाट एकीकृत योजना सहित नेपाललाई पश्चिमाहरुको आशामा बाँच्ने र दास बनाउने प्रपञ्चका साथ सुरु भएको देखिन्छ। तपसिलका विषयमाथि स्लो पोइजन वा भनौ मन्धविष प्रवेश गराउने षड्यन्त्र भएको थियो।
    शिक्षा क्षेत्र :
    २०२८ सालमा हालको नयाँ शिक्षा सुरुवात गर्न सरकारले योजना बनाउँदा योगी नरहरीनाथले भनेका थिए कि यो नेपालको अस्तित्व समेत नष्ट गर्नका लागि गरिएको षड्यन्त्र हो। यो लागू गर्न दिनु हुँदैन भन्दा तत्कालीन सरकारले वास्ता नगरेको अवस्थाको कारण आजको शिक्षा परनिर्भर, संस्कार र उत्पादन रहित भएको छ वर्तमान शिक्षाले कहिल्यै हाम्रा अमूल्य प्राकृतिक धार्मिक सांस्कृतिक सम्पदाको विषयहरूमा पाठ्य सामग्री नै भएनन्। सामाजिक मूल्यमान्यता राष्ट्र राष्ट्रियता स्वाधीनता र राष्ट्रिय पहिचानका विभूतिहरूका गाथा मुलुक स्वाधीनताको लागि वीरहरू व्यथा कथाहरू समेत अध्ययन गर्न छाडेर पेरिस टावर साइबेरियाका स्थानका विषयले प्राथमिकता पाउनुले आफ्नो अस्तित्व नै बिर्सनु हो।
    त्यसको कारणले न त राष्ट्र निर्माणप्रति सम्मान छ। न त आफ्नो आमाबुबाले सन्तानको लागि गरेको कडा मेहनतको कारणले मैले उच्च शिक्षा अध्ययनको अवसर पाएको छु। तसर्थ मातापिताप्रति आदर र छ भनेर श्रद्धाको व्यवहार गर्छन्। यो सबै वर्तमान शिक्षाको परिणाम नै हो।
    अर्थनीति :
    कुनै पनि स्वतन्त्र देशको अर्थनीति त्यो देशको अर्थव्यवस्था उत्पादन आयात निर्यात लगायतका विषय सँग सम्बन्धित हुन्छन् तर हाम्रो देशको अर्थनीति अन्तर्राष्ट्रिय मुद्रा कोषको नीति वैदेशिक ऋण र अनुदानको आधारमा अर्थनीति तथा कार्यक्रम बन्दछ। जुन आफैमा स्वाधीन आत्मनिर्भर अर्थव्यवस्था होइन। अन्तर्राष्ट्रिय मुद्रा कोषको आधारमा बजेट बनाउँदा डलरको भाउ उतारचढावबाट प्रभावित हुन पुग्छ भने विदेशमा विभिन्न कारणले भएको आर्थिक मन्दीको असर हामीले पनि बेहोर्न बाध्य हुनुपर्दछ विशेष गरी साम्राज्यवादी देशले विकासशील देशलाई आफ्नो नियन्त्रणमा राख्ने गर्दछन्। जसको कारण बहुदल पछि नेपालका उद्योगहरूमा भएको आन्दोलन उद्योग बन्द आग्जनी चन्दा लगायतको कारणबाट विदेशी ऋणबाट सञ्चालित उद्योगहरू धाराशाही भएपछि आइएमएफले उद्योग निजीकरण गर्न गरेको सुझावलाई तत्कालीन सरकारले स्वीकार गरी कौडीको मोलमा गरिएको निजीकरणको कारण नै वर्तमान अवस्थामा मुलुक परनिर्भर भएको छ भने उत्पादनको मुख्य स्रोत श्रम पूर्ण रुपमा विदेश पलायन भएको छ यो समस्या साम्राज्यवादी देशले गर्ने व्यवहार हो। यो विषयमा सरकार र सत्ताले आफ्नो कुर्ची स्वार्थको परिणाम नै वर्तमानमा राष्ट्रियतामा नै गहिरो संकट हो। उत्पादनका साधनहरू भूमि श्रम पुजी संगठन हाल पूर्ण रुपमा नेपालको लागि निकम्बामा परिणत गरिएको छ। जसको कारणले निर्यात न्यून र आयात डबल हुन पुगेको छ। यही आर्थिक संकटको कारण स्वास्थ्य बीमा सामाजिक सुरक्षा दीर्घकालीन विकास योजनाहरू सबै अन्योल ग्रस्त हुन पुगेको छ। वर्तमान अवस्थामा नेपालको अर्थव्यवस्था अब कालो सूचीमा पर्ने सम्भावना पनि प्रबल देखिन्छ। सरकारी निर्णयबाट नै कालो धनलाई सेतो बनाउने भूमिका महान्यायाधिभक्ताको निर्णयले सरकारबाट नै असफल राष्ट्र बनाउन उद्दत देखिन्छ।
    सुरक्षा रणनीति :
    नेपालको सुरक्षा रणनीति विगतदेखि नै शंकास्पद देखिन्छ। यसका केही प्रमाणहरूमा नागरिकता सुविधा, नविना र सुनिता हत्याकाण्ड पोखरा, मदन भण्डारी हत्याकाण्ड दासढुङ्गा, निर्मला बलात्कार काण्ड, दरबार हत्याकाण्ड सुशील कोइरालाको मृत्यु प्रकरण लगायतका काण्डहरु घट्नु हालसम्म पनि दोषी प्रमाणित नहुनुले नेपालको शान्ति सुरक्षाप्रति विश्वस्त हुने अवस्था देखिँदैन भाद्र २३ र २४ गतेको तोडफोड र आगजनीको सम्भावित र हुनसक्ने क्षति रोकथाम तथा नियन्त्रणको भूमिका पनि कति कमजोर तथा फितलो छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। शान्ति सुरक्षा भनेको देशको मेरुदण्ड हो। तर वर्तमान अवस्थामा नागरिकहरु सुरक्षा निकायप्रति विश्वस्त ढुक्क हुने अवस्था छैन। माओवादी जनयुद्धको विरुद्धमा १५ वर्ष लड्दा पनि नभएको क्षति दुई दिन भित्र खरानी हुनुले नेपालको सिआइबीको अनुसन्धान मात्र जागिर थाम्ने खालको देखिन्छ।
    तीनवटै सुरक्षा निकायबाट एकीकृत सुरक्षा रणनीतिबाट मुलुकलाई धनजनको क्षति हुनबाट बचाउनुपर्नेमा नेपाली सेना आफ्नो सुरक्षाको लागि मात्र तयारी देखिन्छ नेपाली सेनाका प्रमुखहरू अवकाशपछि सुरक्षितको लागि अमेरिकामा बस्ने र वर्तमान सेना प्रमुखलाई अमेरिकी सीआइए को निर्देशनमा परिचालन गर्न सल्लाह दिने गरिएकै कारण विगतदेखि वर्तमानसम्म भएका घटनाको सत्यतथ्य बाहिर नआउनुले थप पुष्टि गरेको छ। अवकाशपछि नेपालले दिएको पेन्सन सुविधा लिने र अमेरिकामा बस्ने नेपालको स्वाभिमान र अस्मितामाथि आगो बाल्दा पनि एउटा गैर नागरिकको भूमिका सरह देखिँनुमा पनि सुरक्षा नीतिलाई खिल्ली उडाएको छ। बेलाबखतमा हुने विद्रोहलाई समेत नियन्त्रण गर्न नसक्ने सुरक्षा फौजले विदेशी सेना आधुनिक हतियारसँग युद्ध गरेर मुलुकको किल्ला बचाउने कामप्रतिको विश्वास पनि गुम्दै गएको छ। इरानमा विदेशीको इशारामा भएको विद्रोह रोक्न त्यहाँको सुरक्षा हाललाई केही मात्रामा भएपनि सफल भएको छ त्यही परिस्थिति नेपालमा हुने सरकार प्रमुखलाई घेर्ने अवस्थामा पुर्याउने हो भने हाम्रो सुरक्षा निकायको हालत के होला? कल्पना गर्न समेत सकिन्न।
    धर्म परिवर्तन :
    हाम्रो समाज सयपत्री फूलको थुङ्गा जस्तो केसरा केसरा मिलेर एउटा फूलको थुङ्गा जस्तो मिलेको समाजलाई आयातित धर्मको कारणले घर आँगन टोल छिमेक र गाउँ समाज समेत विभाजित हुन पुगेको छ। हाम्रो गरिबी अभाव विकटता महङ्गी अशक्तता आदिको कारण विभिन्न खाले स्वार्थ समूहको प्रलोभनमा परि धर्म परिवर्तनको ललिपप देखाएर हामीबीच विभाजनका रेखा कोरेको कारणले नै आज हाम्रो शक्ति निस्प्रभावि बन्दै गएको छ। चर्चका पास्टर समेतले पार्टी र सरकारको नेतृत्व गर्न पुगेपछि हाम्रो विरुद्ध विदेशीको योजना सफल बनाउन मद्दत पुगेको छ। एउटा विद्यालय, अस्पताल, औषधि कारखाना बनाउन नसक्ने धर्मगुरुहरुले करोडौंको मूल्य पर्ने चर्च गुम्बा, मस्जिद, मन्दिर बनाउँदा पनि हाम्रो ध्यान त्यतातर्फ देखिँदैन अब बिस्तारै धार्मिक युद्ध को बाछिटा पनि मधेस र तराईतिर देखिन थालेको छ। भोलि धर्मको नाममा देश नै नजल्ला भन्न सकिँदैन। जतिबेलासम्म म जिउँदो छु त्यतिबेलासम्म म बाँच्नको लागि फालिएको नालीको रोटी र बान्ता गरेको भातले प्राण धान्न बाध्य भएकोले मरेपछि स्वर्ग जान पाइन्छ भन्ने धर्म र भगवानको विश्वास गरी बाँच्नुपर्ने हामी त्यही पाठ पढाउने धर्म र गुरुहरूको पछि लागि लडाई गर्दै आएका छौं तर पनि हामी प्राणी मध्येका सर्वश्रेष्ठ चेतनशील प्राणीमा मानिन्छौँ
    सामाजिक सञ्जाल :
    वर्तमान समयमा विश्वलाई जोड्ने र तोड्ने दुवै काम सामाजिक सञ्जालको भूमिका प्रभावकारी छ। तर हाम्रो जस्तो मुलुकले यसलाई नियन्त्रण, नियमन नीतिगत दायरामा ल्याउनुपर्नेछ यो काम एउटा सरकार र पार्टीले मात्र सम्भव छैन सर्वदलीय, सर्वपक्षीय सहमति आवश्यक छ। नेपाल सरकारले केही समय अगाडि टिकटक मात्र बन्द गर्यो त्यस प्रभावले ठूलो क्षति त गरेन तर दायरामा आएपछि सरकारले खुला गर्यो तर पछि फेसबुक बन्द गरिएको कारणले मुलुकले ठूलो क्षति व्यहोर्न पर्यो। टिकटक सञ्चालन चिनिया सरकारको कम्पनी भएकोले नेपालमा चीन समर्थन तथा विरोधी गतिविधि सशक्त छैन त्यसकारण टिकटक बन्दले क्षति पुर्याउन सकेन तर अमेरिकाको लगानीमा मेटा लगायतका कम्पनीबाट सञ्चालन भएको सामाजिक सञ्जाललाई सरकारले नियमन नियन्त्रण राजस्व असुलका लागि दर्ता गर्नुपर्ने विषयले अमेरिकाबाट सञ्चालन गरिएका डिपस्टेट, बारबरा फाउन्डेसन र हामी नेपाली नामका सीआइए का एजेन्टबाट नवपुस्ताको नामको विद्रोहको कारण नै सामाजिक सञ्जाल बन्दको कारण बन्न पुग्यो। जुन नेपालको इतिहासमा अमेरिकाद्वारा परिचालित कालो दिन थियो। अमेरिका र युरोपियन युनियन को लगानीमा नेपाल आमाका सपुतहरुलाई हतियार बनाई आन्दोलनको नाममा बालबालिकालाई मानव ढालको रुपमा प्रयोग गरिएको इतिहासको कलङ्क लगाएको दिन थियो। जनयुद्धदेखि जनआन्दोलनसम्म पनि कुनै बालबालिका आन्दोलनमा सहभागी गराइएन तर भाद्र २३ र २४ गतेको आन्दोलनमा बालबालिकालाई आन्दोलनमा उतार्नेलाई भने अहिलेसम्म मानव अधिकार, बाल अधिकार, सेफ द चिल्ड्रेन लगायतका संस्था ले त्यो दिन बालबालिका किन नदेखेको होलान्? यस्तै घटना र बालबालिकाहरू सामाजिक सञ्जालको गलत उपयोगबाट रोक्न अस्ट्रेलियाले बालबालिकालाई फेसबुक सञ्चालनमा रोक लगायो। बेलायतले विद्यालयहरूमा मोबाइल प्रयोग निषेध गरेको छ। तर हामीमा नियमन नियन्त्रण दर्ता लगायत प्रक्रियाबाट व्यवस्थित गर्न खोज्दा विद्रोहको सामना गर्नुपर्ने अवस्था छ। नवपुस्ताको नाममा अमेरिकाका चारो खाएर बाँच्नेहरूको नाङ्गो नाचको परिणाम हो। भाद्र २३ र २४ गते को विद्रोह जुन विषय चुनावको लागि गठन भएको अन्तरिम सरकारका व्यक्तिहरु चुनाव नसकिँदै जिम्मेवारी पूरा नहुँदै राजीनामा गरेर आफ्नो पार्टीको जिम्मेवारी पूरा गर्न लागेको कारणबाट नै स्पष्ट हुन्छ कि विद्रोहको जरो कहाँसम्म पुगेको रहेछ भनेर देश बनाउने र जलाउने बीचको हो र देशमा शान्ति अमन चयन कायम गर्ने कि युक्रेन बनाउने वर्तमान नेपाल सरकारले निर्णय गर्ने समय आएको छ
    स्थापित दलहरूप्रति आक्रमण :
    नेपालको राजनीतिक इतिहासमा २००६ सालदेखि भूमिगत तथा निर्वासित जीवन बिताएर राणा र पञ्चायती व्यवस्थाको विरुद्धमा संघर्ष गर्दै बहुदल हुँदै गणतन्त्रसम्मको प्राप्ति भएको छ। हिजो राजा र पञ्चायतका शासकहरु मात्र विदेश जाने आउने मौलिक हकको स्वतन्त्रता उनीहरुलाई मात्र भएको अवस्थामा अहिले नेपालको नागरिकता त्यागेर अमेरिका बस्ने, कमाउने रमाउने र दोहोरो पासपोर्ट बनाएर फेरि नेपाली ठग्न नेपाल नै आउने तिनै निरंकुशताको विरुद्धमा लडेका दलको कारण महँगो जीवनशैली बिताउने अनि फेरि उनै दललाई नै खराब देख्ने प्रवृत्ति पनि खहरे खोला जस्तै हो। अमेरिकाबाट परिचालित व्यक्ति समूहलाई दिएको जिम्मेवारी पनि ठूला दलहरुलाई सकेसम्म फुटाउने नसके चोइटाएर भएपनि आन्तरिक विरोध सिर्जना गराएर भएपनि कमजोर बनाउने रणनीति तयार गरिएको छ। त्यसैको परिणाम एमालेलाई नेतृत्वप्रति आलोचना गरेर कमजोर बनाइएको छ भने कांग्रेसलाई फुटको डिलसम्म ु¥याइएको छ। अमेरिकाबाट परिचालित शक्तिमा एमालेका केही व्यक्ति नेपाली कांग्रेसको वर्तमान नेतृत्व, राप्रपाबाट पनि केही व्यक्तिसहित वर्तमान सरकारका सम्पूर्ण मन्त्री र मन्त्रीपरिषद् छोडेर चुनावमा गएका जान्नेलाई छान्ने नामका व्यक्ति समूहसहितको एउटा शक्ति भोलि एउटै स्थानमा उभिनेछन् र मुलुकलाई युक्रेन, इजरायल इरान बनाउनको लागि आफ्नो भूमिका देखाउनेछन्। जसको कारण मुलुकलाई दीर्घकालीन युद्धको भुमरीमा धकेल्ने विषयमा सबैको भूमिका स्थान फरक फरक भएपनि योजना फरक भएपनि परिणाम र गन्तव्य एउटै हुनेछ अमेरिकाको एमसीसी परियोजनाका पक्षधरले जुन खालको एमसीसी पारित गर्ने सर्तमा जिम्मेवारी लिए उनीहरूको गन्तव्य एउटै हुनुपर्ने बाध्यता छ। गणतन्त्रवादी शक्तिहरु गणतन्त्र संरक्षण र विकासका लागि एकता कायम गर्न नसक्नु २०६२ ६३ सालको जनआन्दोलनका प्रमुख घटकहरू हामी गणतन्त्र रूपी एउटै डुङ्गामा यात्रा गरेर नदी पार गर्दैछौं यदि डुंगामा प्वाल पर्यो भने हामी सबै एकैचोटी डुब्नेछौं भन्ने हेक्का नराखेको परिणाम हो वर्तमान सरकार डुङ्गा चलाउँदा कहिले को अगाडि को पछाडि हुन्छन् तर यात्रासँगै गरेका छौं गणतन्त्रको विकाससँगै जनताको अपेक्षा पूरा गर्ने हाम्रो साझा दायित्व हो। भन्ने कुरा बिर्सेर गणतन्त्रवादी शक्तिहरु सत्ताका कारण विभाजित हुनु नै महाभारतमा पाण्डवहरूको अवस्था जस्तै हो। संख्याको हिसाबले गणतन्त्रवादीहरूको मनज्ञ बहुमत छ। तर मुठ्ठीभर विदेशी तत्त्वको खेलाडीको कारण सत्ता बहिर्गमनको अवस्था सिर्जना भएको छ।
    समग्रमा भाद्र २३ र २४ को कालो दिनको योजनाकार अमेरिकी घटनाक्रमको परिणाम हो। महेन्द्रको हत्याकाण्ड, मदन भण्डारी र वीरेन्द्रको वंशनासदेखि रियल्सल अहिले आएर पूर्ण नाटकको प्रस्तुति हो। तर जुन नेपाललाई खरानी बनाउन नेपाली नै प्रयोग गर्न सक्नु नै अमेरिका सफल भएको छ। तर अब यो अशान्तिको आगो सजिलै अहिले नै निभ्न सक्ने सम्भावना पनि छैन। वैधानिक रुपमा उसका खेतालालाई कथित निर्वाचनको नाटकबाट स्थापित गराउन खोजेको छ। भने अर्कोतिर अब नेपालमा दीर्घकालीन रुपमा अशान्ति हुनु र अमेरिकी हस्तक्षेप बढ्नु भनेको भारतीय रको लागि पनि सुखदको क्षण होइन। तसर्थ बाहिर हेर्दा नेपालीको लागि भएको चुनाव भएपनि वास्तवमा अमेरिकी सीआईए र भारतीय रको बीचको चुनाव हो कसरी भने भर्खरै मात्र नेपालका बौद्ध गुम्बाहरूमा चिनिया बौद्ध भिक्षु गुरुलाई हटाएर तिब्बतीयन धर्मगुरु राख्नको लागि मन्त्रीपरिषद्मा गरिएको प्रस्तावले पनि प्रष्ट पारेको छ। जुन कुरा बुझ्नको लागि तीन सदस्य चिनिया टोली नेपाल आउनुले थप शङ्का बढाउँदै गएको छ। तिब्बतीयन धर्मगुरु गुम्बामा राख्दा अमेरिकाले हतियार सुरक्षित राख्न पाउने र चीन विरोधी गतिविधि सञ्चालन गर्न र स्वतन्त्र तिब्बतीयन कार्यक्रम सञ्चालनदेखि दलाई लामालाई चीनमा पूर्ण स्थापित गराउन सकिने भएकोले पनि नेपालमा वर्तमान सरकारबाट राजीनामा गरेर चुनावमा गएकालाई स्थापित गराउने अमेरिकाको योजना अनुसार कथित चुनाव भएको छ ।
    अमेरिका र चीनको युद्धको प्रत्यक्ष असर नेपाल त हुने नै भयो। त्यसको बाछिटाको प्रभाव भारतमा पनि पर्ने भएकोले अमेरिकी पक्षधरको विरुद्धमा भारतीयले पनि नेपालीलाई नै प्रयोग गरेको देखिन्छ सर्वसाधारण नेपाली कोही अमेरिकी पक्षधरको वकालत गर्दैछौं जुन विशेषगरी छोराछोरी विदेशमा बसेका छन् उनीहरूको सतही विश्लेषणबाट अमेरिकी पक्षधरलाई भोट हाल्न दबाब दिएको देखिन्छ जुन कुरा भोलि यो देश युक्रेन बनाउन सक्ने सम्भावना प्रबल छ। त्यो भन्दा अरु पीडादायक घटना त प्यारेस्टाइनीहरुले आफ्नो मुलुक स्थापनाको लागि हजारौं पुस्तासम्मको लडाई कायम गर्न परेको छ। भोलि हाम्रो त्यो अवस्था नहोला भन्न सकिँदैन तसर्थ अब देश बचाउने एउटा पक्ष र देश बुझाउनेतिर हुने भएको छ । टेकेको पैताला मुनिको माटो समातेर नालापानीको युद्ध सम्झेर १० पटक सोचेर निर्णय गर्ने समय भएको छ। यो चुनाव दल विशेष भन्दा पनि अमेरिकी सीआइए र भारतीय रको बीचको चुनाव भएको देखिन्छ भारतले एमसीसीको विपक्षी मत जाहेर गरेको अवस्थामा नेपालले एमसीसी पारित गरेपछि नेपालमा भूराजनीतिको खतरा बढेकोले अब भारतीय रको भूमिका पनि यो चुनावप्रतिको चासो गम्भीर बन्दै गएको छ। विगतमा नेपाली कांग्रेसलाई सहयोग गर्दै आएको भारत पछिल्ला समयमा एमसीसी पारित हुनु र एमसीसी पारित गर्न वर्तमान पार्टी सभापतिको भूमिका महत्वपूर्ण भएकोले रले नेपाली कांग्रेस र सभापतिप्रतिको दृष्टिकोणमा समेत शङ्का भएकोले सभापतिको विरुद्धमा अर्को उम्मेदवार उठाउनुले सर्लाहीको चुनावमा हार व्यहोर्नु परेको छ ।
    हामी नेपालीले यो पार्टी र त्यो पार्टी भने पनि एउटा पक्ष अमेरिका युरोपियन युनियन र अर्को पक्ष भारत र चीन पक्षबीचको भोलि हुन सक्ने सम्भावित युद्धको संकेत तथा पूर्व तयारी स्वरूपको यो चुनावको राजनीतिमा विभिन्न खाले शत्रुहरूको विश्लेषण गर्दा हालसम्म चीन को च्याङकाइसेक रूसको जार र नेपालको दरबार जुन देशीय सामन्तवाद थियो। यिनीहरूको दमन शोषण र विभेदभन्दा अमेरिकी साम्राज्यवाद कैयौँ आतंककारी अमानवीय र निर्दय हुन्छ भन्ने घटना भर्खरैभेनेजुएला प्यालेस्टाइन इजरायल र मध्यपूर्वका देशमाथि गरिएको नरसहाकारी आक्रमणले नै पुष्टि गर्दछ। तसर्थ वर्तमान समयमा राष्ट्रवादी सम्पूर्ण पक्षदरहरूको साझा संकल्प राष्ट्र बचाउ अभियान हातेमालो गर्ने र विदेशी हस्तक्षेप विरुद्धकोऐक्यबद्धता अहिलेको आवश्यकता हो। साम्राज्यवादीले आफ्नो प्रत्यक्ष उपस्थिति बिना नै नेपाली नेपाली बीच फुटाएर आफ्नो स्वार्थ पूरा गर्ने शासन प्रणाली लागू गर्ने हाल नव उदयमान दल र केही व्यक्ति मार्फत षड्यन्त्र गरी चुनाव मार्फत आफ्नो साम्राज्य स्थापित गर्नलागेको देखिन्छ यसको पछिल्लो उदाहरण इरानी जनतालाई फुटाएर आन्तरिक विद्रोह सुरु गराएर सरकारलाई अमेरिकाको अगाडि घुँडा टेकाउनको लागि गरिएको कथित जनविद्रोह हो। अर्थात् स्वतन्त्र राष्ट्रमाथिकोअघोषित हमला हो। स्मरण रहोस् अब नेपालको अवस्था पनि ढिलो चाँडो त्यही परिस्थितिको सामना गर्नुपर्ने सम्भावना देखिन्छ
    (लेखक नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन् )

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution