विदेशबाट फर्किएकालाई ज्ञान,शिप क्षमता अनुसार रोजगारी


दयाराम आचार्य । कावासोती ।
नवलपरासीको बौदिकाली गाउँपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगार प्रदान गर्ने योजना बनाएको छ । कोभीड १९का कारण विदेशबाट फर्किएकाहरुमा रहेको ज्ञान शिप, क्षमता अनुसारको रोजगारी प्रदान गर्नको लागि अपेक्षा सङ्कलन गरी अपेक्षा अनुसारको कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र नतिजामुखी बनाइने, औधोगिक,आर्थिक सामाजिक विकासकालागि दक्ष जनशक्ति तयार गर्न विभिन्न शिपमुलक, तालिम सञ्चालनमा जोड दिइने, स्वराजगारिताको सृजना गर्ने, परम्परागत पेशा,शिप र प्रविधिमा आधारित व्यवसायलार्य समावेशीकरण र आधुनिकिकरण गर्न प्रोत्साहन गरिने गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो ।
अध्यक्ष दुर्गा बहादुर रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बौदीकालीबासी सबै जनताको सहयोगमा बौदिकाली सामाजिक संरक्षण कोष स्थापना गरिने समेत उल्लेख गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • रेडियो दर्पणको अध्यक्षमा पुनःअधिकारी निर्वाचित
  • घरेलु उद्योग महासंघ मध्यविन्दुको अध्यक्षमा काफ्ले
  • नवलपुर प्रहरीले समात्यो ४४ ओटा चोरीका मोटरसाईकल , कहाँबाट आउँछन् नवलपुरमा चोरीका मोटरसाईकल ?
  • दुम्कीवास प्रहरीले समात्यो तस्करीको कपडा
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution