• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

२

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

३

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

४

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

५

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

६

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

७

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

८

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

९

उ मर्यो रे ?

१०

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

११

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१२

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ आश्विन १३, मंगलबार (२ मिनेट अघि)
    4cec94af-ce1b-469c-a742-a1796b1c5cc2

    Advertisement

    नवलपुर । विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिसँग जोडिँदै आएका जितबहादुर थापा क्षेत्री नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा उम्मेदवार बनेका छन्। मध्यविन्दु नगरपालिका–५ बाघखोर निवासी थापा क्षेत्रीले काठमाडौंको सरस्वती क्याम्पसमा अध्ययनरत रहँदै नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए। विद्यार्थी संगठनबाट सुरु भएको उनको राजनीतिक यात्रा क्रमशः स्थानीय तहको पार्टी संगठनसम्म विस्तार हुँदै आएको छ। मध्यविन्दु नगरपालिकाको उपसभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका थापा क्षेत्रीले संगठन निर्माण र कार्यकर्तासँगको निरन्तर सम्पर्कमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमपछि तत्कालीन सभापति दोमनबहादुर भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उत्पन्न परिस्थितिमा पार्टी संगठनलाई निरन्तरता दिन कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै संगठनलाई सक्रिय राख्न भूमिका खेलेको उनले बताएका छन्। कार्यवाहक सभापतिको जिम्मेवारीमा रहँदा संगठनलाई चलायमान बनाउने, कार्यकर्तासँगको सम्बन्ध कायम राख्ने तथा पार्टी गतिविधिलाई निरन्तरता दिने काममा आफू सक्रिय रहेको थापा क्षेत्रीको भनाइ छ।
    युवा पुस्ताबाट क्षेत्रीय नेतृत्वको दाबी
    लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका थापा क्षेत्रीले अब क्षेत्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। युवा उमेरमै पार्टी संगठनको विभिन्न तहमा काम गरेको अनुभवलाई क्षेत्रीय नेतृत्वमा उपयोग गर्ने उनको उद्देश्य छ। पार्टीलाई नयाँ पुस्तासँग जोड्न, संगठनलाई थप गतिशील बनाउन र कार्यकर्ताको भावना तथा अपेक्षालाई नेतृत्वसँग जोड्न आफूले उम्मेदवारी दिएको थापा क्षेत्रीले बताएका छन्। “विद्यार्थी जीवनदेखि कांग्रेसको संगठनमा जोडिएर काम गर्दै आएको छु। संगठनलाई कठिन परिस्थितिमा समेत निरन्तरता दिने जिम्मेवारी पाएर काम गरेको अनुभव छ। अब त्यही अनुभवलाई क्षेत्रीय संगठन निर्माणमा उपयोग गर्ने उद्देश्यले सभापतिमा उम्मेदवारी दिएको हुँ,” थापा क्षेत्रीले बताए।
    संगठनलाई चलायमान बनाउने लक्ष्य
    थापा क्षेत्रीले कांग्रेसको क्षेत्रीय संगठनलाई थप व्यवस्थित, सक्रिय र कार्यकर्तामुखी बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्। युवा पुस्ताको सहभागिता बढाउँदै पार्टी संगठनलाई समयअनुकूल बनाउने र स्थानीय तहदेखि क्षेत्रीय तहसम्म संगठनलाई बलियो बनाउने उनको जोड छ।
    विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा, मध्यविन्दु नगरपालिकाको उपसभापतिको जिम्मेवारी र कार्यवाहक सभापतिका रूपमा संगठन सञ्चालन गरेको अनुभवलाई आधार बनाउँदै जितबहादुर थापा क्षेत्री अहिले नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय नेतृत्वका लागि मैदानमा उत्रिएका छन्।
    युवा पुस्तामाझ सक्रिय रहँदै आएका थापा क्षेत्रीको उम्मेदवारीसँगै नवलपुर क्षेत्र नं. २ को कांग्रेसभित्र युवा नेतृत्व र संगठनको भावी दिशाबारेको बहससमेत चासोको विषय बनेको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा


  • Advertisement

    समाचार
  • १

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • २

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ४

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ५

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ६

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ७

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ८

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ९

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • १०

    उ मर्यो रे ?

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution