


नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१५ सालघारीबाट दुई जना १६ वर्षीया बालिका बेपत्ता भएका छन्। घरमा कसैलाई जानकारी नगराई बाहिर निस्किएका उनीहरू अहिलेसम्म फेला परेका छैनन्। बेपत्ता हुनेमा देवचुली–१५ सालघारीकी तारा अधिकारीकी छोरी स्वस्तिका गिरी र गोरखा घर भई हाल सालघारीस्थित तारा अधिकारीकै घरमा रहेकी उनकी बहिनी अञ्जु गिरीकी छोरी नम्रता गिरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरू २०८३ भदौ ३० गते राति करिब ११ बजे घरबाट निस्किएका थिए। आफन्त तथा सम्भावित स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि तारा अधिकारीले भदौ ३१ गते बिहान २ः४५ बजे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा जानकारी गराएकी थिइन्।
जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक टेकनारायण श्रेष्ठको कमाण्डमा दुई जनाको प्रहरी टोली खटिएर खोजतलास सुरु गरेको प्रहरीले जनाएको छ।
स्वस्तिका गिरीको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट र लामो कपाल रहेको जनाइएको छ। त्यस्तै, नम्रता गिरीको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट, कपाल काटेको र दुवैपट्टि नाक छेडेर फुली लगाएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार हालसम्म दुवै बालिका फेला परेका छैनन्। खोजतलास तथा अनुसन्धान जारी रहेको छ।
बालिकाहरूको बारेमा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१