• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (३ घण्टा अघि)
    खानेपानीको-बक्यौता-नउठ्दा-महेशपुर-खानेपानी-आयोजनामा-थपिदै-चुनौती-scaled

    Advertisement

    नवलपरासी ।  खानेपानीको महशुल बक्यौता उठ्न नसक्दा नवलपरासीको महेशपुर खानेपानी आयोजना सञ्चालन तथा व्यवस्थापनमा चुनौती थपिएको छ । पाल्हीनन्दन गाउँपालिका–१ र २ का बासिन्दालाई करिब दुई दशकदेखि खानेपानी आपूर्ति गर्दै आएको आयोजनामा उपभोक्ताले नियमित महशुल नबुझाउँदा दैनिक सञ्चालन खर्च व्यवस्थापन गर्नसमेत समस्या हुँदै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।

    समितिका अध्यक्ष सञ्जय कानु बनियाका अनुसार आयोजनाबाट पाँच सयभन्दा बढी धारामार्फत उपभोक्तालाई दैनिक करिब नौ घण्टा नियमित खानेपानी आपूर्ति हुँदै आएको छ । तर उपभोक्ताबाट लामो समयदेखि महशुल उठ्न नसक्दा हाल नौ लाख रुपियाँभन्दा बढी बक्यौता पुगेको उनले बताए ।

    “आयोजना सञ्चालनका लागि दुई जना कर्मचारी नियमित रूपमा काम गर्दै आउनुभएको छ,” उनले भने, “बक्यौता रकम उठ्न नसक्दा उहाँहरूको तलब तथा अन्य सुविधा व्यवस्थापन गर्नसमेत कहिलेकाहीँ समस्या हुने गरेको छ ।” आयोजना सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग बजेट माग गर्दै पत्राचार गरिएको तथा स्थानीय सांसद बैजनाथ कलवारमार्फत बजेट व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए । तर अहिलेसम्म प्रदेश सरकारबाट बजेट प्राप्त हुन नसकेको उनको भनाइ छ ।

    स्थानीय समाजसेवी जितेन्द्र गुप्ताको पहलमा पाल्हीनन्दन गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी पाएको अध्यक्ष बनियाले बताए । बजेट अभावका कारण समितिको साधारणसभा समेत गर्न नसकिएको उनको भनाइ छ ।

    “समितिको खातामा करिब तीन लाख रुपियाँ छ,” उनले भने, “तर आयोजना सञ्चालनका क्रममा जुनसुकै बेला आकस्मिक समस्या आउन सक्ने भएकाले उक्त रकम खर्च नगरी राखिएको हो ।”

    करिब दुई दशकदेखि सञ्चालनमा रहेको आयोजनाका भौतिक संरचना जीर्ण बन्दै गएका छन् । ओभरहेड ट्याङ्कीमा समेत पानी चुहिने समस्या देखिन थालेको र मर्मतसम्भारका लागि आवश्यक बजेटको अभाव रहेको अध्यक्ष बनियाले बताए । महेशपुर बजार तथा आसपासको बस्ती विस्तार भइरहेकाले भविष्यमा नियमित खानेपानी आपूर्तिका लागि थप बोरिङ आवश्यक पर्ने उनको भनाइ छ ।

    स्थानीय समाजसेवी गुप्ताले भने खानेपानी आयोजना सञ्चालनमा आर्थिक समस्या हुनुमा उपभोक्ताले महशुल नतिर्नुका साथै समितिको व्यवस्थापन पक्षसमेत जिम्मेवार रहेको बताए । उनले आयोजना सञ्चालन र व्यवस्थापनबारे उपभोक्तासँग नियमित छलफल तथा साधारणसभा गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

    “समस्या देखाएर मात्र समाधान हुँदैन,” उनले भने, “उपभोक्ताले पानी प्रयोग गरेबापतको महशुल तिर्नुपर्छ भने समितिले पनि उपभोक्ताप्रति जवाफदेही हुँदै नियमित साधारणसभा गर्नुपर्छ ।”

    उनका अनुसार पछिल्लो चार वर्षदेखि समितिको साधारणसभा हुन सकेको छैन । बजेट अभावलाई कारण देखाएर साधारणसभा नगर्नु र आयोजनाका समस्या मात्र देखाउनु उचित नभएको उनको भनाइ छ ।
    गुप्ताले गाउँपालिकाको खानेपानी तथा सरसफाइ शाखाले आयोजना व्यवस्थापनमा पहल गर्नुपर्ने बताए ।

    उनका अनुसार साधारणसभा आयोजना गरी आयोजनाको आय–व्यय सार्वजनिक गर्ने, बक्यौता रकम उठाउने योजना बनाउने र आवश्यक मर्मतसम्भारका लागि बजेट व्यवस्थापन गर्ने काम एकसाथ अघि बढाउनुपर्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution