कावासोती । पूर्बि नवलपरासीको कावासोती ३ फिल्महल चोकमा रहेको मौलाकालीका मोटरसाईकल वर्कशपले अत्यावश्यक काममा चल्ने मोटरसाईकलको सर्भिसिङ गर्दा सर्भिस शुल्क नलिने भएको छ । लकडाउनको समयमा अत्यावश्यक काममा खटिने मोटरसाईकलहरुको सर्भिसिङ गर्दा सर्भिस शुल्क नलिने मौलाकालीका मोटरसाईकल वर्कशपका सञ्चालक प्रबिन सापकोटाले बताए ।
लकडाउनको कारणबाट उत्पन भएको अवस्थालाई मध्यनजर गर्दै आफुले यस्तो कार्य गर्न लागेको सञ्चालक सापकोटाले बताए । उनले अहिलेको समयमा लकडाउन अवधिभर स्वास्थ्य कर्मि , पत्रकार , सुरक्षा कर्मि , बैंक कर्मचारी, बिमा कम्पनी कर्मचारीहरुको मोटरसाईकलहरु सर्भिसिङ गर्दा सर्भिस शुल्क नलिने बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१